|
Articles
|
|
|
पहिचानबिनाको संघीयता हास्यास्पद |
|
|
|
|
Written by बालकृष्ण माबुहाङ
|
|
Thursday, 19 January 2012 17:56 |
|
विश्वको कुल आवादीको करिब ९५ प्रतिशत जनसंख्या बहुसांस्कृतिक संयोजन भएका मुलुकहरूको आवादी हो । बाँकी पाँच प्रतिशतमा मात्र एकल जातीय, भाषिक वा धार्मिक समुदाय रहेका छन् । पी. ह्यारिस र बी. रैलीको (१९९८) को एक अध्ययनअनुसार २० सौं शताब्दीको पूर्वार्द्धमा घटेका द्वन्द्वहरूमा नागरिक हताहत ५ प्रतिशत थियो, जुन उत्तरार्द्धमा ८० प्रतिशतसम्म पुग्यो । कारण, पहिले अन्तरदेशीय लडाइँ हुन्थ्यो, जहाँ सेनाहरूबीच मात्र मारामार हुन्थ्यो, तर पछिल्ला दिनहरूमा निशस्त्र जनताहरू धर्म, जाति, संस्कृतिका नाममा स्वदेशमै लड्ने भएकाले नागरिक हताहतको संख्या ह्वात्तै बढेको अनुमान गरिएको छ । सन् १९८९-९६ बीच १०१ सशस्त्र द्वन्द्व घटे, जसमध्ये ९५ आन्तरिक र पहिचानसँग सम्बन्धित थिए ।
स्यामुल पी. हन्टिङटनले (१९९३) आजको संसार बहुसभ्यता र संस्कृतिबीच उत्पन्न टक्करले नयाँ आकार लिने क्रममा रहेको बताएका छन् । उनको पुस्तकको महत्त्व आज पनि उत्तिकै सान्दर्भिक छ । उनका अनुसार, 'मानिसले आफ्नो पुर्खा, भाषा, धर्म र दस्तुरहरूका आधारमा आफूलाई परिभाषित गर्ने गरेका छन् ।'
|
|
“किरात माँहिम्” यु यस ए एक परिचय |
|
|
|
|
Written by अधिबक्ता दुर्गा सुब्बा
|
|
Wednesday, 18 January 2012 16:40 |
|
"किरात" भनेको के हो ? र "किरात" भन्नाले केलाई बुझाउँछ , "किरात" को पृष्ठभूमि के हो ? " माँहिम्" भन्नाले के भुझिन्छ र यो कस्तो धर्मावलम्बिहरुको मन्दिर हो , यो यु एस ए (अमेरिकामा )मा किन स्थापना गर्न पर्यो ? यी सब कुराहरुमाथि प्रकाश पार्नका लागि सर्बप्रथम निम्न कुराहरुमा स्पस्ट हुन् जरुरि छ . “किरात” भनको के हो ? प्रसिद्ध इतिहासकार इमानसिंह चेम्जोंगले “किरात” शब्दको उत्पति भूमध्य सागरीय क्षेत्र (Meditarian Region) मो आवाइट(Mobite) भाषाको किरियत (Kiriat) भन्ने शब्दबाट भएको भन्ने उल्लेख गरेका छन् । यसको अर्थ किल्ला (Fort) , शहर (Town) भन्ने हुन्छ , भनेका छन् । जब उनीहरुको संज्ञा बढ्दै गयो , धेरै जिल्लाहरु (Forts) र शहरहरु (Towns) बनाए र त्यसलाई किरियात हिम (Kiriat Hime) भनियो । त्यहि बंश कालान्तरमा किराती (Kirati) भन्न थालियो र किराती बंश (Kirat Tribe) भयो (Chemjong the history and culture of Kirat People) . किरातीहरुको पृष्ठभूमि (Background) प्रशिद्ध इतिहासकार ईमान सिंह चेम्जोंगले " “किरात” साहित्यको इतिहास " नामक पुस्तकमा Sir John Hammerton ले Ancient History शिर्षक लेखमा " प्राचिन बेबिलोन र मेसोपोतोमियाको सभ्यता संग किरातहरुको सम्बन्ध थियो " भन्ने कुरा पुस्टि गरेका छन् । यसबाट के अनुमान गर्न सकिन्छा भने मान्छेहरुले जंगलबाट निस्केर भूमध्यसागर क्षेत्रमा प्रथम बस्ति बसाले । त्यहाँ उनीहरुले प्राप्त गरेको अनुभब, अनुभूतिहरुलाई संगालेर प्रथम मानब सभ्यताको विकास गरेका थिए । त्यहीबाट नयाँ जमिनको खोजीमा निस्केको एक समुह यात्राको अनेकौ अनुभूतिहरु संगालेर हिमालयको काखमा आइ बस्ति बसाले , जहाँ उनीहरुले आफ्नो अनुभूतिको आधारमा "“किरात” " दर्शन बिकाश गरे ।
|
|
Last Updated on Wednesday, 18 January 2012 16:46 |
|
मङ्सिर १० गते विराटनगरमा विशाल लिम्बुवान आमसभा हुने |
|
|
|
|
Written by - डीबी आङबुङ
|
|
Friday, 18 November 2011 03:25 |
|
विराटनगर, मोरङ, लिम्बुवान ३० कार्तिक २०६८/
संविधानसभाबाट यही मङ्सिर १४ भित्रै संघीय गणतान्त्रिक धर्मनिरपेक्ष संविधान घोषणा गराउन र अब बन्ने नयाँ नेपालको संविधानमा 'सङ्खुवा-अरुण-सप्तकोशीपूर्वका नौ जिल्लाहरूलाई ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको लिम्बुवान स्वायत्त राज्य घोषणा गराउने आन्दोलनलाई थप उचाइमा पुर्याउन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले यही २०६८ मङ्सिर १० गते लिम्बुवानको विराटनगरमा एकलाख जनताको उपस्थितिमा विशाल लिम्बुवान आमसभा हुने भएको छ ।
|
|
Last Updated on Friday, 18 November 2011 03:33 |
|
Written by इन्दिरा चोङ्बाङ
|
|
Thursday, 17 November 2011 01:52 |
नेपालमा संघीय राज्य ब्यवस्थाले सानो देश टुक्रिने भयो भन्ने सोचले धेरै नेपाली चिन्तित देखिन्छ तर वास्तवमा संघीयता के हो र किन चाहियो भन्ने सवालमा सचेतनाको कमिले यि भ्रमहरू स्रिजना भएको हुन सक्छ । कुनै पनि राष्ट्रमा त्यहाका नागरिकहरू शैक्षिक, आर्थिक, राजनीतिकरूपमा जबसम्म सक्षम र सचेत हुँदैन तबसम्म त्यो देशको बिकास सधैं छायामा परेको हुन्छ त्यसैले त्यो देशको नागरिकलाई हरेक अर्थमा पहुच पुर्याउनु सक्ने प्रमुख आधार भनेको नै संघीय ब्यबस्था हो । आज अमेरिका, अस्ट्रेलिया, क्यानाडा, बेलायत, चिन जस्ता देश्हरू ले कसरी विश्वको अर्थतन्त्र हाँक्न सकिरहेको छ् भन्ने प्रसङ्ग हेर्दा त्यहाको राज्यब्यबस्था संघीयआधारमा राज्य शक्तिको बाडफाड भएकैले विकासमा तिब्रता आएको पुस्टि हुन्छ। यसैले संघीयतालाई राष्ट्र बिखन्डन गर्ने माध्यम नभई देश बिकासको निर्माणमा महत्वपुर्ण भूमिका खेल्ने राज्यको ब्यबस्था र सम्पूर्ण नागरिकलाई राज्यको स्रोत र साधनमा समान अवसर प्रदान गर्ने एउटा महत्वपुर्ण आधारको रूपमा लिनुपर्छ ।
|
|
Last Updated on Friday, 18 November 2011 03:15 |
|
के लाहुरेको सम्पतिले नै सम्पूर्ण आदिवाशी जनजाति हरुको अधिकारको प्रतिनिधित्व गर्छ |
|
|
|
|
Written by सुरेश चामलिंग
|
|
Wednesday, 13 July 2011 00:23 |
|
अहिले नेपालमा जातीय पहिचानको आधारमा संघीयताको कुरा उठेको बेला र आदिवाशी जनजाती हरुको समानता,सामाजिक न्याय र अधिकारको मुद्दा उजागर भई रहेको बेला मास मेलिंग हरुमा थुप्रै ब्राहमण मित्र हरुले आदिवाशी जनजातीहरु ऊपर मुखमा आइन्जेल गाली र हावादारी आरोप लगाईं रहेका छन/उनी हरुको मुख्य आरोप भनेको आदिवाशी जनजातीहरु अल्छी नेपालमा केही गर्न नचाहने,लाहुरे जाने पैसा कमाउने,मोज मस्तीमा लाग्ने अनी नेपालमा अधिकारको कुरा उठाउने आदि इत्यादि/यो कुरालाइ आदिवाशी जनजातीका नेता हरुले जवाफ देला की भनेर हेरेको तर चासो नभएर हो की अर्थात काग कराउँदै गर्छ पीना सुक्दै जान्छ भन्ने अर्थमा लीनु भएको हो बुझ्न सकिएन/तर यथार्थमा भन्ने हो भने आदिवाशी जनजाती हरुलाइ जान्ने बुझ्ने अवशर दिनु र त्यस्तो बिना प्रमाणको आरोपको खण्डन गर्नै पर्दछ/ ता की सबैले सत्य के हो भन्ने थाहा पाउनै पर्दछ/जसले गर्दा यस्तो बिसयमा आदिवाशी जनजातिका बुद्दिजीवी वा अगुवा हरुले लेखनै, बोलनै पर्दछ भन्ने मलाई लागेको हुंदा यो लेख्ने काम भएको छ/ नेपालको इतिहासलाइ राम्ररी नियाल्ने हो भने निक्कै अगाडी देखी जातीय भेदभाव तथा छुवाछुतको ब्यबस्था भएको देखिन्छ,तर राजा जयस्थिति मल्लले चार जात छतीस बर्न भनी जातको बिभाजन र त्यसको आधारमा कामको बाँट फांट गर्यो/त्यहा देखी जातीय भेदभाव ब्याबस्थित भएको देखिन्छ/
|
|
Last Updated on Wednesday, 13 July 2011 00:37 |
|
एकात्मक हिन्दु अहंकारवादीहरुको षडयन्त्रको विरोधमा हामी सबै एक जुट भै सहभागी हौ |
|
|
|
|
Written by आङ काजी शेर्पा किसान
|
|
Monday, 27 June 2011 21:24 |
|
गाई मारेको अभियोगमा नुवाकोट हातडाछी वडा नं ९ का ईन्द्र तामाङ सिन्धुली भिमेश्वर वडा नं ४ का चन्द्र बहादुर वुढाथोकी रामेछाप हिलेदेवी वडा २ का दावा मोक्तान र सोही ठाउँ बस्ने राजकुमार तामाङलाई असार ११ गतेका राती केही वाहुनहरुले उजुर दिए पछि बौद्ध प्रहरीले गिराफतार गरेकोछ भन्ने खवर मैले असार १२ गते ९।३० बजे एक पत्रकारले पठाएको एस एम एसबाट जानकारी पाएँ । सो घटनाबारे बुभुन म १०ं३० बजे बौद्ध प्रहरी कार्यालयमा पुगे र घटनाको बारे बुभुने प्रयास गरे । मेरो भेट मुद्धा फाँटमा कार्यरत सई दिपक खडकासंग भयो । के के प्रमाण र कस्को उजुरीको आधारमा उनीहरुलाई गिरफतार गरेको हो भनी सोधे । उतरमा सई दिपक खडकाले स्थानीय वासिन्दको उजुरी र वरमाद गरेको हतियारहरुको आधारमा गिरपुतार गरेको जवाफ दियो । मैले वरमाद गरेको सामनहरु खुकुरी चुपी एउटा ढुङ्घा झोला २ वटा ड्रम झोला प्लास्टिक र बोराहरु हेरे तर ती सामनहरुमा रगतको
|
|
Written by विश्वासदीप तिगेला
|
|
Saturday, 18 June 2011 05:16 |
|
जु न देशका नागरिकहरु कानुनको नजरमा, अधिकार उपभोगको आधारमा समान रहेको महशुस गर्दछन् उनीहरु कानुनी र ब्यवहारिक रुपबाट देश साझा भएको अनुभूति गर्दछन् । जब नागरिकहरुले आफ्नो राष्ट्र सन्तुलित र मजबुत भएको महशुस गर्दछन् तब नागरिक र सिङ्गो देश निरन्तर उन्नतितर्फ लम्किएका शास्वत उदाहरणहरु छन् । सन्तुलित राष्ट्र र समृद्धिले गर्दा आधुनिक विकास र प्रविधि संगै देशदेशको सिमाना तोडिएर विश्व एकै गाँउ बनिसकेको अघोषित अवस्था छ तर बिडम्बना हाम्रो देशमा देश कसरी बनाऔं भन्ने चिन्ता होइन देश बनाऔं भन्ने व्यक्ति वा समूहको चाहिँ कसरी खुट्टा तान्ने भन्ने विमर्श हुनेगर्दछ । यो निश्चय नै शुभ सङ्केत होइन । हिजोआज भूत राजतन्त्र र अत्यन्तै नीच सोचले एकल धार्मिक अतिवाद सल्बलाउने दुस्साहस गरेको देखिन्छ । यो सबैको लागि खेदजनक र लज्जाजनक अवस्था हो । त्यसैले हुनुपर्छ इतिहासका ती विखण्डनकारी विभेदकारी राजाहरुको कुरा गर्न सचेतवर्गलाई इच्छा नलागेको । नेपालको सन्दर्भमा अब मै खाउ, मै लाऊँ, मै गरुँ मोजमस्ति भन्दै आफ्नै मात्र हालीमुहाली चाहने एकात्मक सोच बोक्ने, कुनै पनि व्यक्ति, धार्मिक मोर्चा, राजनीतिक पार्टी, समूह सुरक्षित छैनन र हिजो जस्तो कसैलाई दमन गर्नसक्ने अवस्था पनि छैन । हामी सबै समान हुनुपर्छ भन्ने सोचनै सबैको कल्याणको सही बाटो हो । सबैको भलो चिताएर अगाडि बढ्न सकियो भने स-साना अविश्वास असन्तोष र आक्रोशका कुराहरु पनि स्वतः गौण बनेर जानॆछन् । स्वतः हिङ्सापूर्ण आन्दोलनमा कमी आउँनेछ, बन्द हुनेछन् । यदि आफ्नो र आफ्नो समुदायको लागि मात्र सोच्यौ भने देशलाई अगाडि जान त दिदैनौ नै आखिर आफै पनि अगाडि बढ्न सक्दैनौं । अनि कसलाई फाइदा होला ? संसारमा देश सम्पन्न हुनुजस्तो ठूलो अरु केही नहुदो रहेछ । गरिब देशको अर्बौपतिलाई भन्दा सम्पन्न देशको गरिब व्यक्तिलाई देशविदेशमा सम्मान गरेको हामीले देख्यौं ।
|
|
Last Updated on Saturday, 18 June 2011 19:36 |
|
भावी संबिधानमा जातिय पहिचान सहितको अधिकार |
|
|
|
|
Written by ङवाङ सोनाम शेर्पा
|
|
Thursday, 16 June 2011 15:35 |
|
नेपाल बहुजातीय, बहुभाषी बहुधर्मी ,बहुसास्कृतिक मुलुक भन्ने कुरा राज्यले स्विकार गरेको बिषय हो यहि जातीय भाषिक, सास्कृतिक विविधतालाई राज्यमा स्थापित गर्न सम्बोधन गराउन बिबिध खाले आन्दोलनहरु यस मुलुकमा नभएका होईनन यहानेर हामीमा स्पष्ट हुनु के जरुरी छ भने पहिचानको लडाईमा पहिचान मात्र स्थापित हुनु सम्बोधन हुनु हाम्रो उपलब्धि हो ? प्रश्न यही प्रबल रुपमा उठ्दछ र उठ्नु स्वाभाविक पनि हो हामीले बिगतका दिनहरुमा सामाजिक सास्कृतिक उपलब्धिहरुलाई मात्र आत्मसात गरर्यौ र त्यसैलाई मात्र केन्द्र भागमा राख्यौ हिजाका दिनमा राज्यका मुलधारमा रहेका हरुले पाखे, पर्बते, तिघ्रे, खर्पने, स्वाठे जस्ता शव्दहरुले होच्याईएकाहरुले आदिबासी का पहिचान पाउदा यो पनि ठुलो उपलव्धी सम्झिनु मनासिव नै थियो ।
|
|
Last Updated on Thursday, 16 June 2011 15:44 |
|
आई.एल.ओ.महासन्धि नं. १६९ को हक–अधिकार, अवसर तथा चुनौतिहरु |
|
|
|
|
Written by संग्राम लामा
|
|
Thursday, 16 June 2011 02:36 |
|
आई.एल.ओ.महासन्धि नं. १६९, नेपालका आदिवासी जनजातिका हक–अधिकार, अवसर तथा चुनौतिहरु
नेपाल विवीध संस्कृती, जातजाती, भाषा–भाषी एवं धार्मिक विविधतायूक्त एक बहुजातिय देश हो। यस्तो हुदा हुदै पनि राज्यको “एकल–जाति, एकल–संस्कृति, एकल–भाषा, एकल–भेष तथा एकल–धार्मिक नीतिले” गर्दा अहिले अमूल्य सामाजिक तथा साँस्कृतिक विविधतालाई गम्भीर खतराको मोडमा पुर्याई दिएको छ। राज्यको यसप्रकारको विभेदकारी नीतिले गर्दा नेपालका सवै आदिवासी जनजातिहरुको पहिचान तथा अस्तित्वलाई समेत जोखिमयूक्त पारेको छ।
नेपालका आदिवासी जनजातिहरुले करीब डेढ दशक अगाडी देखि आई.एल.ओ. महासन्धि नं. १६९ अनुमोदन हनुपर्दछ भनी आवाज उठाउदै आएको फलस्वरुप नेपाल सरकारले यसलाई २०६४ सालको हिउँदे अधिवेशन मार्फत पारित गरेर यो महत्वपूर्ण अभिसन्धि यहि २०६५ भदौ २९ गते देखि नेपालमा लागु भइसक्यो। यसरी नेपाल उक्त महासन्धि पारित गर्ने विश्वको उन्नाईसौ र एशियाको फिजी पछि दोस्रो राष्ट्र भएको छ। यसरी आदिवासी जनजातिका हक–अधिकारहरु सुरक्षित गरिएको आई.एल.ओ. महासन्धि पारित भएपछि नेपालका आदिवासी जनजातिहरुको हक–अधिकारको सुनिश्चितताको लागी सैद्धान्तिक रुपमा बाटो खुलेको छ। यस महासन्धीलाई नेपाल सरकारले अनुमोदन गरी सकेपछि यसले नेपालका हामी सवै आदिवासी जनजातिहरुमा खुशी, हौसला एवं प्रेरणा जगाए पनि यसको प्रभावकारी कार्यान्वयन भने कम चुनौतीपूर्ण छैन। यसै सर्न्दभमा यो महासन्धि के हो, यस संग नेपालका आदिवासी जनजातिसंगको सम्बन्ध, यसले सुरक्षित गरेका आदिवासी जनजातिका हक–अधिकारहरु, यि सवै हक–अधिकार प्राप्त गर्न कस्को के दायित्व र भूमिका रहन्छ, अव कसले के गर्नु पर्छ, यसको प्रभावकारी कार्यान्वयनको लागि र कार्यान्वयन गर्न आईपर्ने बाधा अडचन के–के हुन आदि वारेमा यो छोटो लेखमा समेटने प्रयास गरेको छु ।
|
|
Last Updated on Thursday, 16 June 2011 23:51 |
|
महिला अधिकारसंग जोडिएका केहि सवालहरू |
|
|
|
|
Written by - इन्दिरा चोङ्बाङ
|
|
Tuesday, 01 February 2011 02:28 |
|
प्राय जसो महिलाहरु मेरो नाम यो हो भनेर परिचय गर्नु भन्दा म फलानाको श्रीमती हो भनेर चिनिन मन पराउछन् । यसमा हामीलाई जन्म देखिको संस्कारले प्रमुख भूमिका खेलेको देखिन्छ । हामी सबैले अनुभब गरेको कुरो हाम्री आमाहरूले गरेको परिचयको आभास आजसम्म हामी सामु ताजै छ त्यसैले हामीले त्यो ब्यबहारलाई हाम्रो मानसपाटल बाट हटाउन सकेका छैनौ । यसैको उपजको रुपमा लिन सकिन्छ श्रीमानको पधबी या नाम जे भनेर अरुले चिन्छन त्यसैसंग जोडेर महिलाहरू आफ्नो परिचय दिन्छन् । फलानाको छोरी, बुहारी, श्रीमती भनेर आफ्नो परिचय दिने चलन अहिले सम्म पनि यावत देखिन्छ । यसरी महिलाहरू अहिलेको एक्काईसौं शताब्दीमा आइपुग्दा पनि म यो हु भनेर आफ्नो परिचय लुकाउनुमा हाम्रो सामाजिक संस्कारले प्रमुख भूमिका खेलेको देखिन्छ । यति मात्र होइन नेपाली महिलाहरुलाई जहाँ गए पनि पुरुषहरुले हेर्ने प्रबृदी जस्ताको तस्तै रहेकोले उनीहरू सामाजिक र राजनीतिक रुपमा सचेत हुन् सकेका छैनन् ।
|
|
Last Updated on Tuesday, 01 February 2011 02:40 |
|
|
|
|
|
|
Page 1 of 7 |
|