|
नेपाल सरकारले बिदेशमा बसोबास गरेका गैरआवासीय नेपालीहरु बाट देश बिकासको लागी उधोग,बाणिज्य,सिप आदि इत्यादिको अपेक्षा राखी गैर आवासीय नेपालीहरु
सम्बन्धी बनाएको निति नियममा काठमांडूमा एउटा घर र दुई रोपनी जग्गा,तराई र पहाड़ी क्षेत्रमा दुई र पांच कठ्ठा सहित दश बर्षे भिसा दिने निति र नियम कति सम्म जयाज देखिन्छ !जव बिना नागरिक प्रमाण पत्र घर जग्गा खरीद बिक्री गर्न नपाउने नेपालको कानुनमा उल्लेख हुंदा हुँदै, यसरी घर जग्गा किन्न र राखन पाउने भए पछि दश बर्षे भिसा नै किन चाहियो र दोहोरो नागरिकता उपलब्ध गराउनुमा के आपत्ति छ!आखिर ति नेपाली मुलकका बिदेशी नागरिकहरुको शरिरमा नेपाली रगत नेपाली संस्कृति नेपाली भाषा नेपाली परम्परा संरक्षण र संबर्धन का साथ जीवीत राखी नेपाल र नेपालीलाई चिनाई आफ्नो भाषा,धर्म,संस्कृति,राष्ट्र र राष्ट्रीयता को गौरव गर्ने र ठान्ने नेपाली मुलका बिदेशी नागरिकता लिएका नेपालीहरुलाई दोहोरो नागरिकता उपलब्ध गराउनुमा नेपाल सरकारले किन कन्ज्युस्याई ! साथै नेपाली नागरिकता भएका नेपाली जो देशमा बेरोजगारीको चापले रोजगारको निम्ति दुई चार बर्ष बिदेश गएर स्वदेश फर्कने नेपालीलाई गैर आवासीय परिचय पत्रको किन आवश्यकता रह्यो ?
नेपाल सरकारले गैर आवासीय नेपालीलाई परिचय पत्र बितरण गर्ने तयारी पूर्व बर्तमान मंत्री मंडलमा झण्डा हल्लाएर बस्ने गैर आवासीय मंत्री तर्फ पनि एक नजर लगाउन जरुरी छ!!गैर आवासीय नेपालीहरुको बारे नियम कानून बनाउनु भन्दा पहिला बर्तमान मंत्री मंडलमा रहेका सक्तिशाली मंत्रीले गैर आवासीय नेपालीहरुको लागी बनाएको नियम कानून पालना गरेको छ छैन भनी फर्केर हेर्नु पर्यो ! शक्तीमा रहेकलाई अन्य गैर आवासीय नेपाली नागरिकहरुलाई झैं कानून प्रायोजन नहुने हो भने,त्यस्ता नियम कानुनलाई मान्नु पर्ने र गैर आवासीय परिचय पत्र लिनू पर्ने आवश्यकता नै किन? हामी नेपाल देखि धेरै टाडा अमेरिका,क्यानाडा,आस्ट्रेलिया,यूरोप,यु.के.जापान,कोरिया,खाड़ी मुलुक आदि इत्यादि देशमा स्थायी वा अस्थायी बसोबास गरे ता पनि हाम्र परिवारका धेरै सदस्यहरु नेपालमा रहेको छ!बिदेशमा हामी जे जस्तो परिस्थितीमा रहे व बसे पनि हाम्रो रगत नेपाली हाम्रो पहिचान नेपाली,हाम्रो बंश नेपाली हो भन्ने परिचय गरिन्छ!त्यसैले नेपालमा नेपाल र नेपालीलाई दुख्दा हामीलाई पनि उत्तिकै पीड़ा हुन्छ! अझ नेपालमा रोजगारको समस्यले पिरोलिएर जो बाध्याता र बिवसताले खाड़ी मुलुकमा रोजगारका लागी अलिकती भएको खेतिपाती गर्ने जमिन समेत बेचेर आफ्नै देशको सरकारले पालेको दलालहरुलाई पैसा दिएर गएका हाम्र नेपाली दाज्यू भाई दिदी बहिनीहरु कहिल्यै पनि नेपाल र नेपालीको भबिश्य संग अलग रहन सक्दैन!यो यथार्थ हो देशमा दिन प्रति दिन बिरोजगारको समस्यले पिरोलिँदै गएको वास्ताविक्तालाई कसैले छुपाएर छुपाउन सकिन्दैन!यिनै बिरोजगारको समस्यले गर्दा मलेसिया र खाड़ी मुलुकमा रोजगारको लागी गएका नेपलीहरूले भोग्नु परेको समस्यलाई नियालेर हेर्ने हो भने नेपाल सरकारले एन आर एन सम्बन्धी बनाएको नियमहरु न्यायोचित देखिंदैन!नेपाल सरकारले एन आर एन सम्बन्धी बनाएको निति र नियम साँचो अर्थमा भन्ने हो भने नेपाली मुलका जो बिदेशी नागरिक लिएर बसेका छन उनिहरुको लागी बनिनु पर्छ!न की दुई चार बर्ष बिदेशमा बसेर केही कमाएर आफ्नो देश (घर) फर्कने नेपाली नागरिकलाई यो निति र नियमको परिधि भित्र बाँधियेर मानसिक तनाव दिने निति तर्क संगत देखिंदैन!गरिवीको कुचक्र रेखा मुनि पिल्सिएको देशको नागरिक रोजगारको निम्ति आफ्नो देशको नागरिक यथावत अथव कयामै राखी बिदेशमा दुई चार बर्ष बसेर आफ्नै देशमा फर्केर जीविका चलाउनेहरुको लागी नेपाल सरकारले अप्नाएको निति र नियम सत प्रतिसत आपत्तिजनक भएको देखिन्छ! एन आर एन कस्लाई भनिन्छ?एन आर एन भनेको के हो?र एन आर एनको परिभाषालाई स्पष्ट रुपमा परिभाषित गरिनु पर्छ!दोधारे अर्थ लगाएर अन्योलमा पारिनु हुँदैन! नेपाली रेसिडेंट र नन रेसिडेंट नेपालीको बारे एन आर एन संस्थामा आवाद्द रहेका भद्र भलादमी महोदयहरुले सोच्नु आवश्यक देखिन्छ !
अमेरिकाको गैर आवासीय नेपाली संस्थाको नाम एन आर एन यु.एस.ए,हो की एन आर एन एनसीसी:- मनमा लागेका खटपटी, अमेरिकाको एन आर एन,(एन आर एन यु.एस.ए.)हुनु पर्ने जस्तो लाग्छ!तर किन एन आर एन एनसीसी,कतिपय देशमा संचालन भएको खोलिएको अथव रहेको नन रेसिडेंट नेपाली संस्था एन आर एन संगै त्यही देशको नाम जोडिएको पढ़ीन्छ,सुनिन्छ र पाइन्छ ,जस्तै एन आर एन जापान,एन आर एन बेल्जियम,एन आर एन कोरिया,एन आर एन यु.के.आदि इत्यादि !तर अमेरिकामा एन आर एन यु.एस.ए.नभई एन आर एन एनसीसी भनेर नामाकरण गरिएको छ !यसरी संस्थाको नाम करण संस्थाका कार्य समितिको सदस्यहरुको चयन र संस्थाको बिधन पारित गर्दा, साधारण सदस्यहरुको कुनै उतरदायित्व हुन्छ की हुँदैन यदि हुँदैन भने यो संस्थाको साधारण सदस्य लिनुको के अर्थ र औचित्य रह्यो!
हामी पूर्ण प्रजातांत्रिक देशमा बसेको छूं जस्तो लाग्छ,न की नेपालमा,त्यसैले प्रजातंत्रको हुंकार दिएर मात्र हुँदैन, कदर गर्ने बानी पनि बसाल्न सिक्नु पर्छ!यदि गैर आवासीय नेपालीहरुको हितको लागी खोलिएको संस्था हो भने पारदार्सिक र प्रजातांत्रिक परिपाटी अनुशार संस्थाको कार्य समिति चयन गरिनु पर्दछ, न की दुई चार जनाको मुठी भित्र राखेर संचालन गर्ने होइन! एन आर एनलाई मजबूत र संगठनिक रुपमा लैजाने हो भने अमेरिकाको बिभिन्न स्टेटमा रहेको बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु सबैलाई पूर्ण रुपमा समेटर बढ़ी भन्दा बढ़ी साधारण सदस्यहरुको संख्या बनाइनु पर्छ जसले गर्दा संस्था दरिलो होश,साथै उक्त साधारण सदस्यहरु भित्र बाट नै तदार्थ कमिटी गठन गरिनु पर्छ र तदार्थ कमिटी ले छ महिना भित्र निर्वाचन कमिटी गठन गरी निर्वाचन गरेर कार्य समितिको चयन गरिनु पर्दछ र सो निर्वाचित कार्य समितिका पदाधिकारीको बोर्ड बैठकले बिधान मस्यौदा समिति गठन गरेर बिधान मस्यौदा समितिले संस्थाको बिधान तयार पारी महाधिबेशनको तिथि मिति तोकेर महाधिबेशन बाट साधारण सदस्यको दुई तिहाई बहुमतले पारित गरेको बिधान बनिनु पर्दछ !न की कोठामा बसेर आफुले भनेको मान्ने सुन्ने र आफन्तहरुलाई मात्र फोन गरेर आफु ख़ुशी संस्थाको कार्य समित चयन गर्ने र बिधान बनाउने होइन!यस्ता प्रकारको क्रियाकलाप ले एन आर एन एनसीसी नै बैधानिक छ या छैन भनी शंका उपशंकाहरु उब्जिनु स्वाभाविक हुन आउँछ! यदि बैधानिक प्राप्त सामजिक संस्थाहो भने प्रजातांत्रिक परिपाटी अनुशार संस्था संचालन गरिनु सबैको लागी उत्तम हुनेछ!न की षडयंत्र र राजनीति चालखेल नहोश! यी कुराहरुलाई मनन गर्न नसकेमा एन आर एन यु.एस.ए.नजन्मेला भन्न सकिन्न!
एन आर एन एनसीसी संचालन गर्नु हुने महोदयहरुमा केही जिज्ञांसहरु:- १)एन आर एन को लक्ष्य र उदेश्य के हो? :-सामजिक संस्था हो वा राजनैतिक संस्था हो वा ब्यापारिक हो ! २)एन आर एन एनसीसी कार्य समिति सदस्यको छनौट प्रक्रिया कसरी भयो.! ३)साधाराण सदस्यहरुको उपस्थितिमा एन आर एन एनसिसिको महाधिबेशन कुन मिति र तिथिमा कहाँ संपन्न भएको ! ४)एन आर एन एनसिसिमा अमेरिकामा रहेको संघ संस्थाहरु के कति आवाद्द छ,! ५)एन आर एन एसीसी नै किन र एन आर एन यु.एस.ए.बनाउनुमा किन कन्ज्युस्याई.! ६)नेपालीहरुको आत्याधिक बहुमत रहेको न्यू योर्कमा एन आर एन एनसीसी ले महाधिबेसन गर्न किन कन्ज्युस्याई,! ७) एन आर एन एनसिसिको बिधान कुन प्रक्रिय र माध्यम बाट पारित गरिएको हो,! ८)कार्य समितिको सदस्यहरुको चयन गर्न साधरण सदस्यहरुको आवश्यकता पर्छ पर्दैन! ९)कुनै पनि संस्थाको बिधान बनाउदा बिधान मस्यौदा समिति गठन गरिनु पर्छ पर्दैन ! १०)बिधान मस्यौदा समितिले तैयार पारेको बिधन कार्य समित अथव आफुले भनेको मान्ने र सुन्नेलाई मात्र बोलाएर पारित गर्ने हो की अधिबेसन बोलाएर साधारण सदस्यको दुई तिहाई बहुमतले पारित गर्नु पर्ने हो!
Central President : Federation of Indigenous Peoples of Nepal in America
Former President: Sherpa Kyidug, USA |
Comments
Jeewan ji, It is true that we did not go to same school. We talk straight and expect others to talk straight to us. NRN USA must be an organization of the [censored]sses including indigenous Nepalese people living in America. We won't let few people with vested interests and connection to hijack the word NRN.
Well Ramesh [censored]y not know the meaning of FIPNA therefore he has to spend his s[censored]ll brain on open topic. Indeed, our org motto is to rise voice of our gorg and our people. NRN goal is completely differnt so please not mix your poor brain on unrelated topic.We never say we do not accept NRN but we have discrepency on its leadership and their undemocratic activities. Let me tell you, I am general member but I never get notice of general convention. Do you have any ans. ?
Well Ramesh [censored]y not know the meaning of FIPNA therefore he has to spend his s[censored]ll brain on open topic. Indeed, our org motto is to rise voice of our gorg and our people. NRN goal is completely differnt so please not mix your poor brain on unrelated topic.We never say we do not accept NRN but we have discrepency on its leadership and their undemocratic activities. Let me tell you, I am general member but I never get notice of general convention. Do you have any ans. ?
or what?
or need to go to School?
Kar[censored] dai, please take the leadership we must have Global NRN of indigenous people.
I do not understand how this NRN run in USA.Perhaps you are right because I never heard NRN in USA.
RSS feed for comments to this post.