Facebook Share

Share on facebook

Phoca Facebook Comments

Facebook Application ID is empty
एकात्मक हिन्दु अहंकारवादीहरुको षडयन्त्रको विरोधमा हामी सबै एक जुट भै सहभागी हौ PDF Print E-mail
Written by आङ काजी शेर्पा किसान   
Monday, 27 June 2011 21:24

गाई मारेको अभियोगमा नुवाकोट हातडाछी वडा नं ९ का ईन्द्र तामाङ सिन्धुली भिमेश्वर वडा नं ४ का चन्द्र बहादुर वुढाथोकी रामेछाप हिलेदेवी वडा २ का दावा मोक्तान र सोही ठाउँ बस्ने राजकुमार तामाङलाई असार ११ गतेका राती केही वाहुनहरुले उजुर दिए पछि बौद्ध प्रहरीले गिराफतार गरेकोछ भन्ने खवर मैले असार १२ गते ९।३० बजे एक पत्रकारले पठाएको एस एम एसबाट जानकारी पाएँ । सो घटनाबारे बुभुन म १०ं३० बजे बौद्ध प्रहरी कार्यालयमा पुगे र घटनाको बारे बुभुने प्रयास गरे । मेरो भेट मुद्धा फाँटमा कार्यरत सई दिपक खडकासंग भयो । के के प्रमाण र कस्को उजुरीको आधारमा उनीहरुलाई गिरफतार गरेको हो भनी सोधे । उतरमा सई दिपक खडकाले स्थानीय वासिन्दको उजुरी र वरमाद गरेको हतियारहरुको आधारमा गिरपुतार गरेको जवाफ दियो । मैले वरमाद गरेको सामनहरु खुकुरी चुपी एउटा ढुङ्घा झोला २ वटा ड्रम झोला प्लास्टिक र बोराहरु हेरे तर ती सामनहरुमा रगतको एउटा तिलको आकार सम्मको दाग नदेखे पछि मैले अचम्म मान्दै प्रश्न गरे यो प्रमाणले त उनीहरुले गाई मारेको हो भन्ने प्रमाणीत हुदैन र निर्दोष व्याक्तिहरुले सजाय पाए हामी आन्दोलन गर्छौ सडकमा आँगो बाल्छौ भने । उतरमा सई खडकाले उनीहरुले गाई मारेको स्वीकारेकोछ भनेर भन्यो । त्यस पछि मैले गिराफतार भएका व्याक्तिहरुलाई भेटने अनुमति मागे र अनुमति पाए पछि म उनीहरुलाई भेटन भुई तल्लामा गएं । मैले उनीहरुलाई प्रमाण नभए सम्म गाई मारेको हो नभन्नु र नडराउन म वकिल बोलाएर सहयोग गरौला भने त्यातिकैमा मेरो पछाडी उभेर बसेको सई खडकाले मेरो कुरा सुन्ने वितिकै ए तं पनि यिनीहरुसंग मिलेको रहेछ अव तेरो पनि वयान लिनुपर्छ माथी हिड भनेर पछाडीबाट घचेटे । मैलै सई खडकालाई जिउमा हात नहाल्न कडा चेतावनी दिए पछि मेरो जिउमा हात हाल्न बन्द गरे र मलाई मुद्धा फाँटमा लगेर राखे र केही छिन पछि मेरो के काम छ म अव जान्छु भने तर उस्ले डि एस पि नआएसम्म जान पाउदैन भनेर मलाई १०।३० देखि २।३० सम्म जम्मा करिव ४ घण्टा हिरासतमा राख्यो । बौद्धको डि एस पी करिव २ं३० बजे आए पछि म सहित नेपाल शेर्पा संघका अध्यक्ष पेमछिरी शेर्पा महासचिव नामगेल शेर्पा सदस्य ङवाङ सोनाम शेर्पा शेर्पा कलाकार संघका अध्यक्ष तेन्जिङ्घ शेर्पा महासचिव छिरिङ शेर्पा नेपाल तामाङ घेदुङको अध्यक्ष कुमार योन्जन तामसालिङ राष्ट्रिय दलका उपाध्यक्ष लगायत अन्य शेर्पा दाज्युभाईलाई डि एस पिको कोठामा बोल्यो । धेरै बेरको छलफल पछि बाटोमा हिडदै गर्दा समातिएका २ जनालाई तत्काल रिहा गर्ने बांकी २ जनाको पनि प्रमाण पुर् याएर मात्र मुद्धा चलाउने सहमति भयो । अन्तमा रगतको दाग नलागेको सामानहरु त्याहाँ उपस्थित सबैले हेर र म नेपाल तामाङ घेदुङको अध्यक्ष कुमार योन्जन तामसालिङ राष्ट्रिय दलका उपाध्यक्ष त्याहाँबाट सिधै पशु हस्पीटल त्रिपुरेश्वमा पुगी मरेको गाईको पोष्टमार्टमा गरेको हेरे पछि घर फक्र्यौ । 

असार १३ गते विहान ११ बजे नयाँ बानेशवर चोकमा चौपाय संम्बन्धि विधेयकामा गाई मासु खाएमा र गाई गोरुलाई कुटेमा ३ वर्ष जेल सजाय हुने नियमा फिर्ता लिन लगाउन धर्ना दिने कार्यक्रम छ । धर्म निरपेक्ष घोषणा भएको राज्यमा एकात्मक हिन्दु अहंकारवादीहरुको दवावमा आदिवासी जनजातिहरुलाई गाई मारेको झुठो मुद्धा लगाएर जेल पठाउने षडयन्त्रको विरोधमा हामी सबै एक जुट भै सहभागी हौ । 

आङ काजी शेर्पा किसान
महासचिव 
नेपाल आदिवासी जनजाति महासंघ 

 

Add comment


Security code
Refresh