Facebook Share

Share on facebook

Phoca Facebook Comments

Facebook Application ID is empty
के लाहुरेको सम्पतिले नै सम्पूर्ण आदिवाशी जनजाति हरुको अधिकारको प्रतिनिधित्व गर्छ   PDF Print E-mail
Written by सुरेश चामलिंग      
Wednesday, 13 July 2011 00:23

 

 

अहिले नेपालमा जातीय पहिचानको आधारमा संघीयताको कुरा उठेको बेला र आदिवाशी जनजाती हरुको समानता,सामाजिक न्याय र  अधिकारको मुद्दा उजागर भई रहेको बेला  मास मेलिंग हरुमा थुप्रै ब्राहमण मित्र हरुले आदिवाशी जनजातीहरु ऊपर मुखमा आइन्जेल गाली र हावादारी आरोप लगाईं रहेका छन/उनी हरुको मुख्य आरोप भनेको आदिवाशी जनजातीहरु अल्छी नेपालमा केही गर्न नचाहने,लाहुरे जाने पैसा कमाउने,मोज मस्तीमा लाग्ने अनी नेपालमा अधिकारको कुरा उठाउने आदि इत्यादि/यो कुरालाइ आदिवाशी जनजातीका नेता हरुले जवाफ देला की भनेर हेरेको तर चासो नभएर हो की अर्थात काग कराउँदै गर्छ  पीना सुक्दै जान्छ भन्ने अर्थमा लीनु भएको हो बुझ्न सकिएन/तर यथार्थमा भन्ने हो भने आदिवाशी जनजाती हरुलाइ जान्ने बुझ्ने अवशर  दिनु र त्यस्तो बिना प्रमाणको आरोपको खण्डन गर्नै पर्दछ/ ता की सबैले सत्य के हो भन्ने थाहा पाउनै पर्दछ/जसले गर्दा यस्तो बिसयमा आदिवाशी जनजातिका बुद्दिजीवी वा  अगुवा हरुले लेखनै, बोलनै पर्दछ भन्ने मलाई लागेको हुंदा यो लेख्ने काम भएको  छ/
नेपालको इतिहासलाइ राम्ररी नियाल्ने हो भने निक्कै अगाडी देखी जातीय भेदभाव तथा छुवाछुतको ब्यबस्था भएको देखिन्छ,तर राजा जयस्थिति मल्लले चार जात छतीस बर्न भनी जातको बिभाजन र त्यसको  आधारमा कामको बाँट फांट गर्यो/त्यहा देखी जातीय भेदभाव ब्याबस्थित भएको देखिन्छ/ राजा जयस्थिति मल्ल नेपालको इतिहासमा कलंक हो तर यसलाई ब्रह्माण इतिहासकार हरुले सुधारक राजा जसले राम्रो थिती बसाले भनी लेखेको पाइन्छ/ राणा प्रधान मंत्री श्री ३ जंग बहादुर राणाले सन १८५४ मा मुलुकी ऐन जारी गरी त्यही अनुरूप जातको आधारमा बिभेद पूर्ण कानून लागू गर्यो/नेपालको इतिहासमा पहिलो लिखित कानून त्यही हो जस ले जयस्थिति मल्लको जातीय प्रथालाइ कानुन बनाई भेदभाव लाइ मान्यता दियो/ब्राह्मणको काम पढने लेख्ने,क्षेत्रीको काम देशको सुरक्षा गर्ने,वैश्यको काम बन्द ब्यापार र सुद्रको काम परिश्रमको काम गर्ने भनेर कानून बनाइयो/ यो वर्गीकरणमा अर्थात यो बर्नाश्रममा आदिवाशी जनजातीहरु पर्दैनन भनीएता पनी ब्राम्हणले बनाएको  जन्म सुतीका(चिनो) मा शुद्र जाते भनी उल्लेख गरिन्छ र ब्यावहारमा शुद्र कै वर्गमा राखिन्थ्यो र तत्कालीन टाठा  बाठा पढे लेखेका ब्रह्मण हरुले आदिवाशी जनजातीलाइ जे जसरी भए पनी सडयन्त्र गर्ने दबाएर राख्ने नै गर्दथे


त्यसैको परिणाम स्वरुप गोरखा भर्ती शुरू भएको हो/पृथ्वी नारायण शाहका खलक गीर्वाण युद्द विक्रम शाहका पालामा तत्कालीन भारत अर्थात यसलाई अंग्रेजको शासन भएकोले  ईस्ट इंडिया कंपनी सरकार भनिन्थ्योको बीचमा नेपालको पश्चिम कांगड़ामा भिसण युद्द भयो/नेपालको तर्फबाट जनरल अमर सिंह थापाले उक्त लड़ाईको नेतृत्व गरेका थिए/ कंपनी सरकारको आधुनिक हतियार संग पनी नेपाली सेनाले घरेलु हतियार द्वारा बहादुरी पूर्ण लडे/त्यसमा  कुनै पनी पक्षले लड़ाई जित्न नसके पछि सन्धी भयो जसलाई हामी सुगौलीको सन्धी भनेर जान्दछौं/ यो सन्धी दिसम्बर २,१८१५ मा भयो भने यसलाई मार्च ४,१८१६ मा अनुमोदन गरियो/उक्त सन्धीमा नेपालको तर्फबाट राजगुरु गज राज मिश्र र सहयोगी चन्द्र शेखर उपाध्याय दुई ब्राह्मणले  हस्ताक्षर गरे भने कम्पनी सरकारको तर्फबाट लेफ्टिनेन्ट कर्नेल पेरिश ब्राडशाले हस्ताक्षर गरेका थिए/मुख्यत, उक्त सन्धीमा २ वटा उल्लेखनीय कुरा हरु भए- पहिलो, नेपालले पूर्व देखि पश्चिम सम्म तराईका धेरै भू -भाग गुमाउनु पर्यो भने दोस्रो, गोरखा भर्ती सम्बन्धी ब्यबस्था  पनी त्यही संधिमा गरियो/  हुन त त्यो सन्धीको आशय आदिवाशी जनजाती हरुलाई मात्र गोरखा भर्ती गर्ने भन्ने होइन /बिशेस गरेर अमर सिंह थापा जसलाई मगर बिद्वान हरुले मगर त क्षेत्री बिद्वान हरुले क्षेत्री भनेर दावी गरेका छन/उनको बहादुरी देखेर नै बाठो अंग्रेजले गोरखाली हरुलाई सेनामा लिएको हो/त्यसमा सबै जातको मानिस सेनामा  भर्ती हुन्थ्यो तर ब्रह्मणहरु अल्छि ,टाठा, बाठा, धुर्त,चलाख भएकोले संसार हाकेर आएको अंग्रेजलाई बुझ्न कठिन भएन भने नेपालबाट समेत आदिवाशी जनजातीहरु सोझो ईमान्दार भएकोले बिदेशी सेनामा पठाउनु तत्कालीन सरकारले श्रेयस्कर ठाने/यसरी कालान्तरमा उनी हरुलाई मात्र गोरखा फौजमा भर्ती गर्न थालेको हो/ जुन समयमा गोरखा भर्ती शुरू भयो त्यो समयमा आदिवाशी  जनजातीहरु राज्यबाट सामाजिक तथा राजनीतिक बिभेदको शिकार भएको भए पनी आर्थिक रुपमा आत्मनिर्भर थिए/ कृषि,पशु,पालन,घरेलु तान आदीको ब्यवाशाय थियो भने जग्गा जमीन मा कुनै छेक बार थिएन जती भस्मे खोरिया फाड़न सक्यो त्यो उनीहरुकै हुन्थ्यो, जनसंख्या कम थियो/आर्थिक रूपमा समुन्नत थिए,कुनै बिदेशी सेनामा भाडाको सिपाही बनी गुजारा गर्ने त आवश्यक्ता थिएन/ आफनो रेखो पाखो  छाडेर बिदेश जाने त कुरै थिएन/तर  कंपनी सरकारको एजेण्ट हरु गाऊ गाऊमा पस्ने दाउरा, घास गर्न गएका युवा हरुलाई फकाउने नमाने जबर्जस्ती गर्ने,प्रलोभनमा पार्ने,झुक्याउने र राज्यले एजेण्ट हरुको कार्यलाई प्रोत्शाहित गर्ने भएकोले आदिवाशी जनजातीका युवाहरु बिसेष गरेर राई,लिम्बू,मगर, गुरुंग,शेर्पा, तामांग त्यस बेला ठुलो संख्यामा बिदेशिए/बिस्व युद्दमा नेपालले प्रत्यक्षत भाग लिएको थिएन तर जती पनी ब्रिटिशले लड़ाई लडे त्यसको अग्रिम मोर्चामा आदिवाशी जनजाती हरु गोरखा फौजमा थिए/तेतिखेर लड़ाईलाई धावा भन्ने चलन थियो/भियतनाम,कम्पुचिया, इण्डोनेशिया, बर्नेऊ(ब्रुनेई)बर्मा, फ्रान्स, जर्मन,चीन ,जापान लगाएतका धावा हरुमा थुप्रै आदिवाशी जनजातीका मानिस हरु मारिए कति घेराउमा परेर उतै बिलाए/ कति अंग भंग भए पछि सम्म थुप्रै मानिस मैले पनी भेटेको छु, जसको गोली शरीरमा बांकी थियो भने अझ पनी कोही मानिसले खुट्टा खोच्याएर हिडयो भने ए हलदार भईछस भन्ने आदिवाशी जनजातीहरुमा चलन छ ब्रिटिशले घाइतेलाइ हलदार बनायो घर पठाई दियो / धावामा मरेको खबर प्रत्येक घर घरमा धागोले बांधेर पत्र आउथ्यो/ यसरी भर्तीमा जानेहरु मारिए भने  बाचेकाहरु अपांग भए/कौड़ीको दरमा काम लगाइए अझ कती त खाली खुट्टा (सुको पैसा नदीइ) घर फर्काइए/ यता उनीहरुको आश्रित परिवारको कन्त बिजोग भयो/गाऊ कै शोसक सामन्तीले ठग्ने,दुर्ब्यभार गर्ने शिक्षा दीक्षा नपाउने इत्यादि कुराले गर्दा घर परिवार छिन्न  भिन्न भयो/यी जाती हरुको सामाजिक, आर्थिक, राजनितिक सम्पूर्ण संरचना ध्वस्त भयो/ आफनो भन्ने केही बांकी रहेन/आफनो देशमा शरणार्थी भए/ हुन त बिस्व युद्दमा कती गोरखा फौज मारीए त्यसको तथ्यांक न त नेपाल सरकार संग छ न त ब्रिटिशले नै खोजी नीती गरे त्यो अझ सम्म यकीन हुन सकेको छैन तर नेपालको पहिलो जनगणना सन १९११ मा भएको थियो त्यसमा नेपालको जनसंख्या ५६,३८,७४९ थियो दोस्रो जनगणना सन १९२० मा भयो, त्यसमा जनसंख्या  ५५,७३,७८८ थियो लगभग ९ बर्स पछि जनसंख्या  बढन पर्नेमा ६४,९६१अर्थात १.१५ प्रतिशत घटी देखिन्छ/त्यसरी नै तेस्रो जनगणना १९३० मा १९ बर्स पछि हुंदा जनसंख्या ५५,३२,५७४ झनै दोस्रो जनगणना भन्दा ४१,२१४ अर्थात ०.७४ प्रतिशतले  घटेर गएको देखिन्छ/चौथो जनगणना  १९४१ मा अलिकती बढेर ६२,८३,६४९, अर्थात १३.८५ प्रतिशतको ब्रिद्दी देखिन्छ भने पाचौ१९५२/५४ को जनगणनामा जनसंख्या अत्यधिक ब्रिद्दी भएको छ त्यसमा ८२,५६,६२५ छ भने १९,७२,९७६ अर्थात ३१.४० प्रतिशत अहिले सम्म कै बढी ब्रिद्दी देखिएको छ यस ले के देखाएको छ भने सन १९४५ अगस्त १४ मा जब दोस्रो बिस्व युद्द सकियो मर्ने हरु मरेर गए पनी बाच्ने हरु घर फर्किए परिवार हरुसंग बसे त्यसले गर्दा जनसंख्या ब्रिद्दी भएको हो भनी ठोकुवा गर्न सकिन्छ/ किनकी नेपालका जस्तै  बिस्वका हरेक मुलुकमा बिस्व युद्द सकिए  पछि जनसंख्या  ब्रिद्दी भएको छ/यसरी ब्रिटिशले उपयोग गर्न सम्म गरे र तेतिकै रद्दीको टोकरीमा लाहुरेहरु फालिए, नेपाल सरकार मूक दर्शक भएर बसे जब लाहुरे हरुले  आफ्नै बल बुत्ताले संघर्स गरेर केही सुबिधा लिएका छन र अहिले गोरखा भर्ती आकर्सक भएको छ/यो सुबिधा सीमीत मात्राले लिएका भए पनी उनीहरुको राम्रा घर देख्दैमा नेपालका सत्ताशीन ब्रह्मण शासक  हरुलाइ जलनको बिसय भएको छ/नेपालका सत्ताशीन हरुको सड़यन्त्रको चंगुलबाट समाउने हांगा र  टेक्ने अखटा नभएको जाती हरुले अधिकारको  कुरा उठाऊदा आफनो  एकलोऊटी भाग खोसिने डरले मानसिक सन्तुलन गुमाई बिना प्रमाण नानाभाँति आरोप लगाईं रहेका छन/यो बारेमा आदिवाशी जनजाती हरु सचेत हुनै पर्दछ/

Last Updated on Wednesday, 13 July 2011 00:37
 

Comments  

 
+1 #1 2011-09-19 17:28
Developed in conjunction with the Universal Character Set standard and published in book form as The Unicode Standard, now more than 109,000 characters exist in Unicode's latest version. This Unicode covers 93 scripts. Unicode Nepali is awesome too.

http://unicode.cafedeweb.com/
Quote
 

Add comment


Security code
Refresh