|
Written by Administrator
|
|
बृहत आदिबासी जनजाति मञ्चद्वारा आयोजित आदिबासी जनजातिले भावी सबिधानमा आफ्ना न्यायोचित ढगले उठाएका मागहरुको राज्यबाट सम्बोधन हुनु पर्ने भनि उठाएका मागलाई अघि बढाउने क्रममा २०६६ मङसिर ३० गते माईति घर मडलामा बिरोध स्वरुप १ घण्टे चक्काजाम कार्यक्रम राखिएको थियो जसमा बिभेदकारी राज्यसत्ताले ब्यापक रुपमा प्रहरी परिचालन गरी धरपकड गरिएको थियो राज्यसत्ताको नाङगो हस्तक्षेपले बृहत आदिबासी जनजाति मञ्चका सचिव डा. कृष्ण भट्टचन सभासद तथा आदिबासी जनजाति महासंघका महासचिव सुरेश आले मगर, सभासद राम बहादुर थापा मगर, सभासद बल बहादुर स्रीस मगर, सभासद कुमार राई थरुहट स्वायतत्ता प्रदेशका नेता लक्षमण थारु महिला महासंघका महासचिव सोमा राई, शेर्पा महिला संघका निमी शेर्पा, शेर्पा संघका केन्द्रिय सदस्य ङवाङ सोनाम सेर्पा, आदिबासी जनजाति महासंघका पुर्ब सचिव कबिराज थामी, कुमाल समाजका नागेन्द्र कुमाल लगायत ७२ जनालाई महेन्द्र पुलिस क्लबमा १ घण्टा भन्दा बढी नियन्त्रणमा राखिएको थियो । पुलिस क्लब भित्रै प्रहरी दमन मुर्दाबाद । आदिबासी एकता जिन्दाबाद । ILO 169 अभिसन्धि लागु गर । जातिय आत्मानिर्णयको सुनिश्चित गर । राजनैतिक अग्रधिकार सुनिश्चित गर । धर्म निरपेक्ष राज्य कार्यन्वन गर । बिभेदकारी राज्यसत्ता मुर्दाबाद । बाहुनबाद मुर्दाबाद । जस्ता नाराले महेन्द्र पुलिस क्लब समेत कम्पायामान भएको थियो महेन्द्र पुलिस क्लब भित्रै गरिएको कोणसभामा आदिबासी जनजाति मञ्चका सचिव डा. कृष्ण भट्टचनले अरुका लागि लड्ने आदिबासीले अब आफ्नै लागि लडन पर्ने दिन आएको र अब आदिबासी जनजाति पनि आफ्नो हक, अधिकार के हो भनी चिनेकाले अब भिबेदको अन्त्य चाडै हुने पनि ठोकुवा गर्नु भो। थरुहट स्वायतत्ता प्रदेशका नेता लक्ष्मण थारुले आदिबासी जनजातिका शान्तिपुर्ण आन्दोलनलाई प्रहरी द्वारा दमन गरिएकाले दाङ लगायतका तराईका जिल्ला बन्द हुने उदघोष गर्नु भयो भने सभासद बल बहादुर स्रीस मगरले जनयुद्दमा आफुले फिलामा पुलिसको गोली खाएको र अब आदिबासी जनजातिको आन्दोलनमा छातीमा गोली थाप्न तयार रहेको कुरा जोडदार रुपमा राख्नु भयो सो कार्यक्रममा सभासद तथा आदिबासी जनजाति महासंघका महासचिव राम बहादुर थापा मगर, महिला महासंघका महासचिव सोमा राई, शेर्पा संघका केन्द्रिय सदस्य ङवाङ सोनाम सेर्पा , आदिबासी जनजाति महासंघका पुर्बसचिव कबिराज थामी, तामाङ स्वायत्ता प्रदेश र बिधार्थी प्रतिनिधीहरुले पनि आदिबासी जनजाति अधिकार र प्रहरी दमनको ब्यापक बिरोध गर्नु भएको थियो । स्मरण रहोस बृहत आदिबासी जनजाति मञ्चद्वारा पुष १७ गते प्रहरी दमनको बिरुद्द नेपाल बन्दको कार्यक्रम रहेको छ ।
|