Facebook Share

Share on facebook

Phoca Facebook Comments

Facebook Application ID is empty
(UNPFII ) को दसौ बैठकमा नेपालका प्रतिनिधिहरुलाई न्यु योर्कमा स्वागत PDF Print E-mail
Written by Indira chongbang   
Monday, 23 May 2011 01:07

 

 


UNPFII को दसौ बैठकमा नेपालबाट विभिन्न संघ संस्था तथा सरकारी निकायबाट प्रतिनिधि गरेका आदिवासी जनजातिहरुलाई नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिपना )
ले एक अन्तरक्रियात्मक कार्यक्रमका साथ् न्यु योर्कमा स्वागत गरेको छ ।
अहिले भएको बर्तमान आदिवासीहरुको मुद्दा सम्बन्धि छलफल गर्नका लागि आयोजना गरिएको सो कार्यक्रममा नेपालका आदिवासी जनजाती सभासदहरु, मन्त्रि तथा जनजाती कार्यकर्ता हरुले आदिवासीहरुको मुद्दालाई ओजेल पार्नका लागि नेपालमा विभिन्न सडयन्त्र सुरु भएको धारणा राखे ।

 


कार्यक्रममा बोल्दै नेपालको सरकारी तर्फबाट UNPFII का लागि प्रतिनिधि बन तथा भूसंरक्षण राज्य मन्त्रि भगवती चौधरीले अब बन्ने संविधानमा आदिवासीका मुद्दाहरुलाई बेवास्ता गर्नका लागि प्रमुख राजनीतिक दलहरू चलखेल गर्न सुरु गरेको धारणा राखिन् ।  "जातीय राज्य र संघिय व्यवस्थाले सिधै राज्य बिखन्डनतिर जान्छ भन्ने भ्रम अझसम्म  सबिधान बिध तथा प्रमुक राजनीतिक घटकहरुमा  कायम छ,
यसै कारण षड्यन्त्र  पुर्बक संविधानसभालाई बिघटन गर्न सक्ने स्थिति समेत छ " उनको  भनाइ थियो, " आदिवासी जनजातिको आत्मानिर्णयको आधिकार र जातीय स्वायत्तको नारालाई पाखा लगाउने उदेश्यले नै ४।५  प्रदेश बनाएर सबैको चित्त बुझाउने प्रमुख घटकहरु लागि परेका छन् यो हाम्रो  लागि मान्य हुने छैन "  उनको दाबी थियो । सयौ वर्षसम्म जकडिएको एकात्मक बादीहरुका कारण यो समस्या रहेकोमा उनको
दाबी थियो ।


सोहि अवसरमा आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा सभासद पासांग शेर्पाले अहिले संविधान बन्यो कि बनेन भन्ने चासो भन्दा यसमा हाम्रा  मुद्धाहरु लेखियो कि लेखिएन भन्ने सम्बन्धमा  सचेत रहनु पर्ने धाराणा राखे । अहिलेको अवस्थामा आदिवासी जनजाती सम्बन्धि जतिपनि विषयगत  मुद्धाहरू आएका छन् तिनले राज्य सत्तामा रहेकाहरुलाई असर पारिरहेकाले विभिन्न बहानामा संविधान
लेखनको काम ढिलो भएको उनको टिप्पणी थियो ।  "गैर आदिवासी नेताहरुको नकरात्मक सोचाई अहिलेसम्म रहेकै छ, आदिवासी जनजातीहरु समेत विभिन्न सिमाना र जिल्लाको प्रसंगलाई लिएर झगडा गर्नाले  शक्ति कम्जोर भएको छ"  गुनासो ब्यक्त गरे, " यहि सडयन्त्रमा विभिन्न भ्रामक प्रचार बाजिहरु समेत बाहिर आएका छन्" ।


उक्त कार्यक्रममा बोल्दै सभासद लक्की शेर्पाले अहिलेको बिकराल स्थिती  सिर्जना हुनुमा नेपालमा आवस्यक पर्ने बिद्धताहरुको कमि भएको धारणा राखिन् । "हामि कटिबद्ध छौ तैपनि हामीलाई आबस्यक बिधताको कमि छ  यसलाई पुरा गर्नका लागि बिदेशिएका नेपाली बिज्ञहरुलाई स्वदेशमा फर्काउने नयाँ थालनीको सृजना हुनुपर्छ " उनको भनाइ थियो  ।
सोहि अवसरमा जनजाती कार्यकर्ता नवांग शेर्पाले यदि अब बन्ने संविधानमा आदिवासी जनजातिको मुद्दा समेतिदैना भने त्यसलाई धुजा धुजा बनाउने चुनौती दिए ।


नेपालका प्रतिनिधिहरुलाई न्यु योर्कमा स्वागत गर्दै फिपनाका संथापक  अधक्ष्य तथा प्रमुख सल्लाहकार कर्मा  ग्याल्जेन शेर्पाले आदिवासी जनजाती नेताहरू कामभन्दा कुरो बढी गर्ने गुनासो ब्यक्त गरे । सोहि कुरामा जोड दिदै यतिलामो समयसम्म आदिवासी जनजातिको छुट्टै राजनीतिक पार्टी नहुनुमा हाम्रो आफ्नै कमजोरी रहेको उनको धारणा थियो । आदिवासी जनजातिहरु सचिनै आफ्नो मुद्धामा
अडिग रहने हो भने छुट्टै राजनीतिक दल हुनुपर्नेको उनको जोड थियो । सोहि प्रसंगलाई  जोड्दै वर्तमान फिप्नाका अधक्ष्य शिब कुमार राइले आदिवासी जनजातीहरु अन्य राजनीतिक दलबाट परिचालित हुनु परेकोले त्यो समय कतिखेर के हुने टुङ्गो नरहेको धारणा ब्यक्त गरे ।


कार्यक्रममा जनजाती कार्यकर्ता तथा  unpfii  का प्रतिनिधि नवांग शेर्पा, भोजपुर जिल्लाका पूर्व जिल्ला सभापति सशी भुषण राइ, आदिवासी नेता बंसलाल तामांग, नेपाल आदिवासी जनजाती महिला महासंघ अमेरिकाकी अध्यक्ष संगिनी राना लगायत ले मन्तब्य राखेका थिए भने फिप्नाका प्रथम उपाध्यक्ष बिनोद पोमोको स्वागत मन्तब्य थियो ।  उक्त अवसरमा  किरात याक्थुंग चुम्लुंग नेपालका केन्द्रीय सचिब
लिला सिंगक लिम्बु, आदिवासी  जनजाती अधिब्क्ताहरुको संगठन लहुर्निप्का  प्रतिनिधि देव कुमार सुनारलाई समेत स्वागत गरिएको थियो भने विभिन्न संघ संस्थाका प्रतिनिधि, बुध्दिजीबी र पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

Last Updated on Wednesday, 01 June 2011 16:38