Facebook Share

Share on facebook

Phoca Facebook Comments

Facebook Application ID is empty
विश्वका आदिवासी जनजातिहरूको एक्यवद्धताको आबस्यक PDF Print E-mail
Written by Indira Chongbang   
Wednesday, 01 June 2011 16:10


बिस्वमै आदिवासी जनजातिहरू आधिकार प्राप्तिको लागि संघर्ष गरिरहेको अवस्थामा  सम्पूर्ण आदिवासीहरू  यस मुद्धामा एक्यवद्ध हुनुपर्ने धारणा आदिवासी जनजाती विज्ञहरूले राखेका छन् । नेपाल  आदिवासी जनजाती महिला महासंघ अमेरिकाले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा एशियाका आदिवासी तथा संयुक्त रास्ट्र संघ स्थायी मंचका पदाधिकारीहरूले सो धारणा राखेका हुन् ।


कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट बोल्दै हुँदै संयुक्त राष्ट्र संघ स्थायी मंचको सेक्रेटरियट चन्दा रोयले बिस्वकै आदिवासी जनजातिको आन्दोलनलाई नियाल्दा नेपालका आदिवासीहरू अधिकारका लागि शसक्त रूपमा आन्दोलित भएको धारणा ब्यक्त गरिन् । " विस्वका बिकसित मुलुकहरूमा समेत आदिवासीहरूको पहिचान संबैधानिकरूपमा हुन् सकेको छैन, यसलाई हेर्दा नेपालमा धेरै उपलब्धिहरू भएका
छन्, यो आदिवासीहरूको एक्यबद्धता र लगावलाई नै लिन सकिन्छ", अहिले नेपालको संबिधान बन्ने क्रममा छ, यतिसम्म आइपुग्दा आदिवाशी सम्बन्धि राज्यबाट धेरै मुद्धाहरू सम्बोधन भएको छ ", उनको भनाइ थियो । अमेरिtकामा रहेका आदिवासी जनजातीहरू समेत बिदेशमा रहेर यतिका सजग हुनु भनेको आफ्नो मुद्धा प्रति सबैको भावना एक हुनु हो न्यु योर्कमा नेपाली आदिवासी भिडसंग पहिलोपल्ट सम्पर्क हुँदा
आफु खुसि रहेको बताउदै आफ्नो भनाइ थपिन् ।


सोहि अवसरमा संयुक्त राष्ट्र संघ स्थायी मंचका सदस्य देबासिस राजा रोयले आदिवासीको पहिचान र प्राप्तिको सन्दर्भमा नेपाल दक्षिण एशियाकै पहिलो देशको रूपमा गनिने  धारणा  ब्यक्त गरे । आइ एल ओं कन्भेन्सनको अनुमोदन र सबिधान सभासदमा आदिवासी जनजातिहरूको सहभागितालाई उदाहरण दिदै यो आदिवाशी जनजातिको एक्यवद्धता र संघर्सको प्राप्ति भएको उनको भनाइ  थियो  । सोहि विषयलाई जोड्दै
नेपालका आदिवासीहरूले अन्य समुदायको बिचमा प्रमुख रोल मोडलको भूमिका खेलेको पनि बताए ।  "यति हुँदा हुँदै पनि  आदिवासी जनजातिले मागेको आत्मनिर्णय सहितको संघिय राज्य ब्यबस्था अहिलेको बर्तमान राजनीतिकबाट प्राप्त गर्नका लागि नसोचेको सपना हुन् सक्छ त्यसैले यी सन्दर्भहरूमा अंतर्रास्त्रिया सम्पर्क महत्वपुर्ण छ "।  संयुक्त राष्ट्र संघमा आदिवासी जनजाति सम्बन्धि आर्थिक,
सामाजिक र बाताबरण सम्बन्धि हेर्ने छुट्टै निकाय भएकोले विस्वका आदिवासी जनजातिका सम्पर्कको लागि अत्यन्तै महत्वपुर्ण छ,यसबाट अलगिनु हुन्न । ' उनको जोड थियो ।
उक्त कार्यक्रममा एशिया इन्डीजिनस  पिपल  प्याकट ( Asia Indigenous People Pact AIPP) का अध्यक्ष्य स्वीकार लुन्चिन्गले आदिवासी जनजातिहरू आफ्नो जिम्मेवारीबाट पन्छिएर सधै अरूलाई दोष लगाउने खराब प्रब्रिदी बाट अलग रहनु पर्ने धारणा ब्यक्त गरे " शासकले जहिले पनि फुट र राज गरको नीति लिएको हुन्छ यसलाई हामी  बेवास्ता गर्छौ अनि अरूलाई मात्र दोष दिन्छौ यसमा हाम्रो पनि कमजोरी छ यसलाई हामीले
सुधार्नु पर्छ ।", प्रसंगलाई जोड्दै एशियाका बंगलादेश, बर्मा लगायतका उदाहरणहरू दिए । “विश्वकै आदिवासी जनजातिहरूमा  हामीको भावना विकास हुनुपर्छ र भावना सधै आफ्नो मुद्धामा एक्यवद्धता हुनुपर्छ “।  उनको जोड थियो ।
सोहि कार्यक्रममा नेपालका आदिवासी सम्बन्धि बिज्ञ तथा पूर्व नेपाल योजना आयोगका सदस्य डा चैतन्य सुब्बाले नेपालमा आदिवासी जनजातिको मागलाई सम्बोधन नगर्नका लागि विभिन्न नाटकहरू रचिएको बताए ।  " नेपालको शान्ति प्रक्रियाको लागि मात्र ३० मिलियन खर्च भएको छ तर यसभित्र विभिन्न सड्यन्त्रहरू  भैरहेका छन्, संबिधान अहिलेको समयमा नबन्नु भनेको नै आदिवासी जनजाती माथिको नाटक हो"
उनको धारणा थियो ।

अहिले नेपाल जटिल अवस्थामा गुज्रिरहेको अवस्थामा ब्राहनबादी सोच र एकतन्त्रीय मानसिकताबाट प्रमुख राजनीतिक दलहरू केन्द्रित भएकोले यो अवस्थाको सिर्जना  भएको उहाँको गुनासो थियो ।

कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ    अमेरिकाका संस्थापक तथा पूर्व अध्यक्ष कर्म ग्याल्जेन शेर्पाले नेपालमा  आइ एल ओ महासन्धि १६९ नै अनुमोदन भए पनि यसको कार्यन्वयन नहुनुमा नेपालमा शासन गर्ने प्रमुख राजनीतिक दलहरू गैरजिम्मेवार भएको गुनासो पोखे । " आदिवासी जनजातिको हक र अधिकार सुनिस्चित गर्नका लागि हामी जस्तो सुकै चुनौती खेप्न पनि तयार छौ तर हामीले यो
सड्यन्त्र स्वीकार्य छैन" उनको रोस थियो ।

उक्त अवसरमा आदिवासी जनजाती नेता तथा सिन्धु समाज अफ अमेरिकाका अध्यक्ष बंसलाल तामांग, आदिवासी नेता कान्छा लामा, किरात राइ समाजका नेता देव कुमार राइ लगायत अन्य आदिवासी नेताहरूले समेत आफ्नो हक र अधिकारको लागि नेपाली आदिवासी जनजातिहरू बिस्वको जुनसुकै कुनामा भए पनि लडिरहने धारणा ब्यक्त गरे ।

उक्त कार्यक्रम संचालनमा फिप्नाका प्रथम उपाध्यक्ष बिनोद पोमो र सदयास केशब राम राइले प्रमुख भूमिका खेलेका थिए । आयोजकको तर्फबाट  संस्थाकी अधक्ष्य संगिनी रानाले बिस्वमै आदिवासी जनजाती महिलाहरू एकवद्ध भएर अघि बढ्नु पर्ने धारणा ब्यक्त गरिन् /   
औपचारिक कार्यक्रममा संस्थाकी उपाध्यक्ष्य पुस्पलता थम्सुहान्गले गरेकी थिइन् भने कार्यक्रम महासचिब इन्दिरा चोंग्बांगले संचालन गरेकी थिइन् । औपाचारिक कार्यक्रमको अन्त्यपछि अनौपछारिक रूपमा केहि प्रस्न उत्तरको कार्यक्रम चलेको थियो । न्यु योर्कका विभिन्न आदिवासी जनजाति संघ संस्थाका प्रतिनिधिहरूले यो अन्तर्रस्त्रिया कार्यक्रम न्यु योर्क मै प्रथम पटक आयोजना
गरिएकोले सबैको लागि खुशीको कुरो भएको बताए ।

Last Updated on Wednesday, 01 June 2011 16:55