|
हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!! |
|
Written by Administrator
|
|
Friday, 10 February 2012 23:24 |
|
नेपाली समाजका सम्पूर्ण बुद्दिजीबी, समाजसेवी, ब्याबसायी, कलाकर्मी, सञ्चारकर्मी एबं सम्पूर्ण महिला तथा सज्जन ब्रिन्द्हरू,नमस्कार यही आउने आइतबार, फेब्रुअरी-१२ , २०१२ मा निम्न उल्लेखित स्थान र समयमा नेपाली आदिबासी जनजाति महासंघ अमेरिका र मगर संघ अमेरिकाको संयुक्त आयोजनामा नेपालको प्रथम सहीद लखन थापा मगरको १३५औ स्मृति दिवस कार्यक्रम हुन गई गरेकोले उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई अत्यन्त शोभायुक्त रुपमा सफल पार्न सहयोग गरी दिनु हुन हार्दिक अनुरोध गर्दछौ |
मिति-आइतबार, फेब्रुअरी-१२ , २०१२ समय-दिउसोको १:०० बजे देखि ४:३० बजे सम्म स्थान-हिमालयन याक रेस्टुरेंट (दोस्रो तला) ज्याकसन हाईट , न्युयोर्क (बिस्कुट तथा चिया र पानि को ब्यावस्था गरिने छ )
आयोजक:-नेपाली आदिबासी जनजाति महासंघ अमेरिका र मगर संघ अमेरिका

|
|
यु. एस. ए. मा किरात माङहिम माङखिम ब्यबस्थापन समितिको गठन |
|
Written by इन्दिरा चोङ्बाङ
|
|
Wednesday, 08 February 2012 23:05 |
|
किरातीहरू प्रकृति संग बढ़ी नजिक घुलमिल भएका समुदाय हुन् | खोला-नाला, डांडा, बन-जंगल साथै आफ्नै इस्ट देव सुम्निमा युमा , पारुहाङ थेबा वा पुर्खा लाई पुज्छन् | उत्तरायण र दक्षिणायणको समयमा उभौली र उधौली माङहिम/ माङखिम मा भेला भएर आ- आफ्नो बिधि अनुसार मुन्धुम बाचन गर्दै माङसेवा (पूजा) गरी माङ (देव) को आशिर्बाद थाप्ने चलन छ | त्यहि चलन संस्कारलाई निरंतरता दिनका लागि यु. एस. ए. मा पनि किरात धर्मं दर्शन को उत्थान संरक्षणको आवश्यकता महशुस भयो | गत साल को डिसेम्बर १८ तारीख ५७ रोड क्वींस मा माङहिम/माङखिम (मंदिर) को स्थापना भयो |
|
|
राज्य पुनर्संरचनामा जातीय पहिचान नै उपयुक्त : डा. भट्टचन |
|
Written by देवेन्द्र सम्बाहाम्फे
|
|
Monday, 06 February 2012 22:06 |
|
सोल, माघ २३ - मानव तथा समाजशास्त्री प्रा. डा कृष्ण भट्टचनले राज्यको पुन: संरचना जातीय पहिचानको आधारमै गर्नु उपयुक्त हुने बताएका छन् ।आदिबासी जनजाति महासंघ दक्षिण कोरियाले आइतबार सोलस्थित तुङदेमुन सामुदायिक सभाहलमा आयोजना गरेको एक दिने अन्तक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।'कुनै पनि जाति जन्मदै सार्बभौम हुन्छ त्यसैले शेर्पा र जडान प्रदेशलाई राज्य पुन: संरचना आयोगले हटाएर उनीहरुमाथि अन्याय गरेको छ' भन्दै उनले १३ भन्दा बढी संघीय संरचना भए हिंसा प्रतिहिंसा नहुने पनि बताए ।
|
|
पहिचान र सामर्थ्यको मानवशास्त्र |
|
Written by डम्बर चेम्जोङ
|
|
Monday, 06 February 2012 21:57 |
पहिचान र सामर्थ्य एकअर्काका परिपूरक हुन् र सामर्थ्यको दृष्टिकोणले नेपालको विविधता भन्नु नै सांस्कृतिक पहिचानको विविधता हो ।
संविधानसभा राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँड समितिले पेस गरेको प्रतिवेदन, २०६६ को परिच्छेद ४ अन्तर्गत ४.१.२.१ र ४.१.२.२ मा क्रमशः 'पहिचान' र 'सामर्थ्य'लाई राज्य पुनसर्ंरचनाको आधार मानिएका छन् । पहिचान र सामर्थ्यको सैद्धान्तिक र अभ्यासमुखी आधार तय गर्ने क्रममा जातीयता/समुदाय, भाषा, संस्कृति, भौगोलिकता/क्षेत्रीयता र इतिहास पहिचानको आधार मानिएका छन्
|
|
न्युयोर्कमा तामाङ जातीले मनाए सोनाम ल्होसार |
|
Written by Angchhiring Sherpa
|
|
Thursday, 02 February 2012 20:07 |
 |
|
|
न्युयोर्क— बौद्धधर्मवलाम्बी विभिन्न समुदायले हरेक वर्ष जस्तै यस वर्ष पनि मनभरिको उल्लासमय वातवारणमा न्युयोर्कमा सोनाम ल्होसार मनायो । नेपालका गुरुङ, शेर्पा, तामाङ, हयोल्मो, वालुङ, मुस्ताङ लगायत अन्य विभिन्न समुदायले ल्होसारलाई नया वर्षको रुपमा वर्षभरिको महान पर्वको रुपमा मनाउदै आएका छन । यो पर्व नेपालमा जस्तै विश्वको हरेक ठाउमा पुगेका यी जातीले उतिकै महत्वका साथ मनाउदै आएका छन ।
|
|
'पहिचान' विरूद्ध केही भ्रम |
|
Written by सुरेश मानन्धर
|
|
Wednesday, 01 February 2012 23:29 |
|
नेपालको प्रस्तावित संघीय प्रणाली पहिचानको आधारमा खडा गर्ने कि सामथ्र्यको आधारमा भन्ने बहस चलिरहेकै बेला अफ्रिकी मुलुक नाइजेरियामा उदाहरणयोग्य घटना घटित भएको छ । तेलखानीका लागि अफ्रिकाकै धनी मुलुक नाइजेरिया अहिले तेलको सुविधामा गरिएको कटौती विरुद्ध आन्दोलित छ । तेलका धनी नाइजेरियाले आफ्ना जनतालाई तेलको मूल्यमा भारी छुटको सुविधा दिँदै आएको थियो, जो हाल आएर काटियो । आफूसँग प्रशस्त तेल भइकन पनि नागरिकलाई त्यसको सुविधा दिन नसक्नुको एउटैमात्र कारण रहेछ, तेल प्रशोधन गर्ने कारखाना नहुनु । जसले गर्दा आफूसँग भएको तेल बाहिरी मुलुकमा प्रशोधन गरेरमात्र प्रयोग गर्नुपर्ने बाध्यता नाइजेरियालाई छ । वास्तवमा स्रोतसाधन हुँदैमा मात्र कुनै पनि मुलुकको सामथ्र्य बढ्ने होइन रहेछ भन्ने कुरा नाइजेरियाको यो दुर्दशाले देखाउँछ ।
|
|
शेर्पा स्वायत्त प्रदेश अपरिहार्य, प्रधानमन्त्री रा. पु. सं. आयोगका गद्दार अनबिज्ञ चार सद्स्यहरुलाई शेर्पाहरुले कुनै हालतमा नछोड्ने |
|
Written by छिरिङ तेन्जिङ शेर्पा
|
|
Sunday, 29 January 2012 17:35 |
|
|
 sherpa bhela
|
|
|
नेवा: जनवरी २७,छिरिङ तेन्जिङ शेर्पा (शेर्पा वर्ल्ड ड्ट् कम्) नेपाल शेर्पा संघको अघुवाईमा काठमाण्डौ बौद्ध स्थित शेर्पा सेवा केन्द्र गोन्पामा बिशाल शेर्पा भेला सम्पन्न भएको छ। साँस्थाको अध्यक्ष पेमा छिरी शेर्पाको सभापतित्वमा भएको यस भेलाको प्रमुख अतिथी सम्माननिय प्रधानमन्त्री डा बाबुराम भट्टराई हुनुहुन्थ्यो। यसै गरि बिषेश अतिथीहरुमा चारै ठुला राजनैतिक पार्टीका प्रतिनिधीहरु,शेर्पा सभासदहरु क्रमश: माननिय जिप छिरिङ लामा शेर्पा, माननिय लक्कि शेर्पा, माननिय आङ दावा शेर्पा र माननिय पासाङ शेर्पा, भु. पु. अर्थ राज्यमन्त्री माननिय लार्केल लामा,आदीबासी जनजाती महासंघका महासचिव आङकाजी शेर्पा किसान, आदीबासी सभासदहरुको संगठन ककसका अध्यक्ष प्रिथिबी सुब्बा गुरुङ,शेर्पा संघका भु पु अध्यक्ष क्रिपासुर शेर्पा, नेकपा एमालेको नेता अशोक राई, संघिय लोकतान्त्रिक शेर्पा का अध्यक्ष पासाङ शेर्पा,नेवा स्वायत्त राज्यको सल्लाहकार तथा शेर्पा रा मु मोर्चाको सल्लाहकार वाङछे शेर्पा, शेर्पा रा मु मोर्चा नेपालक् सल्लाहकार तथा भु पु माननिय आङ ङवाङ शेर्पा, हुनुहुन्थ्यो। यसै गरि माओबादी सभासद बालक्रिष्ण ढुङ्गेल, सभासद गीता खडका, लुम्बिनी बिकाश कोषका उपाध्यक्ष आचार्य कर्मा साङपो शेर्पा, प्रबतिय प्रतिष्ठान नेपालका निर्देशक श्रीमती ल्हाकपुटी शेर्पा, भु. पु. शेर्पा मन्त्रीहरु, शेर्पा किदुग साझा मन्चका अध्यक्ष फरदेण्डी शेर्पा, हिमालयन शेर्पा सँस्क्रितिक केन्द्रका अध्यक्ष याङजी शेर्पा, नेपाल शेर्पा महिला संघका अध्यक्ष निमी शेर्पा,राष्ट्रिय प्रजातन्त्रिक शेर्पा संघठनका दोर्जी शुशिल शेर्पा,शेर्पा बिधार्थी मन्चका अध्यक्ष देण्डी शेर्पा लगायत बिभिन्न धर्मगुरुहरु, संघ साँस्थाको प्रतिनिधीहरुले अतिथिको आसन ग्रहण गरेका थिए। कार्यक्रममा बिभिन्न राजनैतिक संघठनका सम्पुर्ण शेर्पा नेताहरुले शेर्पा स्वायत्त को बारेमा एकै खालको आफ्नो धारण राखदै हालै सरकारद्वारा गठित अनबिज्ञा कथित बिज्ञहरुले राज्या पुनसंरचना सम्बन्धी १४ प्रदेश बाट ३ प्रदेशहरु क्रमश: शेर्पा, जडान र सुनकोशीलाई हटाएकोमा कडा आपत्ति जनाउदै ति कथित बिज्ञहरु आदीबासी जनजाती भित्र बसेर अकुत सम्पत्ति कमाएका बर्ममा जन्मेका स्टेला तामाङ, गैर आदीबासी ठकुरी मल्ल समुदायको तर नेवारी भुमीमा भरण पोषण भै जनजातीको नामबाट प्रचारमा आएको हिन्दु अतिबादी बिचार र सोंचका मल्ले के. सुन्दर, ने. काँ.बाट सिफरिस गरेका त्रिभुवन बिस्वबिधालयमा बौद्ध धर्म र दर्शनको नाममा "सेन्टर फर नेपाल एण्ड एशिय स्टडिज" नामक गैर सरकरी साँस्था चलाई रहेका बुद्धका पन्चशील समेत थाहा नभएको रमेश ढुङ्गेल त्यसै गरि रमेश ढुङेलकै सहपाठी एकै थलो मा काम गरि रहेका काठमाण्डौको थानकोट देखीको नेपालको अवस्था कस्तो छ भन्ने जानकारी समेत नभएको कथित बिज्ञ क्रिशण हछेथुलाई कुनै पनि हालतमा प्रिथिविको जुन भुमन्डलीमा रहे पनि शेर्पाहरुले नछोडिने आक्रोश ब्यक्त गरे।
|
|
शेर्पाहरुद्धारा राज्यपुनःर्संरचना आयोग सदस्यहरुको पुत्ला जलाइयो |
|
Written by Karma G Sherpa
|
|
Sunday, 29 January 2012 17:19 |
माघ ८ आइताबार/काठमाडौं –शेर्पाहरुले राज्यपुनःर्संरचना आयोगका सदस्यहरुको पुत्ला दहन गरेका छन । प्रस्तावित १४ प्रदेशबाट शेर्पा स्वायत्त प्रदेशसहित ३ प्रदेशलाई हटाई जातीय आधारमा ११ प्रदेश मात्र बनाइनुपर्ने सुझाव पेश गरेको समचार सार्वजानिक भएपछि आइताबार नेपाल शेर्पा संघको संयोजनमा सबै शेर्पा संघ संस्थाहरुद्धारा आयोजना गरिएको विरोध सभामा राज्यपुनःर्संरचना आयोगका सदस्यहरु रमेश कुमार ढुङ्गेल, स्टेला तामाङ्ग, मल्ल के सुन्दर र कृष्ण हाक्षेतुको पुत्ला दहन गरिएको छ ।
पासाङ ल्हमु चौक चुच्चेपाटीमा आयोजना गरिएको सो कार्यक्रममा सभासद जीप छिरिङ लामा, नेपाल शेर्पा संघका अध्यक्ष पेमा छिरि शेर्पा, शेर्पा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष फुर्वा छिरि शेर्पा, संघीय लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष लाक्पा ठिलेन शेर्पा, लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष पासाङ शेर्पा, प्रजातान्त्रिक शेर्पा संघका अध्यक्ष दोर्जी शुसिल शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष याङजी शेर्पा, नेपाल शेर्पा बिद्यार्थी मञ्चका अध्यक्ष देण्डी शेर्पा, नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङ काजी शेर्पा लगायत विभिन्न शेर्पा संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
|
|
“सम्पूर्ण शेर्पा जातिको एउटै चाहना–शेर्पा स्वायत्त प्रदेशको स्थापना” |
|
Written by Sherpa Sangh
|
|
Sunday, 29 January 2012 14:38 |
सम्पूर्ण शेर्पा समुदायमा हार्दिक अपिल यहि माघ १३ गते शेर्पा सेवा केन्द्र बौद्ध जाऔँ– विशाल शेर्पा सभालाई सफल पारौँ । “सम्पूर्ण शेर्पा जातिको एउटै चाहना–शेर्पा स्वायत्त प्रदेशेको स्थापना” भन्ने नेपाल शेर्पा संघको चौथौ राष्ट्रिय महाधिवेशनबाट पारित नारा अहिले सम्पूर्ण शेर्पाहरुको मात्र नभएर सिंगो मुलुकको अस्तित्वको विषय बनेको छ । मुलुक एकात्मक केन्द्रीकृत ढाँचाबाट २४३ वर्षसम्म संचालीत हुँदा नेपालको उच्च पहाडी र हिमाली क्षेत्रमा सदियौंदेखि बसोवास गर्ने आदिवासी शेर्पा समुदायहरु आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक रुपबाट वहिष्करणमा पारिएको कारणले राष्ट्रको सर्वाड्डीण विकास र जातीय पहिचानमा गम्भीर क्षति पुगेको छ । नेपाल वहुधार्मिक, वहुसांस्कृतिक, वहुजातीय र वहुभाषिक मुलुक भए पनि केन्द्रीकृत एकात्मक हिन्दु अधिनायकवादी शासन व्यवस्थाको कारणले गर्दा नेपालका शेर्पा समुदाय र आदिवासी जनजातिहरुको अधिकार र पहिचान गुम्ने खतरा भएपछि आफ्नो पहिचान र अधिकार सुनिश्चितताको लागि पटक पटक आन्दोलन र संघर्ष गरेको कुरा सर्व विदितै छ । आदरणीय शेर्पा दिदी बहिनी तथा दाजुभाईहरु हाम्रो शेर्पा जातिले आफ्नो जातीय पहिचान र अस्तित्वको खातीर ००७ सालको जनक्रान्ति, ०४६ सालको जनआन्दोलन, ०५२ सालको शसस्त्र संघर्ष (जनयूद्ध), ०६२÷०६३ को जनआन्दोलन र आदिवासी जनजाति आन्दोलनको अग्रपंक्तीमा रहेर आफ्नो भूमिका र दायित्व पुरा गर्न तल्लीन रहदैं आएको छ, साथै परिवर्तन र परिवर्तनको मूल मूद्धालाई संस्थागत गर्न हाम्रो देशका राजनैतिक नेतृत्वहरुमा दृढ राजनैतिक ईच्छा शक्तिको कमी देखिएकोले असाध्यैं कष्टपूर्ण अवस्थामा हामीले गम्भीरता पूर्वक हाम्रो जातिको भाग्य र भविष्यको सुनिश्चितताको सवाल उठाई रहेका छौं । हामी महान् सम्भावना र गम्भीर चुनौतीको वीचमा उभिएर आफ्नो जातिको शिरलाई उचो राख्न शेर्पा जातिको आफ्नो जातीय पहिचान र अधिकार स्थापित हुने गरी शेर्पा स्वायत्त प्रदेश प्राप्तिको पवित्र कार्यमा लागि रहेका छौं । हामीले जीवनमा एक पटक मात्र उपयोग गर्न पाउने संविधान सभाको चुनावमा भाग लिई गठन भएको संविधान सभाको राज्य पूर्नः संरचना तथा राज्य शक्तिको बाँडफाँड समिति मार्फत तयार भएको संघीय नेपालको १४ स्वायत्त प्रदेशको खाकामा शेर्पा स्वायत्त प्रदेश पार्न सफल भएका छौं । हाल संविधान सभामा विचाराधीन १४ स्वायत्त प्रदेशको प्रस्ताबित खाकालाई संविधान सभाबाट पारित गराउन हामी आम शेर्पा जातिले गर या मरको नीति अख्तियार नगर्ने हो भने हामी पहिचान र अधिकार बिहिन हुने खतरा हाम्रो सामु छ भने हामीले बेलैमा पहल लिएर अगाडि बढेमा हाम्रो पहिचान र अधिकार स्थापित हुने निश्चित छ । त्यसैले सबै शेर्पा दिदी बहिनी तथा दाजुभाईहरुमा एकतावद्ध भएर शेर्पा स्वायत्त प्रदेशको पक्षमा अगाडि बढ्नको लागि हार्दिक अपिल गर्दछौं ।
|
|
हिमाली अआदिबासी सभासद ककसको प्रेस बिज्ञप्ति : |
|
Written by AK Sherpa
|
|
Sunday, 29 January 2012 14:34 |
|
प्रेस विज्ञप्ति
मिति २०८६ माघ ८ गते राष्ट्रिय पत्र–पत्रिकाहरुमा राज्य पुनःसंरचना उच्चस्तीय सुझव आयोगको निर्णयको रुपमा संविधानसभाको विषयगत समिति राज्य पुनःसंरचना तथा राज्य शक्ति बाँडफाँड समितिको प्रश्तावित १४ प्रदेशलाई आधार मान्दै भनिएता पनि त्यस मध्येका जडान, शेर्पा र सुनकोशी प्रदेशलाई मात्र पूर्वाग्रहीपूर्ण हटाइएको आयोगको प्रारम्भीक निर्णय प्रति हामी हिमाली आदिवासी जनजाति सभासद (ककस) को गम्भीर ध्यानार्षण भएको छ । सो पत्र पत्रिकामा प्रकाशित निर्णयको ककस घोर बिरोध र भत्र्सना गर्दछ । नेपालको सिंगो हिमाली क्षेत्रको सभ्यता र जातिको पहिचान समाप्त पार्ने गरि अवैज्ञानिक, अन्याय पूर्ण र घोर हेपाहा दृष्ट्रीवाट गरिएको यो निर्णय कुनै पनि तर्कले सहि र स्वीकार्य हुन सक्दैन । सिंगो हिमाली क्षेत्रको सभ्यता र जातिको उपस्थिती विना यो मुलुक पूर्ण हुनै सक्दैन तसर्थ त्यस क्षेत्रको सभ्यता र जातिको पहिचानको सम्मान र सिंगो नयाँ नेपाल निर्माणको लागि यो गलत निर्णय लाई अविलम्ब सच्याउन सरकार र आयोगको गम्भीर ध्यानार्षण गर्दछौ । अन्यथा त्यसबाट उत्पन्न हुने सम्पर्ण परिणामको सरकार र आयोग जिम्मेवारी हुनेछ ।
मिति ः– २०६८ माघ ९ गते
१. जिपछिरिङ शेर्पा सभासद नेपाली कांग्रेस .............. २. पासाङ शेर्पा सभासद नेकपा (एमाले) .............. ३. छिमी लामा सभासद एनेकपा (माओवादी) ............... ४. आङदावा शेर्पा सभासद एनेकपा (माओवादी) ............... ५. लक्की शेर्पा सभासद नेकपा (एमाले) .............. ६. टसीस्हाङमो गुरुङसेनी सभासद नेकपा (एमाले) .............. ७. पासाङ शेर्पा सभासद नेपाली कांग्रेस .............. ८. निमा लामा सभासद एनेकपा (माओवादी) ............... ९. सोनामछेजुङ लामा सभासद नेकपा (एमाले) .............. १०. ल्हाक्र्याल लामा सभासद नेकपा (एमाले) .............. ११. गोपालसिं बोहोरा सभासद नेकपा (एमाले) .............. १२. विरेन्द्र ज्वारचन सभासद एनेकपा (माओवादी) ............... १३. चन्द्रबहादुर गुरुङ सभासद नेकपा (एमाले) ..............
|
|
|
“सम्पूर्ण शेर्पा जातिको एउटै चाहना–शेर्पा स्वायत्त प्रदेशको स्थापना” |
|
Written by Sherpa Kydug
|
|
Saturday, 28 January 2012 03:30 |
|
यहि माघ १३ गते शेर्पा सेवा केन्द्र बौद्ध जाऔँ– विशाल शेर्पा सभालाई सफल पारौँ ।
“सम्पूर्ण शेर्पा जातिको एउटै चाहना–शेर्पा स्वायत्त प्रदेशेको स्थापना” भन्ने नेपाल शेर्पा संघको चौथौ राष्ट्रिय महाधिवेशनबाट पारित नारा अहिले सम्पूर्ण शेर्पाहरुको मात्र नभएर सिंगो मुलुकको अस्तित्वको विषय बनेको छ । मुलुक एकात्मक केन्द्रीकृत ढाँचाबाट २४३ वर्षसम्म संचालीत हुँदा नेपालको उच्च पहाडी र हिमाली क्षेत्रमा सदियौंदेखि बसोवास गर्ने आदिवासी शेर्पा समुदायहरु आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक रुपबाट वहिष्करणमा पारिएको कारणले राष्ट्रको सर्वाड्डीण विकास र जातीय पहिचानमा गम्भीर क्षती पुगेको छ । नेपाल वहुधार्मिक, वहुसांस्कृतिक, वहुजातीय र वहुभाषिक मुलुक भए पनि केन्द्रीकृत एकात्मक हिन्दु अधिनायकवादी शासन व्यवस्थाको कारणले गर्दा नेपालका शेर्पा समुदाय र आदिवासी जनजातिहरुको अधिकार र पहिचान गुम्ने खतरा भएपछि आफ्नो पहिचान र अधिकार सुनिश्चितताको लागि पटक पटक आन्दोलन र संघर्ष गरेको कुरा सर्व विदितै छ ।
आदरणीय शेर्पा दिदी बहिनी तथा दाजुभाईहरु हाम्रो शेर्पा जातिले आफ्नो जातीय पहिचान र अस्तित्वको खातीर ००७ सालको जनक्रान्ति, ०४६ सालको जनआन्दोलन, ०५२ सालको शसस्त्र संघर्ष (जनयूद्ध), ०६२/०६३ को जनआन्दोलन र आदिवासी जनजाति आन्दोलनको अग्रपंक्तीमा रहेर आफ्नो भूमिका र दायित्व पुरा गर्न तल्लीन रहदैं आएको छ, साथै परिवर्तन र परिवर्तनको मूल मूद्धालाई संस्थागत गर्न हाम्रो देशका राजनैतिक नेतृत्वहरुमा दृढ राजनैतिक ईच्छा शक्तिको कमी देखिएको असाध्यैं कष्टपूर्ण अवस्थामा हामीले गम्भीरता पूर्वक हाम्रो जातिको भाग्य र भविष्यको सुनिश्चितताको सवाल उठाई रहेका छौं । हामी महान् सम्भावना र गम्भीर चुनौतीको वीचमा उभिएर आफ्नो जातिको शिरलाई उचो राख्न शेर्पा जातिको आफ्नो जातीय पहिचान र अधिकार स्थापित हुने गरी शेर्पा स्वायत्त प्रदेश प्राप्तीको पवित्र कार्यमा लागि रहेका छौं । हामीले जीवनमा एक पटक मात्र उपयोग गर्न पाउने संविधान सभाको चुनावमा भाग लिई गठन भएको संविधान सभाको राज्य पूर्नः संरचना तथा राज्य शक्तिको बाँडफाँड समिति मार्फत तयार भएको संघीय नेपालको १४ स्वायत्त प्रदेशको खाकामा शेर्पा स्वायत्त प्रदेश पार्न सफल भएका छौं । हाल संविधान सभामा विचाराधीन १४ स्वायत्त प्रदेशको प्रस्तावीत खाकालाई संविधान सभाबाट पारित गराउन हामी आम शेर्पा जातिले गर या मरको नीति अख्तियार नगर्ने हो भने हामी पहिचान र अधिकार बिहिन हुने खतरा हाम्रो सामु छ भने हामीले बेलैमा पहल लिएर अगाडि बढेमा हाम्रो पहिचान र अधिकार स्थापित हुने निश्चित छ । त्यसैले सबै शेर्पा दिदी बहिनी तथा दाजुभाईहरुमा एकतावद्ध भएर शेर्पा स्वायत्त प्रदेशको पक्षमा अगाडि बढ्नको लागि हार्दिक अपिल गर्दछौं ।
आदरणीय शेर्पा दिदी बहिनी तथा दाजुभाईहरु तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा हालको सिन्धुपाल्चोक र नूवाकोटको सिमाना गोल्फू छेपारमा मारिएका हाम्रा सातसय शेर्पा परिवार (तिब्बतमा नेपालको खबर पुर्याएको कथित आरोप लगाई) लाई हत्या गर्यो, ००७ सालमा गेल्बु शेर्पा, न्हुच्छेरत्न शेर्पालाई “म नेपाली हुँ” भन्दा मारियो, ००७ सालको जनक्रान्तिको दौरानमा ओखलढुड्डा बडा हाकिम कार्यालयमा आक्रमण गर्दा निमावाङ्दी शेर्पा सहित ४ जना वीर शेर्पाहरुले आफ्नो अमूल्य जीवन बलिदान गर्नु भयो, ०५७ सालको राष्ट्रियताको आन्दोलनमा साहदत प्राप्त गर्ने रिन्जी शेर्पा, ०५२ सालबाट शुरु भएको शसस्त्र संघर्ष (जनयूद्ध) को क्रममा याङ्डी–जाङ्मु शेर्पा लगायत ८० जना वीर शेर्पा सपूतहरुले शेर्पा जातिको मूक्तिको निम्ति अतुलनीय किर्तीमान खडा गरेर नै आज हामीले जातीय स्वशासन, आत्मनिर्णयको अधिकार, स्वायत्तता, समानुपातिक र समावेशी राज्य सत्ताको महत्वपूर्ण आयमहरु प्राप्त गरेका छौं । यी महत्वपूर्ण उपलब्धिहरुलाई संस्थागत गर्न र भावी सन्ततीलाई हस्तान्तरण गर्न हाम्रो सामु मुख्य चुनौती रहेको छ । हामीले यो चुनौतीलाई सामना गर्न र महान् वीर विरंगनाहरुको सपना साकार पार्न वा पूरा गर्न तन, मन, वचन र कर्मले शेर्पा स्वायत्त प्रदेश निर्माणको महासंग्राममा लामबद्ध हुन आव्हान गर्दछौं ।
२०६२/०६३ को दोस्रो जनआन्दोलनबाट प्राप्त अन्तरिम संविधान २०६३ को धारा ४ (१) ले नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम धर्म निरपेक्ष समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रामक राज्य हुने कुराको प्रत्याभुत गरेको छ । सिंगो शेर्पाहरुको पहिचान र अधिकारको निम्ति आत्मनिर्णयको अधिकार सहितको शेर्पा स्वायत्त प्रदेशको निमार्णबाट मात्र संभव छ । संविधानसभा राज्य पुनःसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले पहिचान र समाथ्र्यको आधारमा प्रस्तावित १४ स्वायत्त प्रदेशको खाकामा शेर्पा स्वायत्त प्रदेश सबैभन्दा सक्षम र नमुना राज्य बन्ने निश्चित छ । नेपाल र नेपालीको प्रतिष्ठालाई विश्व सामु चिनाउन सफल हाम्रो शेर्पा समुदायको तेन्जीङ नोर्गे शेर्पा (प्रथम सगरमाथा आरोही) र पासाङ ल्हामु शेर्पा (प्रथम महिला सगरमाथा आरोही एवं राष्ट्रिय विभूती) लाई हामीले शेर्पा स्वायत्त प्रदेश निर्माणको अभियानमा कोशेढुड्डाको रुपमा लिनु जरुरी छ । यद्यपी संघीयताले अन्तीम रुप ग्रहण गर्न लागेको वेलामा संघीयता विरोधी केही संगठन र व्यक्तिहरुले वास्तविकता र यथार्थतालाई नबुझी शेर्पा स्वायत्त प्रदेशको विरोधमा भ्रामक प्रचार गरिरहेको सन्दर्भमा हामी सम्पूर्ण शेर्पा समुदाय कति पनि विचलित नभै एकतावद्ध रुपमा शेर्पा स्वायत्त प्रदेशलाई नयाँ बन्ने संविधानमा सुनिश्चित गराउनको लागि राज्यलाई दवाव दिन, राजनैतिक दललाई हाम्रो भावना सम्बोधन गर्न र सचेत पार्न यहि माघ १३ गते आयोजना हुने विशाल शेर्पा सभा सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यूको प्रमुख आतिथ्यमा पाँच राजनैतिक दलको शीर्ष नेताहरुको उपस्थितिमा हुन गईरहेको विशाल शेर्पा सभामा यहाँहरुको सक्रिय सहभागिताको लागि हार्दिक अपिल गर्दछौं।
शेर्पा स्वायत्त प्रदेश–जिन्दावाद ¤ सम्पूर्ण शेर्पाहरुको एकता–जिन्दावाद ¤ |
|
Written by मनोरन्जन
|
|
Wednesday, 25 January 2012 17:06 |
|

काठमाडौ, माघ ११ - कानमा ढुंग्री गलामा तिलहारी । मखमली आङरे (चोली) र स्यामा (फरिया) मा सजिएकी विपाशा मोक्तान सोमबार खुलामञ्चमा निकै खुलेकी थिइन् । सामाखुसीकी १७ वर्षीया यिनी राजधानीमै हुर्किबढिन्, मौलिक परम्परा र चाडपर्वको परिवेश खासै पाउन सकिनन् ।
|
|
आत्म-निर्णयको अधिकार र स्वायत्ततासहितको संविधान आवश्यक |
|
Written by हर्ष सुब्बा, प्रदीप मेन्याङ्बो
|
|
Saturday, 21 January 2012 17:24 |
आदिवासी जनजातिको अन्तराष्ट्रिय सम्मेलन सम्पन्न
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अब बन्ने संविधानमा आत्म-निर्णयको अधिकार र स्वायत्ततासहितको संविधान जारी नभएमा आफ्नै संयन्त्रमार्फत स्वायत्तताको अभ्यास गर्न कटिबद्ध रहेको चेतावनी दिँदै आदिवासी जनजातिको आत्मनिर्णय अधिकार र स्वायत्ततासम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ ।
अरुणपूर्व थातथलो खुलेका ६६ आदिवासी जनजाति समुदायद्वारा संयुक्तरूपमा आयोजित सम्मेलनले आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघको घोषणापत्रलगायतका अन्तर्राष्ट्रिय मानव अधिकारका दस्तावेजहरूमा प्रत्याभूत भएका बुँदालाई वेवास्ता गरेर षड्यन्त्रमूलक तरिकाले अधिकार विहीन संविधान जारी भएमा आफूहरूलाई स्वीकार्य नहुने घोषणा गरेका छन् ।
|
|
पहिचानको आधारमा संघीय राज्यको स्थापना हुनुपर्नेमा जोड |
|
Written by प्रदीप मेन्याङ्बो
|
|
Friday, 20 January 2012 16:15 |
|
धरान, माघ ६ - आत्मनिर्णय अधिकार र संघीयता सम्वन्धी अन्तराष्ट्रिय सम्मेलका सहभागीहरुले पहिचानको आधारमा संघीय राज्यको स्थापना हुनुपर्नेमा जोड दिएका छन् ।विज्ञहरुद्वारा प्रस्तुत कार्यपत्रहरुमाथि शुक्रबार भएको छलफलमा सहभागीहरुले पहिचानसहितको संघीयतामा जोड दिएका हुन् । स्वशासनमा साँस्कृतिक मात्र नभएर राजनीतिक पहिचानसहितको हुनुपर्ने पनि जोड उनीहरुले दिए ।आदिवासी जनजातिहरुको आत्मनिर्णय अधिकार र स्वायत्तताको अभ्यास सम्बन्धी धरानमा जारी तीनदिने अन्तराष्ट्रिय सम्मेलनको दोश्रोदिनको छलफलमा उक्त धारणा आएको हो ।उनीहरुले आत्मनिर्णयको अधिकारको नीति अनुसार स्वयत्त राज्य गठन हुनुपर्ने पनि वताएका छन् । त्यसैगरी स्वायत्त प्रदेशहरुमा भूमिमाथिको आदिवासी जनजातिको अधिकार नयाँ ढंगले स्थापित गर्नुपर्नेमा पनि जोड दिए ।
|
|
|
|
|
Page 1 of 43 |
|
|