Facebook Share

Share on facebook

Phoca Facebook Comments

Facebook Application ID is empty
खम्बुवानको राष्ट्रिय भेला उद्घाटनः खम्बुवान राज्यका लागि एकजुट हुन आह्वान
User Rating: / 0
PoorBest 
Written by डीबी   
Thursday, 24 February 2011 19:23

त्रियुगानगर, गाइघाट उदयपुर, खम्बुवान ११ फागुन २०६७,

"सम्पूर्ण खम्बुवानवासीको चाहनाः खम्बुवान स्वायत्त राज्यको स्थापना" भन्ने नाराका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च खम्बुवान स्वायत्त राज्य परिषदको राष्ट्रिय भेला गाइघाट उदयपुर खम्बुवानमा मञ्चका अध्यक्ष कुमार लिङ्देन 'मिराक' खम्बुवानका अध्यक्ष इन्द्रहाङ खम्बूले सामूहिक रुपमा छट्टाछुट्टै मैनवत्तीमा दीप प्रज्वलन गरेर उद्घाटन भयो

खम्बुवानको राष्ट्रिय भेलाको उद्घाटन-सत्र शुरुहुनुभन्दा पहिले "सम्पूर्ण खम्बुवानवासी एक हौं; हाम्रो आन्दोलन जारी ; खम्बुवान राज्य सुनिश्चित गर"लगायतका नाराहरु लगाउँदै विभिन्न झाँकीसहितको र्यालीले त्रियुगानगर परिक्रमा गरेको थियो

 

राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्नेक्रममा प्रमुख अथिति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले लिम्बुवानमा व्यहोर्नु परेका टुटफुटका तीतो अनुभवहरु सुनाउँदै सम्पूर्ण खम्बुवानवासीलाई खम्बुवान स्वायत्त राज्य स्थापनाका लागि एकजुट हुन आह्वान गर्नुभयो खम्बुवान एकताको लागि मञ्चको तर्फबाट लिम्बुवान तामाङसालीङको सहयोग समन्वयमा सकेसम्म प्रयास गरेको गरिरहने जनाउँदै यसरी खम्बुवान स्वायत्त राज्य परिषद संघीय मञ्चमा आवद्ध रहनु भनेको कुनै भातृ सङ्गठनको रुपमा रहेको नभई एउटा स्वायत्त आङ्गिक सङ्गठनको रुपमा रहनेसमेत जानकारी दिए यस कार्यले लिम्बुवान, खम्बुवान, तामाङसालीङ थारुहटलगायका स्वायत्त राज्य प्राप्तिका लागि लागेका परिषदहरुबीचमा सहकार्य समन्वय साथ सहयोग हुने पनि बताए साथै, यसरी एउटा झण्डामुनि एकै सङ्गठनमा आवद्ध भई राजनीतिक रुपमै लागेर आन्दोलन नगरेसम्म हाम्रो हक अधिकारहरुसमेत सुनिश्चित नहुने विचार राखे

शताब्दीयौंसम्म कालो बादल मडारिएको खम्बुवानको आकाशमा बल्ल अब उज्यालो छाउन आँटेको खम्बुवानवासी जनताहरुमा पनि अब नयाँ आशाका साथ आन्दोलनको उभार आएर खम्बुवान स्वायत्त राज्य स्थापपित् भएर खम्बुवानी जनताको मुक्तिको ढोका खुल्ने अभिलाषा व्यक्त गरे

अतिथि लिङदेनले समारोहमा प्रस्तुत खम्बुवानी जनताले नाच्ने एक मौलिक नाच साकेला नाचलाई अहिले एकात्मक राज्यले विभेद गरेको बताउँदै खम्बुवान आएपछि खम्बुवानका राज्यको टीभीले यो साकेला नाचलाई विश्वका मुलुकहरुमा एकैसाथ प्रशारण गर्ने दिन पनि आउँनेछ भनेँ

लिङ्देनले भनेँ- "कसैले भन्लान् पृथ्वी नारायण शाहले अङ्ग्रेजसँग बचाउन नेपाललाई कथित् एकीकरण गरेको भन्ने कुरा सरासर गलत हो पृथ्वीनारायण शाहले अङ्ग्रेजले ल्याएको बन्दुक नै ल्याएर खम्बुवानको जनतालाई मारेको थियो, ओख्लीमा कुटेर मारेको थियो, पेटको बच्चाहरुलाई चिरेर मारेको थियो ।" यो इतिहसबाट आज हामीले पाठ सिक्नु पर्नेसमेत प्रमुख अतिथि लिङ्देनले बताउनु भयो

कुनै राजनीतिक पार्टीको घोषणा-पत्रमा केके लेखेको त्यो ठूलो कुरा होइन रहेछ तर मुलुकको कस्तो कानुन बनाउन चाहन्छ ? त्यो महत्वको कुरा रहेछ त्यसैले, अब हामी यो सवालमा केन्द्रीय भई आफ्नो हक-अधिकारसहित खम्बुवान लिम्बुवान तामाङसालीङ थारुहटलगायका राज्यहरु सुनिश्चित गर्नका लागि सशक्तताका साथ लाग्नुपर्ने भएको कुरा पनि प्रमुख अतिथि लिङ्देनले बताए

लिङ्दनेले आफूहरुलाई यी सीडीओहरु सीआइडीजस्ता एकात्मक पाठशालाहरु बधशालाजस्तो लाग्ने जहाँ हाम्रो भाषा, संस्कृति, धर्म, पहिचान अस्तितवको हत्या गरिने गरेको बताए त्यसैले, यो एकात्मकताको विरुद्धमा लाग्नु परेको धारणा राखे

खम्बुवानवासीले यो खम्बुवान स्वायत्त राज्य परिषदबाहेक अरु पार्टीमा लागेर खम्बुवान ल्याउनु खोज्नु भनेको हेलिकप्टर चढेर सगरमाथा चढ्न खोज्नुजस्तै हो भन्दै त्यसको कुनै लेखाजोखा, इतिहास सम्मान नरहने कुरा प्रमुख अथिति लिङ्देनले बताए

सोही उद्घाटन समारोहलाई सम्बोधन गर्दै तामाङसालीङ स्वायत्त राज्य परिषदका उपाध्यक्ष सिङमान तामाङ "ख्युङ्बा"ले खम्बुवान राज्य परिषदलाई सशक्त रुपमा अघि बढाउन मञ्चको तहबाट लिम्बुवान तामाङसालीङका नेतृत्वहरुले अथक प्रयास गरेको जानकारी गराउँदै अबका दिनमा सशक्तताका साथ अघि बढ्न सकोस् भनी शुभकामना दिनुभयो

त्यसैगरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सचिवालय सदस्य तथा लिम्बुवानका महासिचव सूर्य माखिमले लिम्बुवान आन्दोलनका अनुवभहरु साझेदारी गर्दै लिम्बुवान, खम्बुवान, तामाङसालीङ, नेवाः, थरुहट, मगरात, तमुवान स्वायत्त राज्य चाहनेहरुले एकापसमा एकीकृत भएर आन्दोलन गर्नुको विकल्प नरहेको बताउँदै शुभकामना दिनुभयो

खम्बुवानका बुद्धिजिबी भूमि साम्पाङले सघीय संरचनाको राजनीतिक सङ्गठन संघीय मञ्च, लिम्बुवान खम्बुवानका बारेमा राम्रो कुराको प्रशंसा गर्दै आन्दोलनमा भएका कमी कमजोरीप्रति सुझावहरु दिदैँ राष्ट्रिय भेलालाई शुभकामना दिनुभयो

यसरी नै यो खम्बुवानको राष्ट्रिय भेलालाई संघीय विद्यार्थी युनियनका महासचिव लोकसागर साम्बा, संघीय महिला मञ्चका उपाध्यक्ष अमृता थेबे, नेकपा एमालेका विमल काफ्ले, नेकपा माओवादीका किरण राई, एनेकपा माओवादीका इन्द्र राई, नेकपा एमालेका हेम दाहाल, नेकपा एकीकृतका मोहन सिङ तामाङ, नेपाल किरात राई संघ एकीकृतका केन्द्रीय अध्यक्ष अगम राईलगायतले पनि सम्बोधन गर्दै शुभकामना दिएका थिए विशिष्ट अतिथिहरु संघीय मञ्चका अध्यक्ष मण्डल सदस्य विष्णु तुम्बाहाङ्फे राई महासतिव खगेन्द्र माखिमले भने समयको अभावले गर्दा दोस्रो दिनको बन्द-सत्रमा विशेष सम्बोधन गर्ने जानकारी सञ्चालकले जानकारी गराएका थिए

अतिथिहरुलाई खम्बुवानका भावना राई तुलशा राईबाट ब्याच वितरण गरिएको उक्त कार्यक्रममा संघीय मञ्चका संघीय सदस्य विश्वराज राईले स्वायगत मन्तव्य राख्नु भएको थियो संघीय ब्याचका सचिवालय सदस्य तथा खम्बुवान स्वायत्त राज्य परिषदका कार्यवाहक महासचिव किरण राईद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रमको बीचमा खम्बुवानी कलाकारहरुबाट विभिन्न साकेला गीत र नृत्यहरूसमेत प्रस्तुत गरिएको थियो ।
संघीय मञ्चका अधक्ष मण्डल सदस्य तथा खम्बुवान स्वायत्त राज्य परिषदका अध्यक्ष इन्द्रहाङ खम्बूको अध्यक्षतामा सम्पन्न उक्त राष्ट्रिय भेलाको उद्घाटन सत्रलाई समापन गर्दै यो भेलाले खम्बुवानलाई अब सही मार्ग र निश्चित दिशामा लगेर खम्बुवान स्वायत्त राज्य प्राप्त गरेरै छोड्ने प्रतिवद्धता जनाए ।
- डीबी आङ्बुङ लिम्बू, उदयपुर, खम्बुवान




--
DB Angbung
Secretary
For
Information:
Federal Democratic National Forum[FDNF], Nepal