Facebook Share

Share on facebook

Phoca Facebook Comments

Facebook Application ID is empty
संघीयता र स्वायत्तताका लागि संयुक्त गठबन्धनको बनेपामा अन्तरक्रिया
User Rating: / 0
PoorBest 
Written by DB Limbu   
Wednesday, 06 April 2011 04:07

बनेपा, ताम्सालिङ २०६७ चैत्र २०,
जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धनले गठनसँगै संविधान सभा, विषयगत समितिको मस्यौदा प्रतिवेदनहरू संशोधन र थप गर्नका लागि सुझाव-पत्र तयार गरी ज्ञापन-पत्रसहितसभाध्यक्ष सुवास नेम्बाङ्मार्फ् संविधान सभामा बुझाएर पहिलो चरणको कार्यक्रमअर्न्तर्गत् आन्दोलनको पूर्व तयारीस्वरुप नेपालका विभिन्न ७ प्रमुख ठाउँहरूमा अन्तरक्रियात्मक  कार्यक्रमहरू गरिरहेको छ ।
संयुक्त गठबन्धनको पहिलो अन्तरक्रियात्मक  कार्यक्रम २०६७ चैत्र २० गते ताम्सालिङको बनेपामा ताम्सालिङ नेपाल राष्ट्रिय दलका अध्यक्ष परशुराम तामाङको अध्यक्षता तथा आदिवासी जातीय-क्षेत्रीय महासंघका अध्यक्ष सुरेश आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
यस कार्यक्रमका अतिथिहरूमा नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. केशवमान शाक्य, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिम, राष्ट्रिय जनमुक्ति पार्टीका उप-महासचिव चन्द्र श्रीष मगर, जनमुक्ति पार्टी, नेपालका अध्यक्ष अटलमान र्राई, अखिल नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत) का अध्यक्ष नगेन्द्र र्राई र आदिवासी जनजाति महासंघ (समाजवादी) का अध्यक्ष रामसिंह लामा रहेका थिए ।



बनेपाको नगरपालिका हलमा सम्पन्न आतिथ्य सङ्गठन ताम्सालिङ नेपाल राष्ट्रिय दलका लक्ष्मी लामाद्वारा उद्घोषण गरिएको सो अन्तरक्रियात्मक कार्यक्रममा गठबन्धनका अध्यक्ष प्रमुख अतिथि सुरेश आले मगरले सो पहिलो चरणका सम्पूर्ण कार्यक्रमहरूबारे जानकारी गराउँदै दोस्रो चरणमा संयुक्त गठबन्धनबाट सशक्त आन्दोलनको घोषणा गरिने बताउनु भयो ।
कार्यक्रममा ताम्सालिङ नेपाल राष्ट्रिय दलका अध्यक्ष परशुरामा तामाङले राज्यको पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिको मस्यौदाबारे प्रष्ट्याउँदै सम्पूर्ण आदिवासी जनजातिको हक अधिकार संविधानमा समेटिनु पर्ने र केन्द्रभन्दा प्रादेशिक राज्य बलियो हुनुपर्ने धारणासमेत राख्नु भयो ।
यसैगरी अर्का अतिथि अखिल नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत) का अध्यक्ष नगेन्द्र र्राईले संविधान सभा, प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजस्व बाँडफाँड समितिको मस्यौदा र यसमा हुनुपर्ने व्यवस्थाबारे प्रष्ट पार्दै आदिवासी जनजातिको हक अधिकार स्थापित गर्नका लागि सशक्त आन्दोलनको अर्को विकल्प नरहेको कुरमा जोड दिनुभयो ।
त्यसैगरी, अर्का अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिमले राज्यको शासकीय स्वरुप निर्धारण समितिको मस्यौदा र यसमा हुनुपर्ने व्यवस्थाबारे प्रष्ट पार्दै संघीय गणतन्त्र र धर्मनिरपेक्षता आदि जनताका मुख्य उपलब्धिहरू रक्षा गर्नका लागि छरिएर भइरहेका आन्दोलनलाई एकीकृत रुपमा एकाकार गरेर लैजानुपर्ने आवश्यकता औल्याए थिए ।
सो कार्यक्रमका अन्य अतिथिहरू जनमुक्ति पार्टी नेपालका अध्यक्ष अटलमान र्राईले संविधान सभा, व्यवस्थापकीय ढाचा निर्धारण समितिको मस्यौदा प्रतिवेदन र यसमा हुनुपर्ने व्यवस्थाबारे साथै राष्ट्रिय जनमुक्ति पाटीका उप- महासचिव चन्द्र श्रीष मगरले संविधानको प्रस्तावना बारे प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूबाट प्रश्नोक्तर र टिप्पणी गर्दै आदिवासी जनजाति महासंघ (समाजवादी) का अध्यक्ष रामसिंह लामाले सम्पूर्ण सहभागीलाई गठबन्धनको तर्फाट धन्यवाद दिएर सो अन्तरक्रिया  कार्यक्रमको समापन गरिएको थियो ।
- डीबी आङ्बुङ