Facebook Share

Share on facebook

Phoca Facebook Comments

Facebook Application ID is empty
आदिवासी जनजाति महासंघ अमेरिकाको प्रेस बिज्ञप्ती‏
User Rating: / 0
PoorBest 
Written by Dipesh Limbu   
Monday, 27 June 2011 23:07

मिति २०११, जुन २७

प्रेस बिज्ञप्ती



हाम्रो देश नेपाल एक बहुजाती, बहुभाषी अनि बहुसंस्कृतिले भरीपुर्ण देश हो । त्यति मात्र नभएर आदिवाशीहरुको मात्र  ४७ जनसंख्या रहेको देश हो नेपाल ।तर कहीं नभएको जात्रा हांड़ी गाउमा भनेझै हाम्रो देश नेपालमा एकात्मक शाशन प्रणनाली  जबरजस्ती थोपरियो र रैथाने आदिवासिहरूको  धर्म, भाषा-संस्कृति अनि ऋतिरिवाज प्रति नाङगो धावा बोलियों । २०४६ सालको  प्रजातांत्रिक आन्दोलन अनि २०५८ सालको ऎतिहासिक जनआन्दोलनले ल्याएको जनलहर र जनधारणानुसार एकात्मक शाशन प्रणाली त्यागी सबैको धर्म,संस्कृति अनि ऋतिरिवाजको सम्मान गर्नु  हो, र  जुन नेपालको अन्तरिम सम्बिधानको मुल मर्म पनि हो । यति हुँदा हुँदै पनि पसु काटेको झुटो आरोप लगाईं थुनमा रहेको पिणित आदिवासी दाजु-भाईहरुलाई भेट्न गएको मौकाछोपी आदिवासी जनजाति  महासंघ नेपाल का  केन्द्रीय महासचिब श्री आङ काजी शेर्पा किसान लाई बिना कसूर पक्रौगरी हिरासातमा राखेकोमा आदिवासी जनजाति महासंघ अमेरिको गम्भीर ध्यान आकर्षण भएकोछ र खेद प्रकट गर्दछ। हामी आदिवासीहरू नेपाल सरकारको यो आदिवासीहरुको मौलिक अधिकार माथिको खुल्ला प्रहार मान्दछ । तसर्थ आगामी दिनहरूमा यस्ता कायर अनि लज्जा स्पदकार्य आदिवासीहरुमाथि नादोहोर्याऊन फिप्ना यसै प्रेस बिज्ञप्तीको साथ नेपाल सरकारलाई अपील गर्दछ। साथै यस्तो गम्भीर भूल गरेकोमा गृह मंत्रिले नेपाल सरकारको तर्फ बाट सम्पुर्ण आदिवासिहरुको सम्मान गर्दै सर्बजानिक माफ़ी मग्नु पर्दछ। अन्तमा सबै जात-जातिहरुको धर्म,संस्कृति अनि रितीरीवाजको भेदभाव रहित रुपमा सम्मान गरिनु पर्दछ।    

 

दिपेश लिम्बु
महासचिब
आदिवासी जनजाति महासंघ अमेरिका