Facebook Share

Share on facebook

Phoca Facebook Comments

Facebook Application ID is empty
न्यु योर्कमा धुमधामका साथ् विश्व आदिवासी दिवस सम्पन्न
User Rating: / 0
PoorBest 
Written by Indira Limbu   
Wednesday, 17 August 2011 04:58

न्यु योर्कमा रहेका आदिवासी जनजातिहरुको संस्था नेपाल आदिवासी जनजाती महासंघ अमेरिका फिपना ले १७ आदिवासी दिवस भव्यताका साथ सम्प न्न रे को / उक्त कार्यक्रम न्यु योर्कमा रहेका विभिन्न आदिवासी जनजाति संघ संस्था का प्रतिनिधि तथा गैर जनजातिहरुको उपस्थितिमा सम्पन्न भएको हो / कार्यक्रममा शुभकामना मन्तब्य दिंदै उपस्थित संघसंस्थाका प्रतिनिधिहरुले आदिवासी जनजातिहरु संसारको जुन सुकै कुनामा रहे पनि आफ्नो पहिचानलाई सदैब कायम राख्नु पर्नेमा जोड दिए / यसका अलावा बिदेशमा रहे पनि आफ्नो देशमा भैरहेको आदिवासी जनजातिको मुद्दामा सदैब सचेत रहनुपर्ने उनीहरुको धारणा थियो /शुभकामना मन्तब्य दिंदै उनीहरुले अहिले नेपालमा बन्दै गरेको संविधानले आदिवासी जनजातिको हक आधिकारलाई सुनिस्षित गर्नु पर्ने कुरामा जोड दिएका थिए /
प्रमुख अतिथिको आसनबाट शुभकामना मन्तब्य दिंदै युनाइटेड नेसन पर्मानेन्ट मिसनका उप प्रमुख शंखर बैरागीले आदिवासी जनजातिहरु सचेत भएकैले अहिले बिस्वमा यिनीहरुको हक अधिकारको सम्बोधन भएको जानकारी दिए / " यो महान अवसरमा यहांहरुले बिदेशमै रहेर आफ्नो भाषा, संस्कार संकृति प्रति देखाएको जुन उत्साह , यो अत्यन्त प्रसनिय , यो नयाँ पिडि हरुको लागि महत्वपुर्ण बिषय हो " / यस्ता कार्यक्रमहरुले नेपाली आदिवासीको पहिचान संसारभरी नै फैलने उनको जोड थियो /
सोहि कार्यक्रममा बोल्दै सिन्धु समाजका अध्यक्ष तथा युवा नेता बंसलाल तामांगले आदिवासी जनजातिहरुले आफ्नो मात्र अधिकारको कुरा गर्दा, अर्काको अधिकार देशमाथि अरुले गर्न सक्ने सड्यन्त्रप्रति पनि गम्भीर हुनुपर्ने धारणा ब्यक्त गरे /
सोहि अवसरमा आदिवासी जनजाति महिला महासंघ अमेरिकाकी अध्यक्ष संगिनी राना मगरले आदिवासी जनजातिको आधिकार सुनिस्चित गर्नका लागि विश्वभरि छरिएर रहेका आदिवासी जनजातिहरु एकजुट हुनुपर्ने धारणा ब्यक्त गरिन् /
कार्यक्रममा विश्व आदिवासी दिवसको चर्चा परिचर्चा गर्दै बक्ताहरुले नेपाल अब अन्तर्रस्त्रिया संधिहरुबात बांधिसकेकोले त्यसबाट उम्पकन नसक्ने धारणा ब्यक्त गरे / सोहि क्रममा गैर आदिवासी नेपाली हरुको संस्था एन आर एन एन सी सी कोर्डिनेसन काउन्सिलका अध्यक्ष सुमन तिमल्सिना, नेपालीमुलका वर्तमान वासिंगटन डी सी बाट कांग्रेसका उमेद्वार दर्शन रौनियार, बुद्धिजीवी तारा निरुला, टेक गुरुङ, बीआर लामा , मुकेश सिंह लगायत विभिन्न जातीय संघ संस्थाका प्रतिनिधिहरु तेम्बा शेर्पा, अन्ग्दावा शेर्पा, बिस्नु माया परिवार, मिलन राइ, विद्या रंजित (NRN NCC VP), लक्यान लामा, आदिले शुभकामना मन्तब्य राखेका थिए /
दुइ चरणमा विभाजित उक्त कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष बिनोद पोमोले स्वागत मन्तब्य राखे भने दितीय उपाध्यक्ष आदित्य महर्जनले आदिवासी दिवस यसको महत्वबारेमा चर्चा गरेका थिए / औपचारिक कार्यक्रममको अन्त्यमा यस कार्य क्रमलाई सफल पर्ने सम्पूर्ण व्यक्ति, कलाकार आदिलाई प्रमाणपत्र वितरण गरिएको थियो / कार्यक्रम अन्त्यको घोसणा संस्थाका अध्यक्ष शिब कुमार राइले सम्पूर्ण व्यक्ति संस्थाहरुलाई धन्यवाद दिंदै छोटो मन्तब्य सहित गरेका थिए /
औपचारिक कार्यक्रमको अन्त्य पछि दोस्रो चरणको कार्यक्रममा विभिन्न जात जातिको संस्कारलाई प्रतिनिधित्व गर्ने सांस्कृतिक कार्यक्रम भएको थियो / प्रथम चरणको कार्यक्रमको संचालन संस्थाका महासचिब दिपेश चबेगु लिम्बु ले गरेका थिए भने, दितीय चरणका कार्यक्रम सांगे ह्याल्मो र मणि वान्गदेल राई क्रमई संग गरेका थिए /
written by Indira Chonbang