|
Written by कान्तिपुर संवाददाता
|
|
Monday, 07 November 2011 02:47 |
नयाँ संविधानमा आदिवासी जनजातिका अधिकार स्थापित गराउनका लागि अख्तियार गर्नुपर्ने रणनीति बनाउनका लागि नेपाल आदिवासी जनजाति महासंघले दुई दिने राष्ट्रिय भेला गर्ने भएको छ ।
महासंघले आइतवार पत्रकार सम्मेलन गरी यही कातिक २४ र २५ गते सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा हुने राष्ट्रिय भेलाले नयाँ संविधानमा राखिनु पर्ने आदिवासी जनजातिका सावलहरु र त्यसका लागि आवश्यक नीति बनाइने उल्लेख गरेको छ ।
महासंघले निर्वाचित सभासद्, दल र आम सरोकारवाला संघसंस्थाहरुलाई उपेक्षा गर्दै दलका केही नेताहरु निर्णय गर्दै जाँदा आदिवासी जनजाति, दलितलगायत उत्पीडित समुदायहरुको अधिकार नयाँ संविधानमा स्थापित हुनेकुरामा शंका रहेको पनि उल्लेख गरेको छ ।
राष्ट्रिय भेलामा महासंघको ५६ घटक जातीय संगठन, ८ राष्ट्रिय स्तरको सम्बन्धन संगठन, १२ वटा अन्तर्राष्ट्रिय मञ्च, ६८ जिल्ला समन्वय परिषद, संघीय परिषद सदस्यहरु, वर्तमान तथा निवर्तमान सचिवालयका पदाधिकारीहरु, महासंघका सल्लाहकारहरु सहभागी हुने उल्लेख गरेको छ ।
महासंघका अनुसार २४ गते बिहान राजधानीबाट चौतारासम्म मोटरसाईकल र्याली, उद्घाटन कार्यक्राम रहेको छभने २५ गते बन्द सत्र गरी घोषणापत्र जारी गर्ने उल्लेख गरिएको छ ।
|