|
विराटनगर, लिम्बुवान २०६८ मंसिर ९,
संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले यही मंसिर १० गते विराटनगरमा आयोजना गरेको विशाल लिम्बुवान आमसभाको अन्तिम तयारी पूरा भएको छ । परिषदले विराटनगरमा मंसिर ८ गते एक पत्रकार सम्मेलन गरी विशाल लिम्बुवान आमसभाको तयारीका क्रममा भएका विभिन्न गतिविधि तथा थप आमसभाको बारे थप जानकारीका साथ लिम्बुवानका नाराहरुसमेत र्सार्वजनिक गरिएको छ । यसका लागि विराटनगरस्थित् सबै राजनीतिक पार्टी नेतृत्वहरूसँग भेटघाट गरिएको र कार्यक्रम बारे जानकारी गराइयो । आदिबासी जनजाति महासंघसँग भेटघाट अन्तरक्रिया सम्पन्न भयो ।विराटनगरमा वालिङ, पोस्टरिङ, फ्ल्यागिङ, माइकिङ, एफएमबाट सूचना प्रसारण र पत्रिकामा सूचना दिने कार्य सम्पन्न भयो ।
लिम्बुवान राज्य परिषदले विराटनगरमा कार्यक्रम गर्नुको उद्देश्य नेपालको राजनैतिक, आर्थिक र संचारजगतको इतिहास र वर्तमानमा पनि विराटनगर प्रमुख सहर भएकोले; ९ जिल्ला लिम्बुवानभित्रै विराटनगर पर्ने भएकोले; र मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषदले लिम्बुवानको सबै जिल्ला सदरमुकाम र प्रमुख सहरहरूमा आमसभा आयोजना गर्ने भनी विस्तारित वैठकहरूमा पारित गरेकोले सो यो विशाल लिम्बुवान आमसभा गरिएको जनाइएको छ । यस आमसभामा उठाइने प्रमुख सवालहरू मञ्चसम्वद्ध स.लि.रा.प. संघियवादी, लोकतान्त्रिक, गणतान्त्रिक, धर्मनिरपेक्ष, नेपालअर्न्तर्गत अरूण सप्तकोशीपर्ूवको ९ जिल्ला लिम्बुवान स्वायत्त राज्यको लागि संर्घष गर्ने संविधानसभामा भाग लिएको राजनैतिक पार्टी हो । लिम्बुवान आन्दोलन जातीय सहअस्तित्व र सद्भाव कायम राख्दै अघि बढ्नु पर्छ ।
लिम्बुवानको विरूद्धमा रहेको कथित विज्ञ समूह र राज्य पुनःसंरचना आयोगभित्र लुकेको षड्यन्त्रको पर्दाफास गर्ने । लिम्बुवानी आन्दोलन शान्तिपूर्णा र सशक्त हुने साथै नेपालका सबै भूभागहरू एकात्मकवादीसामु झुके पनि लिम्बुवान कहिले नझुक्ने प्रण परिषदले गरेको छ । आमसभामा झापा, मोरङ, सुनसरीबाट मुख्य सहभागिता हुने र धनकुटा, इलामबाट मध्यम हुने र संखुवासभा, पान्थर, ताप्लेजुङ र तेह्रथुमबाट प्रतिनिधिमूलक हुने साथै काठमाडौं उपत्यकाबाट एक गाडी सहभागी हुने भएको छ । योविशाल लिम्बुवान आभसभाको कार्यक्रम स्थल विराटनगरको जनआन्दोलन चौक र ट्राफिक प्रहरी कार्यालयको बीचमा पत्रकार महासंघको अफिसबाट उभो आउँदा बाटो जोडिने कुनाको १ छेउमा हुनेछ । महासंघदेखि माथि आउँदाको बाटोबाट, जनआन्दोलन चौकतिरको बाटोबाट र ट्राफिक प्रहरी तीनैतिर बसेर सुन्न सकिनेछ ।यो आमसभा मंसिर १० गते दिनको ११ देखि १२:३० सम्म सांस्कृतिक झाँकी प्रदर्शन र१२:३० देखि ३:०० बजेसम्म औपचारिक कार्यक्रम हुनेछ । वक्तव्यहरू छोटो हुनेछ र बीचमा बसेकै ठाउँबाट संघीयवादी लिम्बुवानी नाराहरु लगाइनेछ । मान्छ सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का केन्द्रीय अध्यक्ष कुमार लिंग्ग्दें "मिराक" द्वारा हस्ताक्षरित विज्ञप्तिको अन्त्यमा भनिएको छ- संघीय लिम्बुवानी आत्मा बोकेर उदाएको यो आन्दोलनको आमसभाप्रति सबै मिडिया जगतले स-हृदयता प्रस्तुत गर्नेनै छ भन्ने आशा गरिएको साथै मञ्च सम्वद्ध स.लि.रा.प. को शाखाहरुको हकमा विशेष अनलाइन प्रसारण पनि गरिने छ। यसका लागि इमेल, फेसबुक र युत्युब्को सहरा लिइनेछ । संसारभर रहनुभएकाका शुभेच्छुक तथा जिज्ञासुहरुको लागिwww.nepalisamachar.com, सम्पूर्ण कार्यक्रम लाइभ हेर्न र सुन्न सकिनेछ साथै, facebook/limbuwanstate र facebook/Limbuwannepal पनि प्रत्यक्ष जानकारी लिन सकिनेछ।थप जानकारीका लागि Skype युजर नाम limbuwan, limbuwanstate / Limbuwan.nepal जोडिन हुन पनि आग्रह गरिएको छ ।
लिम्बुवानका नाराहरू :
१. अरूण सप्तकोशीपूर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्य - घोषणा गर ।
२. नौ जिल्ला - लिम्बुवान ।
३. ऐतिहासिक लिम्बुवान भूमि टुक्राउन - पाइदैन ।
४. संघिय गणतन्त्र नेपाल - जिन्दावाद ।
५. एकात्मक राज्य सत्ता - मुर्दावाद ।
६. We want Limbuwan !
७. ILO C 169 - लागू गर ।
८. लिम्बुवानी सहीदहरू - जय लिम्बुवान !
९. सम्पूर्ण लिम्बुवानबासी - एक हौं ।
१०. मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद - जिन्दावाद ।
११. सम्पूर्ण संघियवादीहरू - एक हौं ।
१२. संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च - जिन्दावाद ।
१३. ५ बुँदे सहमति - लागू गर ।
१४. समानुपातिक प्रतिनिधित्व - कायम गर ।
१५. धिमाल, लेप्चा, याख्खा, आठपहरिया, थारू, राजवंशी, गन्गाई, .......... स्वायत्त क्षेत्रहरू -कायम गर ।
१६. एकात्मक राज्यले गरेका दमनहरूको लागि - माफी माग ।
१७. संघिय लिम्बुवानी राष्ट्रवाद - जिन्दावाद ।
१८. संघिय सहअस्तित्ववाद - लागु गर ।
१९. संघिय समानुपातिक समाजवाद - जिन्दावाद ।
२०. संघिय इकोर्-अर्थतन्त्र - लागू गर ।
२१. लिम्बुवानको कर लिम्बुवानलाई नै - फिर्ता गर ।
२२. लिम्बुवान भूमिमा एकात्मक लुटपाट - बन्द गर
२३. लिम्बुवानमा जातीय सद्भाव - कायम रहोस् ।
२४. लिम्बुवान सहितको संविधान तुरून्त - जारी गर ।
२५. लिम्बुवान हाम्रो - घर हो र नेपाल हाम्रो - देश हो ।
२६ लिम्बुवान आन्दोलन - जारी छ !
- डीबी आङबुङ
-- --------- Regards, DB Angbung Limbu
|