Facebook Share

Share on facebook

Phoca Facebook Comments

Facebook Application ID is empty
मगर संघको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न, मगरात प्रदेशको माग स्वायत्त
User Rating: / 0
PoorBest 
Written by Khadgabir Thapa Magar   
Monday, 02 January 2012 17:00

नौ बुंदे घोषणापत्र जारी, गाईलाई राष्ट्रिय जनावरबाट खारेज गर्न माग

गुल्मी- नेपाल मगर संघको दशौं राष्ट्रिय महाधिवेशन गुल्मीको तम्घासमा मंसिर २४ देखि २९ गतेबिच सम्पन्न भएको छ। संघको केन्द्रिय अध्यक्षमा स्याङ्जाका महेन्द्र थापा मगर निर्वाचित हुनुभएको छ।


महाधिवेशनको अर्थमन्त्री वर्षमान पुन मगरले महाधिवेशनको उदघाटन गर्नु भएको थियो । उदघाटन सत्रमा प्रमुख अतिथी अर्थ मन्त्री पुन मगरका अलावा संघका पूर्व अध्यक्ष गोरेबहादुर खपाङ्गी मगर, सभासद थममाया थापा मगर, अमृता थापा मगर, भीमकुमारी बुढा मगर, सभासद प्रदीप ज्ञवाली, गुल्मीका प्रमुख जिल्ला अधिकारी लगायतले सम्बोधन गर्नुभएको थियो।उक्त उद्घाटन कार्यक्रमको सभापतित्व संघका अध्यक्ष झकबहादुर थापा मगरको गर्नु भएको थियो भने स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष भीम पुन मगरले गर्नु भएको थियो । महासचिव बसन्त घर्ति मगरले सन्चालन कार्यक्रमको गर्नु भएको थियो ।


संघको यस अघी २०३९ सालमा तनहुँको दमौलीमा पहिलो महाधिवेशन, २०४२ सालमा मकवानपुरको हैटौडामा दोस्रो, २०४५ सालमा नेपालगन्जको बाँकेमा तेस्रो, २०४८ सालमा काठमार्डौको कमलादीमा चौथौ, २०५१ सालमा दाङको घोराहीमा पाँचौ, २०५४ सालमा नवलपरासीको हात्तिखोरमा छैठौं, २०५८ सालमा सुनसरीको धरानमा सातौं, २०६० सालमा कैलालीको टीकापुरमा आठौं र २०६३ सालमा काठमाडौंमा नवौं अधिबेशन सम्पन्न भईसकेको छ।



दशौं राष्ट्रिय महाधिवेशन गुल्मीको मतगणना परिणाम निम्नानुसार छ:

१. अध्यक्ष- महेन्द्र थापा मगर (निर्वाचित) १ सय ८० मत
वमकुमारी वुढा मगर (पराजित) १ सय ४४ मत

नबनिर्बाचित अध्यक्ष थापा मगर निवर्तमान पश्चिमान्चल उपाध्यक्ष हुन् भने बुढा मगर छैठौं महाधिवेशन (२०५४) कि पुर्व केन्द्रिय उपाध्यक्ष हुन् ।

२. वरिष्ठ उपाध्यक्ष- वसन्त घर्ति मगर (निर्विरोध निर्वाचित)
३. महिला उपाध्यक्ष- श्याममाया पुन मगर (निर्वाचित) १ सय ५८ मत
मनु थापा मगरले (पराजित) १ सय ३८ मत

क्षेत्रीय उपाध्यक्षहरु:
४. पुर्वान्चल- गंगवहादुर थापा मगर (निर्विरोध निर्वाचित)
५. मध्यमान्चल- चित्रवहादुर लुङ्गेली मगर (निर्विरोध निर्वाचित)
६. पश्चिमान्चल- वालसिँह काउछा मगर (निर्विरोध निर्वाचित)
७. मध्य पश्चिमान्चल- गुरुप्रसाद घर्ति मगर (गोला प्रथाबाट निर्वाचित)
८. सुदुर पश्चिमान्चल- तेज तरामी मगर (निर्विरोध निर्वाचित)

नबनिर्बाचित मध्य पश्चिमान्चल क्षेत्रीय उपाध्यक्ष घर्ति मगर र प्रत्यासी हरि थापा मगरवीच मत बराबर भएपछि गोला प्रथाबाट चुनाव हुँदा घर्ति निर्बाचित भएकाहुन्।

९. बाह्र मगरात भाषिक उपाध्यक्ष- डा. देववहादुर थापा मगर
१०. अठाह्र मगरात भाषिक उपाध्यक्ष- कर्णवहादुर वुढा मगर
११. काईके भाषिक उपाध्यक्ष- (...खाली)

१२. महासचिव- नविन रोका मगर २ सय ६ मत
वालकृष्ण काउछा मगर (पराजित) १ सय ५ मत

१३. मुख्य सचिव- ओम थापा मगर (निर्विरोध निर्वाचित)

१४. संगठन सचिव- ज्ञानेन्द्र पुन मगर (निर्वाचित) २ सय ९
तेजेन्द्र खाम मगर (पराजित) ८५ मत

१५. प्रचारप्रसार/प्रकाशन सचिव- माधव दर्लामी मगर (निर्वाचित)
१६. विदेश सचिव- रक्षावहादुर रैका मगर (निर्विरोध निर्वाचित)
१७. कोषाध्यक्ष- कुलप्रसाद पुन मगर (निर्विरोध निर्वाचित)

दशौं महाधिबेशनद्वारा निर्बाचित केन्द्रिय सदस्यहरु:

१८. कमला पिठाकोठे मगर (मेची)
१९. विसन थापा मगर (मेची)
२०. विनोद लुंगेली थापा मगर (कोशी)
२१. खुमा पुलामी मगर (कोशी)
२२. सिता राना मगर (सगरमाथा)
२३. विष्णुबहादुर थापा मगर (सगरमाथा)
२४. बेची लुंगेली मगर (जनकपुर)
२५. ईन्द्रबहादुर थापा मगर (जनकपुर)
२६. राजेन्द्रबहादुर थापा मगर (बागमति)
२७. सावित्रा राना मगर (बागमति)
२८. नरबहादुर राना मगर (उपत्यका)
२९. देवी श्रीस मगर (नारायणी)
३०. विश्व आले मगर (नारायणी)
३१. ताराबहादुर थापा मगर (गण्डकी)
३२. विमला पुलामी मगर (गण्डकी)
३३. झलक राना मगर (गण्डकी)
३४. पिताम्बर सारु मगर (लुम्बिनी)
३५. मीना थापा मगर (लुम्बिनी)
३६. गमबहादुर थापा मगर (लुम्बिनी)
३७. तेजेन्द्रबहादुर थापा मगर (धौलागिरी)
३८. मनकुमारी पाईजा मगर (धौलागिरी)
३९. सावित्री राना मगर (राप्ती)
४०. दानबहादुर घर्ति मगर (राप्ती)
४१. निमबहादुर बुढा मगर (राप्ती)
४२. गणेश सलामी मगर (भेरी)
४३. पूर्णिमा थापा मगर (भेरी)
४४. तेज बहादुर पुन मगर (भेरी)
४५. (खाली) सेती
४६. धन बहादुर बुढा मगर (कर्णाली)
४७. (...खाली) (कर्णाली)
४८. पूर्णसिं थापा मगर (महाकाली)
४९. (...खाली) (महाकाली)

 

d

नेपाल मगर संघको तम्घास घोषणा-पत्र

प्राचिन मगरात र आधुनिक नेपालको निर्माणकर्मी मगरहरुको आफ्नै गणराज्य शासन व्यवस्थालाई क्रमश धर्म र कायरतापूर्ण षडयन्त्रको जालबाट कब्जा र विस्थापित गर्दै औपचारिकरुपमा विस १८३१ बाट सन्चालन भइ २४० वर्षसम्म चल्दै आएको केन्द्रिकृत र एकात्मक एकल हिन्दु सामन्ती राज्य संरचनाले मगरहरु लगायत अन्य जात, जातिहरुको आफ्नो पहिचान र अस्तित्व प्राप्तीकालागि आज पर्यन्त संघर्ष गर्दै आउनु परेको ऐतिहासिक तथ्यलाई ह्रदयगम गर्दै्,

अधिकारका नाममा भएका विभिन्न संघर्षहरु र २०६२-०६३ को संयुक्त जनआन्दोलनको सफलतापछि प्राप्त उपलब्धीहरुको रक्षा गर्दै,
संविधानसभा निर्वाचनबाट बनेको संविधानसभामार्फत नयाँ संविधान लेखन तथा संघीय ढाँचामा राज्यको पुर्नसंरचनाको माध्यमबाट नेपाली समाजमा रहेको जातीय भाषिक सांस्कृतिक धार्मिक भौगोलिक लैङ्गिक एव वर्गीय विभेद र उप्पीडनका समस्याहरुको अन्त्य गर्नुपर्दछ भन्ने मगर समुदायलगायत नेपाली जनताको चाहनालाई कदर र अंगिकार गर्दै,

राज्यको मूलप्रवाह र सबै संरचनाबाट बहिस्करणमा पारिएका यथार्थतालाई ध्यान दिँदै मगरलगायत आदिवासी जनजातिहरुको ऐतिहासिक भूमि र सो क्षेत्रका जनतालाई नै मालिक बनाउने आत्मनिर्णयको अधिकारसहितको स्वशासन व्यवस्था निर्माण गरी सबै जात, जाति, भाषाभाषी, धर्म, सम्प्रदायको साझा राज्य नबनाई नयाँ नेपाल बन्न नसक्ने सत्यतालाई मनन गरेर इतिहास, सभ्यता, भूमि, भाषा, जनसंख्या र पहिचानको आधारमा आत्मनिर्णयको अधिकार र अग्राधिकारसहितको मगरात स्वायत्त प्रदेशको स्थापना र मगरहरुको भावना र मागलाई नयाँ बन्ने संविधानमा संवैधानिक रुपमा सुनिश्चित हुने गरी सम्बोधन गर्न नेपाल मगर संघको दशौं राष्ट्रिय महाधिवेशन यहि २०६८ मंसिर २४ देखि २९ गतेसम्म गुल्मीको तम्घासमा ६९ जिल्ला, ५ भातृसंगठन र विदेशस्थित मगर संघ संस्थाहरुसहित ६ सय प्रतिनिधि र पर्यवेक्षकहरुवीचको व्यापक छलफल र निश्कर्षबाट निम्न दाबीसहित नौ बुँदे गुल्मी घोषणपत्र २०६८ जारी गरेका छौं ।

१. स्वाभिमान, स्वतन्त्रता र लोकतान्त्रिक अधिकार प्राप्तीको संघर्षको दौरानमा विस १९३३ फागुन २ गते सहादत प्राप्त गरेका प्रथम सहिद कप्तान लखन थापा मगरलाई राज्यले प्रथम सहिद घोषणा गर्नुपर्दछ ।

२. मगर समुदायको लिपी, भाषा, धर्म, संस्कृति, इतिहासको संरक्षण, सम्बद्र्धन, अनुसन्धान गर्ने व्यवस्था मगर सम्बन्धी राष्ट्रिय संग्राहलय, पुस्तकालय, आदिवासी विश्व विद्यालयको राज्यले अविलम्ब व्यवस्था गर्नुपर्दछ । साथै हिन्दु धर्मलाई मात्र पक्षपोषण गर्ने खालको राष्ट्रिय जनावर गाईलाइ राष्ट्रिय जनावरबाट खारेज गर्नुपर्दछ ।

३. २०६९ जेठ १४ गते भित्र संविधान सभामार्फत जनपक्षीय संविधान घोषणा गर्नुपर्दछ ।

४. संयुक्त राष्ट्र संघको अन्तराष्ट्रिय श्रम संगठन महासन्धि १६९ लाई सरकारले तत्काल कार्यान्वयन गर्नुपर्दछ ।

५. मगर समुदायको मौलिक प्रमुख चाड मध्ये माघे सक्राती जस्तै भूमे पर्वलाई पनि तत्कालै राष्ट्रिय पर्व घोषणासहित नेपाल सरकारले कार्यान्वयन गर्नुपर्दछ ।

६. नयाँ बन्ने संविधानमा मगर समुदायलगायत अन्य जात जातिको उच्चतम मानव अधिकारको बहाली, धर्मनिरपेक्षता, बहुसाँस्कृतिक, बहुभाषिक, समानाधिकार नीति राज्यको हरेक अंग र तहमा जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व, शिक्षा स्वास्थ्य, रोजगार र राजनैतिक तहमा समान अवसर, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र मगर जाति भित्र विद्यमान प्रथाजन्य कानुन जस्ता महत्वपूर्ण विषयहरुलाई अनिवार्यरुपमा राज्यले समावेश गर्नुपर्दछ ।

७. संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै संघीय संरचनामा राजनीतिक तथा सामाजिक अग्राधिकार, आत्मनिर्णयको अधिकारसहितको जातीय स्वशासन र पहिचानको आधारमा मगरात स्वायक्त प्रदेशको नयाँ बन्ने संविधानमा सुनिश्चित गरिनुपर्दछ ।

८. राज्यको पुर्नसंरचना समिति र राज्यपुर्नसंरचना उच्चस्तरीय सुझाव आयोगले मगरलगायत आदिवासी जनजातिहरुको भावना र मागलाई यथोचित सम्बोधन गरिनुपर्दछ ।

९. आदिवासी जनजाति समुदायका संघ संस्था, महासंघलगायत न्यायोचित अधिकार प्राप्तीकालागि सन्चालित सम्पूर्ण आन्दोलनप्रति मगर समुदायको समर्थन रहनेछ र हामीले उठाउने हरेक अधिकारमुखि आन्दोलनमा साथ दिन सबैपक्षलाई आग्रह गरिन्छ । अधिकार प्राप्तीको यो संघर्षहरुकालागि सशक्त कार्यक्रमहरु घोषणा गरिनेछ ।

नेपाल मगर संघ
केन्द्रिय समिति

-Khadgabir Thapa Magar in Gulmi

http://usnepalonline.com/indigenous/magar-associations-10th-convention-held-in-gulmi.html