Facebook Share

Share on facebook

Phoca Facebook Comments

Facebook Application ID is empty
संघीय मञ्चसम्बद्ध लिम्बुवान याक्खा स्वायत्त परिषदको प्रथम राष्ट्रिय सम्मेलन हुँदैः
User Rating: / 0
PoorBest 
Written by DB Angbung Limbu   
Saturday, 07 January 2012 16:14

याक्खा स्वायत्त क्षेत्रको दशमझियाथुम् मुढेशनिश्चरेमा लिम्बुवान-याक्खा आमसभा

लिम्बुवान, पुस २१ २०६८/

''२०६८ पौष २३ र २४ गते संखुवासभाको मुढे शनिश्चरे बजार जाऔं ! याक्खा स्वायत्त परिषदको ऐतिहासिक प्रथम केन्द्रीय सम्मेलन सफल पारौं !!'' भन्ने नाराकासाथ मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद अन्तर्गत संघीय याक्खा स्वायत्त परिषदको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन संखुवासभा र धनकुटा जिल्लाको संगमस्था दश मझियाथुमको मुढे शनिश्चरे बजारमा यही पौष २३ र २४ गते हुने भएको छ । यसलाई भव्यताका साथ सफल पार्न याक्खा क्षेत्र  तथा लिम्बुवानवासीमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।

 

२०६८ पुस २३ गतेको उद्घाटन सत्रलाई पहाडीभेगको विशाल लिम्बुवान आमसभाको रुपमा सम्पन्न गरिने कार्यक्रम रहेको छ । संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक' प्रमुख अथिथि रहनुहुने यस कार्यक्रमका अन्य वक्ताहररू  मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अर्थ सचिव सिङ्मान तामाङ, महासचिव फक्ताङलुङ योङहाङ, सचिवालय सदस्य बाङ्गाई धिमाल, केन्द्रीय सदस्य डुप छिरिङ लेप्चा काजी, केन्द्रीय सदस्य अष्टनारायण आठपहरीया, राष्ट्रिय पार्षद् दिलेश्वर थापा क्षेत्री तथा मञ्चसम्बद्ध सलिराप संखुवासभा जिल्ला अध्यक्ष इन्द्रमान लिङ्थेप, जिल्ला सचिव शशी लिङथेप एवम् अन्य वक्ताहरू रहनु हुनेछ ।

 

यस आन्दोलनका मागहरू ऐतिहासिक पृष्ठमूमिको आधारमा संखुवाखोला-अरुण-सप्तकोशीपूर्वको नौ जिल्लाहरूलाई लिम्बुवान स्वायत्त राज्य घोषणा गरी त्यस लिम्बुवान अन्तर्गत धनकुटा-संखुवासभाभित्रका याक्खा जतिको थातथलो रहेको भूमिलाई ''याक्खा क्षेत्र'' घोषणा गरिनुपर्ने;  आई. एल. ओ. १६९ र अनडि्रप लागू गरिनुपर्ने; आत्मनिर्णयको अधिकार सुनिश्चित गरिनुपर्ने लगायत रहेका छन् ।

संघीय याक्खा स्वायत्र परिषद केन्द्रीय तदर्थ समिति, याक्खा स्वायत्त क्षेत्र, लिम्बुवान, नेपालको आयोजना तथा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति संखुवासभाको विशेष पहलमा आयोजित यस कार्यक्रममा विभिन्न जातीय झाँकीहररूको प्रदर्शन, याक्खा जातिहररूको लोपोन्मुख डोकेनी नृत्य, सांगीतिक तथा साँस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिने कार्यक्रम रहेको छ । यस कार्यक्रममा याक्खा स्वायत्त क्षेत्र तथा छिमेकी जिल्ला धनकुटा, तेह्रथुम, ताप्लिजोङ सुनसरीबाट समेत विशेष उपस्थिति रहनेछ ।

यस कार्यक्रमका लागि अरुण-सप्तकोशी पूर्व नौ जिल्ला लिम्बुवानवासी एवम् याक्खा क्षेत्रवासी जनसमुदायहरूलाई सम्बोधन गर्दै तयार गरिएको कार्यक्रमको पोष्टर तथा अपीलमा मञ्चसम्ब्द्ध संघीय लिम्बुवान राज्य परिषले १८ दिने लिम्बुवान आन्दोलन पश्चात २०६४ फाल्गुन १८ गते राज्यसँग पाँचबुँदे सहमति गरी संविधान सभाको चुनावमा सहभागी भएको र यस परिषदले ऐतिहासिक पृष्ठूमिको आधारमा सङ्खुवाखोला-अरुण-सप्तकोशीपूर्वको नौ जिल्लाहरू झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम, ताप्लिजोङ, पान्थर र इलामलाई लिम्बुवान स्वायत्त राज्य स्थापना गराई त्यस लिम्बुवान अन्तर्गत संखुवासभा र धनकुटा जिल्लाको दशमझिया, पाँचमझिया र पाँखप्पन क्षेत्रलाई सह-अस्तित्व र समानुपातिक प्रतिनिधित्वसहितको याक्खा स्वायत्त क्षेत्र स्थापना गर्न संयुक्त आन्दोनल अघि बढाइरहेको उल्लेख छ ।

त्यसैगरी, संघीयता, गणतन्त्त, धर्मनिरपेक्षता, आत्मनिर्णयको अधिकार, आई. एल. ओ. महासन्धि नं १६९ र यूएनड्रीपको लागू र लिम्बुवान एवम् त्यसअन्तर्गत याक्खा स्वायत्त क्षेत्रको संवैधानिक सुनिश्चितताको आन्दोलनाई थप उचाइमा पुर्या्उन सो मिति र स्थानमा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद अन्तर्गत संघीय याक्खा स्वायत्त परिषदको प्रथम राष्ट्रिय सम्मेलन हुने जनाइएको छ ।यस सम्मेलनलाई सफल बनाउन सम्पूर्ण याक्खा क्षेत्रवासी-लिम्बुवानवासीजनसमुदायहरूलाई  स्वतस्फूर्त रुपमा सहभागी हुनसमेत हार्दिक आह्वान गरिएको छ ।

प्रविधिले साथ दिए लिम्बुवानको दशमझीयथुम् अन्तर्गत सङखुवासभा र तेह्रथुम र धनकुटाको संगमस्थल मुढेशनिश्चरेमा २०६८ पुस २३ गते हुने यस कार्यक्रमको प्रत्यक्ष प्रशारण वेबसाइट www.nepalisamachar.com र फेसबुक पेज   www.facebook.com/limbuwanstate  वा Limbuwan Nepal मार्फत गरिनेछ । यस कार्यक्रमको खबर. फोटो एवं अडियो तथा भिडियो रेकर्डहरू विभिन्न वेबसाइट, फेसबुक र यूट्युबमार्फत प्रचारमा ल्याइने जनाइएको छ ।

- डीबी आङबुङ लिम्बू, लिम्बुवान