Facebook Share

Share on facebook

Phoca Facebook Comments

Facebook Application ID is empty
“सम्पूर्ण शेर्पा जातिको एउटै चाहना–शेर्पा स्वायत्त प्रदेशको स्थापना”
User Rating: / 0
PoorBest 
Written by Sherpa Kydug   
Saturday, 28 January 2012 03:30

यहि माघ १३ गते शेर्पा सेवा केन्द्र बौद्ध जाऔँविशाल शेर्पा सभालाई सफल पारौँ

“सम्पूर्ण शेर्पा जातिको एउटै चाहना–शेर्पा स्वायत्त प्रदेशेको स्थापना” भन्ने नेपाल शेर्पा संघको चौथौ राष्ट्रिय महाधिवेशनबाट पारित नारा अहिले सम्पूर्ण शेर्पाहरुको मात्र नभएर सिंगो मुलुकको अस्तित्वको विषय बनेको छ । मुलुक एकात्मक केन्द्रीकृत ढाँचाबाट २४३ वर्षसम्म संचालीत हुँदा नेपालको उच्च पहाडी र हिमाली क्षेत्रमा सदियौंदेखि बसोवास गर्ने आदिवासी शेर्पा समुदायहरु आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक रुपबाट वहिष्करणमा पारिएको कारणले राष्ट्रको सर्वाड्डीण विकास र जातीय पहिचानमा गम्भीर क्षती पुगेको छ । नेपाल वहुधार्मिक, वहुसांस्कृतिक, वहुजातीय र वहुभाषिक मुलुक भए पनि केन्द्रीकृत एकात्मक हिन्दु अधिनायकवादी शासन व्यवस्थाको कारणले गर्दा नेपालका शेर्पा समुदाय र आदिवासी जनजातिहरुको अधिकार र पहिचान गुम्ने खतरा भएपछि आफ्नो पहिचान र अधिकार सुनिश्चितताको लागि पटक पटक आन्दोलन र संघर्ष गरेको कुरा सर्व विदितै छ ।

आदरणीय शेर्पा दिदी बहिनी तथा दाजुभाईहरु
हाम्रो शेर्पा जातिले आफ्नो जातीय पहिचान र अस्तित्वको खातीर ००७ सालको जनक्रान्ति, ०४६ सालको जनआन्दोलन, ०५२ सालको शसस्त्र संघर्ष (जनयूद्ध), ०६२/०६३ को जनआन्दोलन र आदिवासी जनजाति आन्दोलनको अग्रपंक्तीमा रहेर आफ्नो भूमिका र दायित्व पुरा गर्न तल्लीन रहदैं आएको छ, साथै परिवर्तन र परिवर्तनको मूल मूद्धालाई संस्थागत गर्न हाम्रो देशका राजनैतिक नेतृत्वहरुमा दृढ राजनैतिक ईच्छा शक्तिको कमी देखिएको असाध्यैं कष्टपूर्ण अवस्थामा हामीले गम्भीरता पूर्वक हाम्रो जातिको भाग्य र भविष्यको सुनिश्चितताको सवाल उठाई रहेका छौं । हामी महान् सम्भावना र गम्भीर चुनौतीको वीचमा उभिएर आफ्नो जातिको शिरलाई उचो राख्न शेर्पा जातिको आफ्नो जातीय पहिचान र अधिकार स्थापित हुने गरी शेर्पा स्वायत्त प्रदेश प्राप्तीको पवित्र कार्यमा लागि रहेका छौं । हामीले जीवनमा एक पटक मात्र उपयोग गर्न पाउने संविधान सभाको चुनावमा भाग लिई गठन भएको संविधान सभाको राज्य पूर्नः संरचना तथा राज्य शक्तिको बाँडफाँड समिति मार्फत तयार भएको संघीय नेपालको १४ स्वायत्त प्रदेशको खाकामा शेर्पा स्वायत्त प्रदेश पार्न सफल भएका छौं । हाल संविधान सभामा विचाराधीन १४ स्वायत्त प्रदेशको प्रस्तावीत खाकालाई संविधान सभाबाट पारित गराउन हामी आम शेर्पा जातिले गर या मरको नीति अख्तियार नगर्ने हो भने हामी पहिचान र अधिकार बिहिन हुने खतरा हाम्रो सामु छ भने हामीले बेलैमा पहल लिएर अगाडि बढेमा हाम्रो पहिचान र अधिकार स्थापित हुने निश्चित छ । त्यसैले सबै शेर्पा दिदी बहिनी तथा दाजुभाईहरुमा एकतावद्ध भएर शेर्पा स्वायत्त प्रदेशको पक्षमा अगाडि बढ्नको लागि हार्दिक अपिल गर्दछौं ।

आदरणीय शेर्पा दिदी बहिनी तथा दाजुभाईहरु
तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा हालको सिन्धुपाल्चोक र नूवाकोटको सिमाना गोल्फू छेपारमा मारिएका हाम्रा सातसय शेर्पा परिवार (तिब्बतमा नेपालको खबर पुर्‍याएको कथित आरोप लगाई) लाई हत्या गर्‍यो, ००७ सालमा गेल्बु शेर्पा, न्हुच्छेरत्न शेर्पालाई “म नेपाली हुँ” भन्दा मारियो, ००७ सालको जनक्रान्तिको दौरानमा ओखलढुड्डा बडा हाकिम कार्यालयमा आक्रमण गर्दा निमावाङ्दी शेर्पा सहित ४ जना वीर शेर्पाहरुले आफ्नो अमूल्य जीवन बलिदान गर्नु भयो, ०५७ सालको राष्ट्रियताको आन्दोलनमा साहदत प्राप्त गर्ने रिन्जी शेर्पा, ०५२ सालबाट शुरु भएको शसस्त्र संघर्ष (जनयूद्ध) को क्रममा याङ्डी–जाङ्मु शेर्पा लगायत ८० जना वीर शेर्पा सपूतहरुले शेर्पा जातिको मूक्तिको निम्ति अतुलनीय किर्तीमान खडा गरेर नै आज हामीले जातीय स्वशासन, आत्मनिर्णयको अधिकार, स्वायत्तता, समानुपातिक र समावेशी राज्य सत्ताको महत्वपूर्ण आयमहरु प्राप्त गरेका छौं । यी महत्वपूर्ण उपलब्धिहरुलाई संस्थागत गर्न र भावी सन्ततीलाई हस्तान्तरण गर्न हाम्रो सामु मुख्य चुनौती रहेको छ । हामीले यो चुनौतीलाई सामना गर्न र महान् वीर विरंगनाहरुको सपना साकार पार्न वा पूरा गर्न तन, मन, वचन र कर्मले शेर्पा स्वायत्त प्रदेश निर्माणको महासंग्राममा लामबद्ध हुन आव्हान गर्दछौं ।

२०६२/०६३ को दोस्रो जनआन्दोलनबाट प्राप्त अन्तरिम संविधान २०६३ को धारा ४ (१) ले नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम धर्म निरपेक्ष समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रामक राज्य हुने कुराको प्रत्याभुत गरेको छ । सिंगो शेर्पाहरुको पहिचान र अधिकारको निम्ति आत्मनिर्णयको अधिकार सहितको शेर्पा स्वायत्त प्रदेशको निमार्णबाट मात्र संभव छ । संविधानसभा राज्य पुनःसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले पहिचान र समाथ्र्यको आधारमा प्रस्तावित १४ स्वायत्त प्रदेशको खाकामा शेर्पा स्वायत्त प्रदेश सबैभन्दा सक्षम र नमुना राज्य बन्ने निश्चित छ । नेपाल र नेपालीको प्रतिष्ठालाई विश्व सामु चिनाउन सफल हाम्रो शेर्पा समुदायको तेन्जीङ नोर्गे शेर्पा (प्रथम सगरमाथा आरोही) र पासाङ ल्हामु शेर्पा (प्रथम महिला सगरमाथा आरोही एवं राष्ट्रिय विभूती) लाई हामीले शेर्पा स्वायत्त प्रदेश निर्माणको अभियानमा कोशेढुड्डाको रुपमा लिनु जरुरी छ । यद्यपी संघीयताले अन्तीम रुप ग्रहण गर्न लागेको वेलामा संघीयता विरोधी केही संगठन र व्यक्तिहरुले वास्तविकता र यथार्थतालाई नबुझी शेर्पा स्वायत्त प्रदेशको विरोधमा भ्रामक प्रचार गरिरहेको सन्दर्भमा हामी सम्पूर्ण शेर्पा समुदाय कति पनि विचलित नभै एकतावद्ध रुपमा शेर्पा स्वायत्त प्रदेशलाई नयाँ बन्ने संविधानमा सुनिश्चित गराउनको लागि राज्यलाई दवाव दिन, राजनैतिक दललाई हाम्रो भावना सम्बोधन गर्न र सचेत पार्न यहि माघ १३ गते आयोजना हुने विशाल शेर्पा सभा सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यूको प्रमुख आतिथ्यमा पाँच राजनैतिक दलको शीर्ष नेताहरुको उपस्थितिमा हुन गईरहेको विशाल शेर्पा सभामा यहाँहरुको सक्रिय सहभागिताको लागि हार्दिक अपिल गर्दछौं।

शेर्पा स्वायत्त प्रदेशजिन्दावाद ¤ सम्पूर्ण शेर्पाहरुको एकताजिन्दावाद ¤