Facebook Share

Share on facebook

Phoca Facebook Comments

Facebook Application ID is empty
शेर्पा स्वायत्त प्रदेश अपरिहार्य, प्रधानमन्त्री रा. पु. सं. आयोगका गद्दार अनबिज्ञ चार सद्स्यहरुलाई शेर्पाहरुले कुनै हालतमा नछोड्ने
User Rating: / 0
PoorBest 
Written by छिरिङ तेन्जिङ शेर्पा   
Sunday, 29 January 2012 17:35

sherpa bhela


 

नेवा: जनवरी २७,छिरिङ तेन्जिङ शेर्पा (शेर्पा वर्ल्ड ड्ट् कम्)
नेपाल शेर्पा संघको अघुवाईमा काठमाण्डौ बौद्ध स्थित शेर्पा सेवा केन्द्र गोन्पामा बिशाल शेर्पा भेला सम्पन्न भएको छ। साँस्थाको अध्यक्ष पेमा छिरी शेर्पाको सभापतित्वमा भएको यस भेलाको प्रमुख अतिथी सम्माननिय प्रधानमन्त्री डा बाबुराम भट्टराई हुनुहुन्थ्यो। यसै गरि बिषेश अतिथीहरुमा चारै ठुला राजनैतिक पार्टीका प्रतिनिधीहरु,शेर्पा सभासदहरु क्रमश: माननिय जिप छिरिङ लामा शेर्पा, माननिय लक्कि शेर्पा, माननिय आङ दावा शेर्पा र माननिय पासाङ शेर्पा, भु. पु. अर्थ राज्यमन्त्री

माननिय लार्केल लामा,आदीबासी जनजाती महासंघका महासचिव आङकाजी शेर्पा किसान, आदीबासी सभासदहरुको संगठन ककसका अध्यक्ष प्रिथिबी सुब्बा गुरुङ,शेर्पा संघका भु पु अध्यक्ष क्रिपासुर शेर्पा,  नेकपा एमालेको नेता अशोक राई, संघिय लोकतान्त्रिक शेर्पा का अध्यक्ष पासाङ शेर्पा,नेवा स्वायत्त राज्यको सल्लाहकार तथा शेर्पा रा मु मोर्चाको सल्लाहकार वाङछे शेर्पा, शेर्पा रा मु मोर्चा नेपालक् सल्लाहकार तथा भु पु माननिय आङ ङवाङ शेर्पा, हुनुहुन्थ्यो। यसै गरि माओबादी सभासद बालक्रिष्ण ढुङ्गेल, सभासद गीता खडका, लुम्बिनी बिकाश कोषका उपाध्यक्ष आचार्य कर्मा साङपो शेर्पा, प्रबतिय प्रतिष्ठान नेपालका निर्देशक श्रीमती ल्हाकपुटी शेर्पा, भु. पु. शेर्पा मन्त्रीहरु, शेर्पा किदुग साझा मन्चका अध्यक्ष फरदेण्डी शेर्पा, हिमालयन शेर्पा सँस्क्रितिक केन्द्रका अध्यक्ष याङजी शेर्पा, नेपाल शेर्पा महिला संघका अध्यक्ष निमी शेर्पा,राष्ट्रिय प्रजातन्त्रिक शेर्पा संघठनका दोर्जी शुशिल शेर्पा,शेर्पा बिधार्थी मन्चका अध्यक्ष देण्डी शेर्पा लगायत बिभिन्न धर्मगुरुहरु, संघ साँस्थाको प्रतिनिधीहरुले अतिथिको आसन ग्रहण गरेका थिए।
कार्यक्रममा बिभिन्न राजनैतिक संघठनका सम्पुर्ण शेर्पा नेताहरुले शेर्पा स्वायत्त को बारेमा एकै खालको  आफ्नो धारण राखदै हालै सरकारद्वारा गठित अनबिज्ञा कथित बिज्ञहरुले राज्या पुनसंरचना सम्बन्धी १४ प्रदेश बाट ३ प्रदेशहरु क्रमश: शेर्पा, जडान र सुनकोशीलाई हटाएकोमा कडा आपत्ति जनाउदै ति कथित बिज्ञहरु आदीबासी जनजाती भित्र बसेर अकुत सम्पत्ति कमाएका बर्ममा जन्मेका स्टेला तामाङ, गैर आदीबासी ठकुरी मल्ल समुदायको तर नेवारी भुमीमा भरण पोषण भै जनजातीको नामबाट प्रचारमा आएको हिन्दु अतिबादी बिचार र सोंचका मल्ले के. सुन्दर, ने. काँ.बाट सिफरिस गरेका त्रिभुवन बिस्वबिधालयमा बौद्ध धर्म र दर्शनको नाममा "सेन्टर फर नेपाल एण्ड एशिय स्टडिज" नामक गैर सरकरी साँस्था चलाई रहेका बुद्धका पन्चशील समेत थाहा नभएको रमेश ढुङ्गेल त्यसै गरि रमेश ढुङेलकै सहपाठी एकै थलो मा काम गरि रहेका काठमाण्डौको थानकोट देखीको नेपालको अवस्था कस्तो छ भन्ने जानकारी समेत नभएको कथित बिज्ञ क्रिशण हछेथुलाई कुनै पनि हालतमा प्रिथिविको जुन भुमन्डलीमा रहे पनि शेर्पाहरुले नछोडिने आक्रोश ब्यक्त गरे।

 

आयोगका यि गद्दार धोकेबाज सदस्यहरु बिज्ञ नभएर कसैका ईशारामा चलेका भाडाका तत्वहरु हो भन्ने आरोप पनि सहभागी शेर्पा नेताहरुले लगाए।शेर्पा स्वायत्त प्रदेशमा राज्य संचालनमा शेर्पाहरुको सामार्थ्य छैन भन्ने कथित बिज्ञ र पार्टिका नेताहरुको कडा आलोचना गर्दै शेर्पाहरुको प्रदेशमा पाईने महत्वपुर्ण जडिबुटीहरु जो एक किलोको पच्चिस लाख रुपैया सम्मा पर्ने, तातो पानी भन्सार नाकाबाट मात्र दैनिक पच्पन्न लाखरुपैयको राज्स्व उठ्ने त्यस्तै अरुपनि धेरै नाकाहरु भएको, सगरमाथाबाट मात्र बर्शेनी अठारा करोड राजस्व आउने त्यस्तै अरु धेरै हिमालहरु रहेको, प्रसस्त हिमाली जलसम्पदाहरुबाट प्रस्स्त बिधुत उत्पादन गरि छिमेको प्रदेशलाई समेत बिक्रि गरि त्यसबाट प्राप्त आयहरु राज्य संचालनका मुख्य सामर्थ्यहरु रहेको र पहिलो पहिचन सहितको शेर्पा राज्य दिनु त्यस्पछी देखाएको सामर्थ्यलए पाँच बर्ष भित्र राज्यलाई कति ऋण चाहिन्छ त्यो शेर्पाहरुले दिन तैयर रहेको कुरा पनि शेर्पा नेताहरुले चर्को रुपमा बताए।
त्यसै गरि प्रशासनिक सामार्थ्यको बारेमा उदाहरण दिँदै क्षेत्रि बाहुनले ससनगरेको देशमा बोईङबाट ट्विन अर्टर, त्यसपछी पिलटसपोर्टर र त्यस पछि कमिला जस्त जहाज संचालनमा ल्याएको तर एक सधरण शेर्पाले संचलन गरेको यती ययरलेनस् हाल नेपालमा कुन स्थानमा पुगेको छ ? शेर्पाहरुको प्रशासनिक सामर्त्यको यो एक उदाहरण रहेको र दुईजना शेर्पाहरु राजदुत समेत रहेको र अरु थुप्रै उदाहरणहरु शेर्पाहरुको राज्य संचालनमा प्रशासनिक सामार्थ्य रहेको कुरा शेर्पा नेताहरुले बताए।
यसै गरि बिगतमा पटक पटक भएको सरकार परिबर्तन र मन्त्रिमण्डल गठनमा सबै पार्टी र नेताहरुले बिस्वमा नै नेपालको नाम उच्च राख्ने शेर्पा समुदायहरुलाई सधै पाखा लगाएर राज्यमन्त्रि समेत खाना नदिएकोले अब शेर्पाहरु मन्त्रि र राज्यमन्त्री होईन सिधै प्रधानमन्त्रीको दावी गर्ने र देश चलाई छोड्ने कुरा पनि शेर्पा सभासद् जिप छिरिङ लामाले बतानुनु  भयो। आवस्यक परेक् खण्डमा पार्टीबाट बिद्रोहहरु गरेर सबै हिमाली सभासदहरु एक भएर नयाँ पार्टी खोल्ने चेतवानी समेत सभस्द लामाले भन्नु भयो।
यसै गरि आदीबासी सभासदहरुको संगठन ककसका अध्यक्ष प्रिथिबी सुब्ब गुरुङले शेर्पा स्वयत्त प्रदेश बिनाको नेपालको संघिय नक्सा आफुलाई कुनै हालतम स्विकार्य नहुने बताउनु हुँदै आफ्नो संघठनबाट शेर्पा स्वयातप्रदेश निर्माणमा पुर्ण समर्थन रहेको प्रतिबद्धता ब्यक्त गर्नु भयो।शेर्पा राष्ट्रिय मुक्ती मोर्चाको अध्यक्ष टाशी शेर्पा, प्रस्तावित शेर्पा स्व्यात्त प्रदेशका ईन्चर्ज् कार्यज्याङ शेर्पा, नेकपा एमाले सोलुखुम्बुका जिल्ला सभापति आङ निमा शेर्पा यसै गरि नेकपा एमालेका नेता अशोक राई, नेकपा माओबादीका सभासद् ओखलढुङग् क्षेत्र नं ३ का बाल क्रिष्ण ढुङ्गेलले कुनै पनि हालतमा शेर्पा स्वयत्त प्रदेश हुनु पर्ने बताए।
अन्त्यमा प्रमुख अतिथीको आसनबाट बोल्नुहुँदै शेर्पाहरुले पहिचन सहितको शेर्पा स्वायत्त प्रदेश पाउनुमा ढुक्क रहन प्रतिबद्धता जाहेर गर्नु भयो। मन्तब्यमा शेर्पाहरुले नेपाललाई बिस्वमा चिनाउनुमा प्रमुख योगदान रहेको पनि स्मरण गर्नु भयो। बक्तब्य दिने शेर्पा नेताहरुमा लुम्बिनी बिकास कोषका उपाध्यक्ष आचार्य कर्मा साङपो शेर्पा, आदीबासी जनजातीमहासंघका महा सचिव आङ काजी शेर्पा किसाङ,संघिय लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष पासाङ् शेर्पा, माननिय सभासद लकी शेर्पा, माननिय सभासद् जिप छिरिङ लामा शेर्पा, माननिय सभासद् अङ् दावा शेर्पा, शेर्पा राष्ट्रिय मुक्ती मोर्चाको अध्यक्ष फुर्वा छिरी शेर्पा टाशी' भु आदीबासी जनजाती महासंघका अध्य्क्ष तथा सभासद् पासाङ शेर्पा, शेर्पा संघका भु पु अध्यक्ष क्रिपासुर शेर्पा, शेर्पा बिधर्थी मन्चका अध्यक्ष देण्डी शेर्पा, भु पु मन्त्री आङ छिरिङ शेर्पा लामा हुनुहुन्थ्यो।
बिहान ११ बजे बाट शेर्पा सेवा केन्द्र को प्राणगणबाट शुरु भएको दशौ हजार शेर्पाहरुले बिभिन्न नारा हरु लगाउदै नगर परिक्रमा गरि बिशाल मोटरसाईकल र्‍याली गर्दै सभामा परिणत भएको थियो भने कार्यक्रमको अन्त्यमा हिमालयन शेर्पा सँस्क्रितीक केन्द्र र शेर्पा कलाकार समाजका संयुक्त साँस्क्रितीक कार्यक्रम पनि सम्पन्न भएक् थियो।