|
Written by DalitMediaHome.com
|
|
Tuesday, 26 January 2010 12:30 |
|
प्रेस विज्ञप्ती
दलित समुदायको हक अधिकारको लागि काम गर्ने एक सरकारी निकाय राष्ट्रिय दलित आयोगद्वारा स्पष्ट किटान गरिएका दलित जातीबाट राष्ट्रिय दलित आयोगमा सदस्यको प्रतिनिधित्व हुनु पर्दछ भन्ने हामी दलित समुदायको माग र सरोकार हो ।
तर २०६६ पौष २२ गतेको मन्त्री परिषद्को निर्णयबाट गठन गरिएको राष्ट्रिय दलित आयोगको गठनले दलित समुदायको उपहास गरिएको छ । राष्ट्रिय दलित आयोगले सूचिकृत गरेकेा अनुसूचिमा नभएको ठाकुरलाई मन्त्री परिषद्ले नियुक्त गरेकेा छ । राष्ट्रिय दलित आयोगको सदस्य हुन दलित समुदायको व्यक्ति हुनु पर्ने अनिवार्य प्रावधानलाई समेत बेवास्ता गरी मन्त्री परिषद्ले शिवशंकर ठाकुरलाई नियुक्त गरेको छ ।
यसरी सरकारबाट नै भएको प्रावधानलाई नै बेवास्ता गरी कानुनको ठाडो उल्लंघन गरिएको छ । जसले हामी सम्रग दलित समुदायलाई मर्माहत तुल्याएको छ । त्यसैले दलित समुदायमा नपर्ने शिवशंकर ठाकुरलाई राष्ट्रिय दलित आयोगबाट फिर्ता बोलाई उक्त स्थानमा दतिल समुदायका व्यक्तिहरुलाई नियुक्ति गर्नु हुन स्थानीय विकास मन्त्रालय र मन्त्रीपरिषद्लाई हार्दिक अनुरोध गर्दछौ ।
बोमबहादुर विश्वकर्मा दलित गैरसरकारी संस्था महासंघ भवानी कार्की ल्यानकाउ नेपाल झलक विश्वकर्मा राष्ट्रिय दलित नेटवर्क रुद्र चर्मकार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ नरेन्द्र पासवान दलित विकास समिति पुण्यवती रम्तेल दलित महिला संघ सेवल राम राम समाज कल्याण संघ रामलखन दास मधेश दलित अधिकार समिति श्यामपरीदेवी राम नेपाल दलित संघ लखनलाल रजक मधेशी दलित विकास महासंघ डालबहादुर विश्वकर्मा व्यावसायिक विकास तथा अनुसन्धान केन्द्र
DalitMediaHome.com Kathmandu Nepal Email: dalitkhabar@gmail.com dalitblog@gmail.com Web: www.DalitMediaHome.com Contact: 9841687136
|
|
Last Updated on Tuesday, 26 January 2010 12:46 |