Facebook Share

Share on facebook

Phoca Facebook Comments

Facebook Application ID is empty
Press Release NEFIN

PRESS RELEASE FROM NEFIN

बिश्व आदिवासी दिवस २०६६ मूल आयोजक समिति
Sunday, 02 August 2009 00:00
प्रेश बिज्ञप्ती

प्रिय पत्रकार मित्रहरु
संसार भरी रहेको आदिवासी जनजातिहरुले हरेक वर्षको अगष्ट ९ लाई बिश्व आदिवासी दिवसको रुपमा मनाउदै आएका छन। विगत केही बर्ष यता यो दिवस अगष्ट ९ लाई हामीले आदिवासी जनजातिहरुको संस्कृतीमा आधारीत कार्यक्रमहरुका साथ आफनो सांस्कृतिक पर्वको रुपमा मनाउदै आई रहेको कुरा यहाँहरु सबैलाई जानकारी रहेको छ । 

बिश्व आदिवासी दिवस मुल आयोजक समिति 


यो वर्ष पनि अगष्ट ९ नजिक आएको छ। अहिले हामी नेपालीहरु नयाँ संबिधान निर्माण गर्ने तथा राज्यलाई नयाँ ढंगले पुन संरचना गर्ने प्रकृयाको मध्य भागमा पुगेका छौ। यसै सन्दर्भमा बिगत लामो समय देखि नेपालका आदिवासी जनजातिहरुले उठाएका मुद्धाहरु आत्म–निर्णयको अधिकार, जातिय स्वशासन, स्वयत्तता, समानुपातिक प्रतिनिधित्व, सरकार र आदिवासी जनजातिहरु बिच भएको बिस बुँदे सम्झौता लगायत सबै आदिवासी जनजातिहरु संग भएको सम्झौताहरु र आई.एल.ओ. १६९ को कार्यन्वयन जस्ता बिषयहरु अहिले आएर ओझेलमा पर्न थालेका छन्। राजनितिक स्वार्थका मुद्धाहरुका अगाडी हाम्रा सामाजिक तथा जातिय मुद्धा र सवालहरु गौण बनाईएका छन। मुलुकमा समय समयमा हुने गरेका नागारीक आन्दोलनहरुले पनि हाम्रा मुद्धाहरु बोक्न सकेका छैनन। 

उपरोक्त सबै अवस्थाहरुलाई ध्यानमा राख्दा आगामी बन्ने संबिधानमा हामी आदिवासी जनजातिहरुको अधिकार सुनिस्चीत गर्न अव हामी नेपालका आदिवासी जनजातिहरुले आफनै शासक्त आन्दोलनको सिर्जना गरी ठुलो दवाव दिनु पर्ने आवस्यकता देखिएको छ। राजनितिक दलहरु र आदिवासी जनजाति बिरोधी मानसिकतालाई खवरदारी गर्ने र आदिवासी जनजातिहरुलाई पनि सचेत र संगठीत गर्नु पर्ने आजको आवस्यकता रहेको छ। 

त्यसैले गर्दा हामी आदिवासी जनजातिहरुले यो वर्षको बिश्व आदिवासी दिवस २०६६ (९ अगष्ट २००९) लाई “जातिय स्वशासन सहितको स्वयत्तता र आत्मनिर्णयको अधिकार। संघिय लोकतान्त्रीक गणतन्त्र नेपाल निर्माणको मूल आधार।।” भन्ने मूल नाराका साथ यो वर्ष बिगतमा भन्दा फरक ढंगले यो दिवसलाई आन्दोलनको रुपमा आयोजना गर्ने निर्णय गरीएको ब्यहोरा आजको यसै पत्रकार सम्मेलन मार्फत सबैलाई जानकारी गराउन चहान्छु। 

यो बर्षको बिश्व आदिवासी दिवस २०६६ (९ अगष्ट २००९) को कार्यक्रम यसै प्रेस बिज्ञप्तीको साथमा संलग्न राखिएको छ। हाम्रो कार्यक्रमहरु महोत्सबको रुपमा नभई आन्दोलनको रुपमा जनप्रदर्शन, जनसभा, अन्तरक्रिया गोष्ठी, ध्यानाकार्शण तथा ज्ञापन पत्र लगायतका कार्यक्रमका साथ आयोजना गर्ने भएका छौ।

अत यो बर्षको कार्याक्रमहरु आगामी संबिधानमा हामी आदिवासी जनजातिहरुको अधिकार सुनिस्चीत गरियोस, हाम्रा मुद्धा र सवालहरु ओझेलमा नपारियोस भनि राज्य र राजनितिक दलहरुलाई ध्यानाकार्शण गर्नको लागि अनि आम आदिवासी जनजातिहरुलाई पनि सुसुचित र सचेत गराउनको लागी यो वर्षको बिश्व आदिवासी दिवसलाई आन्दोलनको रुपमा निम्न कार्यक्रमहरुका साथ आयोजना गरीएको ब्यहोरा पुन अनुरोध गर्दछु। 

अन्तमा बिश्व आदिवासी दिवसको सन्दर्भमा बिश्व आदिवासी दिवस मूल आयोजक समितिले आयोजना गरेको यो पत्रकार सम्मेलनमा सहभागी भई दिनु भएकोमा सम्पुर्ण पत्रकार मित्रहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु साथै आदिवासी जनजातिहरुको यो मुख्य पर्वको सम्पुर्ण कार्यक्रमहरुको समाचार संकलन, प्रशारण तथा सम्पे्रशणको लागि यहाँहरुले महत्वपुर्ण सहयोग गर्नु हुने छ भन्ने आशा र अपेक्षा समेत गर्दछु। धन्यवाद।  

मिति :  २०६६।०४।१९ गते