Facebook Share

Share on facebook

Phoca Facebook Comments

Facebook Application ID is empty
फिप्नाको प्रेस बिज्ञप्ति - 1
User Rating: / 0
PoorBest 

 

संबिधान सभा मौलिक अधिकार तथा निर्देशक सिद्यान्त समितीले तयार पारेको प्रारमभिक् मस्यौदा मा आदिबसी जनजातीको मौलिक हकको रुपमा संबिधानमा स्पस्त रुपमा उल्लेख हुनु पर्ने निम्न लिखित बुन्दाहरु :

(क) आत्मनिर्णय अधिकार ,
(ख) जातिय स्वशासन र स्वयात्त्त्तको अधिकार ,
(ग) प्राक्रितिक श्रोत र साधन माथिको अधिकार ,

(घ) पूर्व सुसुचित सहमतीको अधिकार ,
(ङ्) परम्परागत ज्ञान शिप र अभ्यासको अधिकार ,

(च) र समानुपातिक समाबेशी प्रतिनिधित्वको अधिकार ,

लगायत्का कुनै पनि अधिकार का बुन्दाहरु नसमेटियेको हुँदा अमेरिका मा बसोबास गरि बसिरहेका आदिबासी जनजाती हरुको एकमात्र साझा संस्था नेपाल आदिबासी जनजाती महासंघ अमेरिका (फिप्ना) उक्त मस्यौदा प्रति घोर आपत्ति जनाउदै बिरोध गर्दछ । साथै आदिबासी जनजाती महासंघ नेपाल ले उक्त मस्यौदामा आदिबासी जनजातीहरुको मौलिकहकको रुपमा संबिधानमा रुपमा लेखिनु पर्दछ भनि बिगत लामो समय देखि उठाउदै आएको बिषयको पारम्भिक मस्यौदामा नै उल्लेख नभएपछी महासंघले उक्त मस्यौदा संबिधान सभाको भवन् अगाडि मिती २०६६ मङ्सीर ८ गते आइतबारको दिन बिशेस कार्यक्रम सहित जलाइएकोमा नेपाल आदिबासी जनजाती महासंघ अमेरिका (फिप्ना) नेपाल स्थित आदिबासी जनजाती महासंघ नेपाल प्रति हार्दिक समर्थन गर्नुका साथै आगामी दिनहरुमा आदिबासी जनजातीहरुको हक हित र अधिकारको लागि गरिने कुनै पनि कार्यक्रमहरुमा सहयोग र समर्थन रहने पनि प्रकट गर्न चाहन्छ । उक्त कार्यक्रमको सफल्ताको लागि उपस्थित हुनुभएका बिभिन्न जातिय नेताहरु तथा कर्यक्रममा एक्यबध्दता जनाउनका लागि उपस्थित अन्य राजनैतिक दलका नेताहरु प्रति पनि नेपाल आदिबासी जनजाती महासंघ अमेरिका (फिप्ना) हार्दिक क्रितज्ञता गर्नुका साथै आगामी दिनमा निर्माण हुने संबिधानमा उक्त मौलिकहकका बुन्दाहरु नसमेतिएमा यसै गरि फेरी नयाँ संबिधान जलाउन बाद्य नपारियोस भन्नका लागि पनि सम्पुर्ण आदिबस्सी जनजाती समुह जनजाती नेता तथा जनजाथी सभासदहरुलाई सचेत हुन आग्रह हर्दै एक जुट हुन पनि आव्हान गर्दछ ।

नी. अद्यक्ष्य

बिनोद पोमो

महासचिब

अदित्य महर्जन