Facebook Share

Share on facebook

Phoca Facebook Comments

Facebook Application ID is empty
नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीहरु गिरफतार PDF Print E-mail
Written by आङ काजी शेर्पा किसान   
Saturday, 31 July 2010 16:02
नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीहरु गिरफतार PDF Print E-mail
Tuesday, 27 July 2010 01:22
मिति २०८७ श्रावण १० गते
नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष महासचिव सचिव र कर्मचारीहरुलाई न्यूरोड जनसेवा प्रहरीद्धारा गिरफतारबारे प्रेस विज्ञप्ती

मिति २०६७ श्रावण १० गते विश्वा आदिवासी दिवस २०६७ को प्रचरात्मक कोण सभाका लागि रत्नपार्क जाने क्रममा न्यूरोड गेटमा ड्युटीमा खटिएका प्रहरीले माथीको आदेश भन्दै महासंघका उपाध्यक्ष इन्दीरा जिमी याक्खा महासचिव आङ काजी शेर्पा किसान सचिव यशोकान्ती भट्टचन महासंघका २ कर्मचारी र माइकिङमा भाडामा लिएको मिनी ट्रकका चालक र सहायकलाई गिराफतार गरी न्यूरोड जनसेवा प्रहरी कार्यालयमा लगि र्दुव्यवहार समेत गरेको थियो । प्रहरीको यो खेदजनक व्यवाहरको नेपाल आदिवासी जनजाति महासंघले घोर भत्स्रन गरेकोछ । महासंघ अध्यक्ष राजकुमार नेतृत्वमा प्रहरी कार्यालयमा पुगेका प्रतिनिधी मण्डलले कार्यालय इन्चार्ज प्रहरी इन्स्पेकटरलाई प्रहरीको अर्मयादित कार्य प्रति माफी माग्न वाध्य गारायो ।

नागरिकले स्वतन्त्र हिडन पाउने र स्वतन्त्र बोल्न पाउने अधिकार माथी प्रहरीको बर्बरतापूर्ण दमनको र शान्तीपूर्ण प्रचरात्मक कार्यक्रममा हिडेका महासंघका पदाधिकारीहरु माथी भएको र्दुव्यवहारको विरोधमा महासंघले भोली विहान ११ बजे पिपलबोट न्यूरोडमा विरोध सभाको आयोजना गरेकोछ । विभिन्न वक्ताहरुले संम्बोधन गर्ने विरोध सभामा उपस्थितिका लागी सम्पूर्ण आदिवासी जनजाति न्यायप्रेमी जनसमुदाय पत्रकार तथा साचारकर्मीलाई हार्दिक अनुरोध गर्दछ ।


आङ काजी शेर्पा किसान
महासचिव
मोबाइल ९८५१०४८१८४
पुनश्च ः पत्रसाथ प्रहरीको अर्मयादित व्यवहार सम्बन्धि फोटहरु संलग्न छ ।
Last Updated on Saturday, 31 July 2010 16:06