Facebook Share

Share on facebook

Phoca Facebook Comments

Facebook Application ID is empty
Resources
हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!! PDF Print E-mail
Written by Administrator   
Friday, 10 February 2012 23:24

नेपाली समाजका सम्पूर्ण बुद्दिजीबी, समाजसेवी, ब्याबसायी, कलाकर्मी, सञ्चारकर्मी एबं सम्पूर्ण महिला तथा सज्जन ब्रिन्द्हरू,नमस्कार
यही आउने आइतबारफेब्रुअरी-१२ , २०१२ मा निम्न उल्लेखित स्थान र समयमा नेपाली आदिबासी जनजाति महासंघ अमेरिका र मगर संघ अमेरिकाको संयुक्त आयोजनामा नेपालको प्रथम सहीद लखन थापा मगरको १३५औ स्मृति दिवस कार्यक्रम हुन गई गरेकोले उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई अत्यन्त शोभायुक्त रुपमा सफल पार्न सहयोग गरी दिनु हुन हार्दिक अनुरोध गर्दछौ |


मिति-आइतबारफेब्रुअरी-१२ २०१२
समय-दिउसोको १:०० बजे देखि ४:३० बजे सम्म

स्थान-हिमालयन याक रेस्टुरेंट (दोस्रो तला)

ज्याकसन हाईट
न्युयोर्क
(बिस्कुट तथा चिया र पानि को ब्यावस्था गरिने छ )

आयोजक:-नेपाली आदिबासी जनजाति महासंघ अमेरिका र मगर संघ अमेरिका

Last Updated on Friday, 10 February 2012 23:33
 
यु. एस. ए. मा किरात माङहिम माङखिम ब्यबस्थापन समितिको गठन PDF Print E-mail
Written by इन्दिरा चोङ्बाङ   
Wednesday, 08 February 2012 23:05

 

किरातीहरू प्रकृति संग बढ़ी नजिक घुलमिल भएका समुदाय हुन् | खोला-नाला, डांडा, बन-जंगल साथै आफ्नै इस्ट देव सुम्निमा युमा , पारुहाङ थेबा वा पुर्खा लाई पुज्छन् | उत्तरायण र दक्षिणायणको समयमा उभौली र उधौली माङहिम/ माङखिम मा भेला भएर आ- आफ्नो बिधि अनुसार मुन्धुम बाचन गर्दै माङसेवा (पूजा) गरी माङ (देव) को आशिर्बाद थाप्ने चलन छ | त्यहि चलन संस्कारलाई निरंतरता दिनका लागि यु. एस. . मा पनि किरात धर्मं दर्शन को उत्थान संरक्षणको आवश्यकता महशुस भयो | गत साल को डिसेम्बर १८ तारीख ५७ रोड क्वींस मा माङहिम/माङखिम (मंदिर) को स्थापना भयो |
 
राज्य पुनर्संरचनामा जातीय पहिचान नै उपयुक्त : डा. भट्टचन PDF Print E-mail
Written by देवेन्द्र सम्बाहाम्फे   
Monday, 06 February 2012 22:06

Bhattachanसोल, माघ २३ - मानव तथा समाजशास्त्री प्रा. डा कृष्ण भट्टचनले राज्यको पुन: संरचना जातीय पहिचानको आधारमै गर्नु उपयुक्त हुने बताएका छन् ।आदिबासी जनजाति महासंघ दक्षिण कोरियाले आइतबार सोलस्थित तुङदेमुन सामुदायिक सभाहलमा आयोजना गरेको एक दिने अन्तक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।'कुनै पनि जाति जन्मदै सार्बभौम हुन्छ त्यसैले शेर्पा र जडान प्रदेशलाई राज्य पुन: संरचना आयोगले हटाएर उनीहरुमाथि अन्याय गरेको  छ'  भन्दै उनले १३ भन्दा बढी संघीय संरचना भए हिंसा प्रतिहिंसा नहुने पनि बताए ।

 
पहिचान र सामर्थ्यको मानवशास्त्र PDF Print E-mail
Written by डम्बर चेम्जोङ   
Monday, 06 February 2012 21:57

पहिचान र सामर्थ्य एकअर्काका परिपूरक हुन् र सामर्थ्यको दृष्टिकोणले नेपालको विविधता भन्नु नै सांस्कृतिक पहिचानको विविधता हो ।

संविधानसभा राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँड समितिले पेस गरेको प्रतिवेदन, २०६६ को परिच्छेद ४ अन्तर्गत ४.१.२.१ र ४.१.२.२ मा क्रमशः 'पहिचान' र 'सामर्थ्य'लाई राज्य पुनसर्ंरचनाको आधार मानिएका छन् । पहिचान र सामर्थ्यको सैद्धान्तिक र अभ्यासमुखी आधार तय गर्ने क्रममा जातीयता/समुदाय, भाषा, संस्कृति, भौगोलिकता/क्षेत्रीयता र इतिहास पहिचानको आधार मानिएका छन्

 
न्युयोर्कमा तामाङ जातीले मनाए सोनाम ल्होसार PDF Print E-mail
Written by Angchhiring Sherpa   
Thursday, 02 February 2012 20:07

न्युयोर्कबौद्धधर्मवलाम्बी विभिन्न समुदायले हरेक वर्ष जस्तै यस वर्ष पनि मनभरिको उल्लासमय वातवारणमा न्युयोर्कमा सोनाम ल्होसार मनायो । नेपालका गुरुङ, शेर्पा, तामाङ, हयोल्मो, वालुङ, मुस्ताङ लगायत अन्य विभिन्न समुदायले ल्होसारलाई नया वर्षको रुपमा वर्षभरिको महान पर्वको रुपमा मनाउदै आएका छन । यो पर्व नेपालमा जस्तै विश्वको हरेक ठाउमा पुगेका यी जातीले उतिकै महत्वका साथ मनाउदै आएका छन ।

 
टुँडिखेलमा जे देखियो PDF Print E-mail
Written by मनोरन्जन   
Wednesday, 25 January 2012 17:06

काठमाडौ, माघ ११ - कानमा ढुंग्री गलामा तिलहारी । मखमली आङरे (चोली) र स्यामा (फरिया) मा सजिएकी विपाशा मोक्तान सोमबार खुलामञ्चमा निकै खुलेकी थिइन् । सामाखुसीकी १७ वर्षीया यिनी राजधानीमै हुर्किबढिन्, मौलिक परम्परा र चाडपर्वको परिवेश खासै पाउन सकिनन् ।

Last Updated on Wednesday, 25 January 2012 17:22
 
आत्म-निर्णयको अधिकार र स्वायत्ततासहितको संविधान आवश्यक PDF Print E-mail
Written by हर्ष सुब्बा, प्रदीप मेन्याङ्बो   
Saturday, 21 January 2012 17:24

आदिवासी जनजातिको अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

sammelan

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अब बन्ने संविधानमा आत्म-निर्णयको अधिकार र स्वायत्ततासहितको संविधान जारी नभएमा आफ्नै संयन्त्रमार्फत स्वायत्तताको अभ्यास गर्न कटिबद्ध रहेको चेतावनी दिँदै आदिवासी जनजातिको आत्मनिर्णय अधिकार र स्वायत्ततासम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ ।

अरुणपूर्व थातथलो खुलेका ६६ आदिवासी जनजाति समुदायद्वारा संयुक्तरूपमा आयोजित सम्मेलनले आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघको घोषणापत्रलगायतका अन्तर्राष्ट्रिय मानव अधिकारका दस्तावेजहरूमा प्रत्याभूत भएका बुँदालाई वेवास्ता गरेर षड्यन्त्रमूलक तरिकाले अधिकार विहीन संविधान जारी भएमा आफूहरूलाई स्वीकार्य नहुने घोषणा गरेका छन् ।

Last Updated on Saturday, 21 January 2012 17:45
 
पहिचानको आधारमा संघीय राज्यको स्थापना हुनुपर्नेमा जोड PDF Print E-mail
Written by प्रदीप मेन्याङ्बो   
Friday, 20 January 2012 16:15

धरान, माघ ६ - आत्मनिर्णय अधिकार र संघीयता सम्वन्धी अन्तराष्ट्रिय सम्मेलका सहभागीहरुले पहिचानको आधारमा संघीय राज्यको स्थापना हुनुपर्नेमा जोड दिएका छन् ।विज्ञहरुद्वारा प्रस्तुत कार्यपत्रहरुमाथि शुक्रबार भएको छलफलमा सहभागीहरुले पहिचानसहितको संघीयतामा जोड दिएका हुन् । स्वशासनमा साँस्कृतिक मात्र नभएर राजनीतिक पहिचानसहितको हुनुपर्ने पनि जोड उनीहरुले दिए ।आदिवासी जनजातिहरुको आत्मनिर्णय अधिकार र स्वायत्तताको अभ्यास सम्बन्धी धरानमा जारी तीनदिने अन्तराष्ट्रिय सम्मेलनको दोश्रोदिनको छलफलमा उक्त धारणा आएको हो ।उनीहरुले आत्मनिर्णयको अधिकारको नीति अनुसार स्वयत्त राज्य गठन हुनुपर्ने पनि वताएका छन् । त्यसैगरी स्वायत्त प्रदेशहरुमा भूमिमाथिको आदिवासी जनजातिको अधिकार नयाँ ढंगले स्थापित गर्नुपर्नेमा पनि जोड दिए ।

Last Updated on Friday, 20 January 2012 16:20
 
शहीद लखन थापाको स्मृति दिवस PDF Print E-mail
Written by प्रस्तुतकर्ता — त्रिलोकसिंह थापामगर   
Saturday, 14 January 2012 22:57
प्रारम्भ:-
लखन थापा (द्वितीय) को जन्म वि.सं.१८९१ (सन् १८३४) मा हालको गोरखा जिल्ला, बुङकोट४ को काहुलेभङ्गारमा भएको थियो । साधारण मगर परिवारमा जुम्ल्याहा दाजुभाइका रूपमा जन्मेका लखन थापा कान्छा छोरा थिए, उनको बाल्यकालको नाम लक्ष्मणसिं थापा थियो । सबुत प्रमाणको अभावमा उनको बाल्यकाल यसरी नै बित्यो होला भन्ने ठोस आधारहरू हालसम्म भेटिएका छैनन् ।
सन् ४मार्च, १८१६ का दिन सुगौली सन्धिमा हस्ताक्षर भइसकेको थियो । नेपालअंग्रेज युद्धमा गोर्खालीले देखाएको बहादुरी र उनीहरूको युद्धकौशलबाट अङ्गे्रज कमाण्डरहरू धेरै प्रभावित थिए । फलतः गोर्खालीहरू पनि ईष्ट इन्डिया कम्पनीको सैनिकमा भर्ना हुन थालेका थिए । लखनका पूर्वजहरू अल्मोडा (भारत) मा खडा गरिएको तेश्रो गोर्खा राइफल्समा केही सामेल थिए भने धेरैजसो नेपाल फर्केर राजा पृथ्वीनारायण शाहले खडा गरेको पुरानो गोरख गण (पछि मगरहरूको पल्टन बनेको) मा कार्यरत हुन आएका थिए । त्यसबेला नेपालमा कुनै औपचारिक विद्यालय थिएन । उनले अल्मोडास्थित तेश्रो गोर्खा राइफल्सका बहालवाला आफन्तहरू कहाँ बसेर प्रारम्भिक शिक्षा हासिल गरेका थिए ।
Last Updated on Saturday, 14 January 2012 23:37
 
न्यु योर्कमा सुम्निमा साझ सम्पन्न PDF Print E-mail
Written by इन्दिरा चोङ्बाङ   
Wednesday, 28 December 2011 03:18

किरात राईहरुको पित्रिदेब पारुहांग सुम्निमालाई सम्झंदै महान् चाड उधौली "सुम्निमा साझ" सास्कृतिक कार्यक्रमको साथ् सम्पन्न भएको । किरात राइ सोसाइटी अफ अमेरिका न्यु योर्क चयाप्टरले आयोजना गरेको सो कार्यक्रममा न्यु योर्कमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरू , संयुक्त राष्ट्र संघ स्थायी नियोगका प्रतिनिधि लगायत विभिन्न जात जातिहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।दुइ चरणमा विभाजित उक्त कार्यक्रम प्रथम चरण अर्थात् उत्घाटन सत्रमा अतिथिहरूबाट मन्तब्य तथा कार्यक्रमको औचित्यमाथि स्पस्ट गरिएको थियो
Last Updated on Wednesday, 28 December 2011 04:41
 
न्यू योर्कमा माङ्हिम को उत्घाटन PDF Print E-mail
Written by इन्दिरा चोङ्बाङ   
Thursday, 22 December 2011 01:24
किरातीहरुको देबस्थल मांहिमको न्यू योर्क शहरमा भब्यताको साथ उत्घाटन भएको छ् पित्रिपुजक किरातीहरु आफ्नो पित्री अर्थात तागेरा निंवा फुन्वांको आराधना गर्छन् पित्रि प्रकृतिको पूजा गर्नु यिनिहरुको सँस्कार हो न्यू योर्कमा स्थापना गरिएको सो मांहिमको उदेश्य किरातिहरुको धर्म सँस्कारलाई बचाउने तथा प्रवर्धन गर्ने रहेको छ् ।किराति अन्तर्गतका राई लिम्बूहरुको उपस्थितिमा उत्घाटन गरिएको सो मांहिम बालिका आयुशा लिम्बुको हातबाट दिप प्रजलन गरी सुरुवात गरिएको थियो स्वदेशमा भन्दा बिदेशमा यसको महत्व बढी हुने उपस्थितहरुको भनाइ थियो यही जन्मेको नयाँ सन्ततिलाई झन् एउटा नयाँ अध्यायकै शुरुवात भएको आफ्नो धर्म सँस्कार के हो किन मान्नुपर्छ भन्ने थाहा नपाएकालाई समेत यसले नयाँ मार्गनिर्देशक भूमिका खेल्ने
Last Updated on Thursday, 22 December 2011 02:29
 
«StartPrev123NextEnd»

Page 1 of 3